मोर्चाले हतियार बुझाउने

राजविराज÷सरकार र तराईमा सशस्त्र संघर्षरत अखिल तराई मुक्ति मोर्चाको अजित िसंह समूहबीच छ बुँदे सहमति भएको छ । सप्तरी सदरमुकाम राजविराजमा भएको वार्तामा मोर्चाले अजित िसंह समूहले शान्तिपूर्ण राजनीतिमा आउने सहमति गरेको छ ।
यसैगरी सरकारले मोर्चालाई राजनीतिक व्यवहार गर्ने वार्ता अवधिभर वार्ता टोली संयोजक र सदस्यहरुलाई सरकारले सुरक्षाको प्रत्याभूति गराउने सहमति भएको छ । त्यस्तै मोर्चासँग भएका हातहतियार अर्को वार्तामा सरकारलाई हस्तान्तरण गर्ने सहमति भएको छ । हिरासतमा रहेका मोर्चाका नेता कार्यकर्ताहरुको
मुद्दा फिर्ता रिहाइसम्बन्धी प्रकि्रया सरकारले यथाशिघ्र आरम्भ गर्ने सहमति समेत भएको छ ।
वार्तापछि आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक एवम् शान्तिमन्त्री सत्या पहाडीले अर्को वार्ता दुवै पक्षको अनुकूलतामा यथाशीघ्र गरिने सहमति भएको जानकारी दिइन् । वार्तामा मोर्चाका तर्फबाट उपाध्यक्ष अजित िसंह भनिने अजयकुमार यादवले नेतृत्व गरेका छन् ।
यसैबीच अखिल तराई मुक्ति मोर्चाका संयोजक जयकृष्ण गोइतले वार्ताप्रति आश्चर्य व्यक्त गरेका छन् । गोइतले अखिल तराई मुक्तिमोर्चा वार्तामा नगएको भन्दै कारबाहीमा परेकाहरुले सरकारसँग वार्ता गरेको प्रतिकि्रया दिएका छन् ।

0 प्रतिकृया:

Post a Comment