जनजीवनको हालत र सत्ताको रवैया - पहिलो लेख


सत्ताको तामस र हाई-हाईमा पुग्न ४० ओटा माग राखेर गरीब विपन्न र अभावले पि_िल्सएका पीडितहरुलाई सुर् याउन सफल डा। बाबुराम भट्टराई आखिर प्रधानमन्त्री त भए । शास्त्रिय राजनीति र अर्थशास्त्रमा जे जस्तो वयान र व्याख्या गरिएको भएतापनि समय परिस्थिति र परिवेशले बेग्लै मौलिकताको माग गर्दछ । बाबुराम शास्त्रिय पाठशालाबाट प्रशिक्षित ुवामपंथीु व्यक्ति हुन् । िहंसात्मक विद्रोह थाल्नु भन्दा अगाडि जनताको दैनिक जनजीवनसँग सम्बन्धित उनले राखेका केही मागहरु यहाँ हेरौं ।
१। सुकुम्वासीहरुलाई बसोबासको उचित व्यवस्था गरिनुपर्छ । वैकल्पिक बसोवासको व्यवस्था नगरी सुकुम्वासीहरुलाई उठीवास गर्ने काम तुरुन्त बन्द गरिनुपर्छ । २। सबैलाई रोजगारीको ग्यारेण्टी गरिनुपर्छ । रोजगारी नपाउाजेल बेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ । ३। मल बीउ सस्तो र सुलभ हुनुपर्छ । किसानहरुलाई उत्पादनको उचित मुल्य र बजारको व्यवस्था गरिनुपर्छ । ४। मह¨ी नियन्त्रण गरिनुपर्छ । महँगीको अनुपातमा ज्याला वृद्धि गरिनु पर्छ । दैनिक उपभोगका वस्तुहरु सस्तो र सुलभ तरीकाले आपूर्ति गर्ने व्यवस्था गरिनुपर्छ । ५-गाउँगाउँमा खानेपानी बाटोघाटो र बिजुलीको व्यवस्था गरिनुपर्छ हेर्नुहोस् ४० बुँदे मागपत्रको जनजीवीका सम्बन्धी मागहरु ।
यि मागहरु कति आकर्षक छन् । ूजनतालाई माया गर्ने उनीहरुको साथमा रहने र उनीहरु कै सेवा गर्ने अरुभन्दा हामी अब्बल हुनेछौंू भन्ने उद्घोष गरेको । तत्कालिन सत्तालाई चुनौती दिएको समय र अहिले शासक बनी गरेको राजनीतिक ुट्रीकु बीच ठूलो अन्तर छैन र
बाबुराम शासक बनेपछि सुकुम्बासीहरुले देशव्यापी आन्दोलन गर्दैछन् । बाबुराम सरकारले पुलिस लगाएर कैंयौं सुकुम्बासीहरु जेलमा हालिसके । बासको ग्यारेण्टी नभएका भूमिहीनहरुलाई कानुनी राज्यको मान्यताभित्र समावेश गरिएको छैन । कानुनी शासनको अत्तोपत्तो छैन । बेरोजगारी बढ्दो छ । रोजगार सिर्जना गर्न चासो छैन । बेरोजगारहरुलाई शक्तिको श्रोत बनाउने समस्यालाई आलटाल गरेरर दोष अरुलाई थोपर्ने रोजगारीका पूर्वाधारहरु विस्थापन तर्फ उन्मुख छन् । रोजगारको नारा सत्ता आरोहणको खुड्किलो सावित भएन र
किसानहरुले फसल लगाउने समयमा बजारमा मल र बीउ पाउँदैनन् । पाइहाले पनि अति मह¨ाेमा खरिद गर्न वाध्य हु्न्छन् । ूमल बीउ सस्तो र सुलभमा पाउनु पर्छू भनी माग राख्ने व्यक्ति आफै सत्ता प्रमुख हुँदा सस्तो र सुलभ हुनु पर्ने होइन र बल्लतल्ल किसानले उत्पादन गरेको फसलको मुल्य कौडीको मोलमा बेच्न विवश छन् । उत्पादन गर्दा लाग्ने मुल्य पनि उठ्न नसक्ने भएकेा छ । श्रम त त्यसै खेर गैरहेको छ । किसानले उत्पादन गरेका उत्पादित वस्तुहरुको उचित मुल्यका लागी बजारको खोजी गर्न यो सरकार र सत्तालाई केले रोकेको छ
महँगीको चेपुवामा परेका गरिब विपन्न मजदुर र विद्यार्थीहरुले प्रयोग गर्ने मट्टितेलको मुल्य इतिहास मै आकासिएको छ । मट्टितेलको मुल्य जति बढ्दै जान्छ त्यति नै वनज¨ल मासिने क्रम बढ्नेछ । डिजेलको मुल्य वृद्धि र दैनिक १४घण्टे विजुलीको लोडसेिड¨ले दैनिक उपभोग्य बस्तुहरुको मुल्य र यातायात खर्च व्हात्तै बढेको छ । अन्तर्राष्ट्रिय बजारलाई दोषेर धर पाइन्छ समायोजन कुशल व्यवस्थापनले गर्ने हाइन र कृत्रिम अभाव जारी छ । खोई सुलभ मुल्य र सहज आपूर्ति के कर्मचारी तथा श्रमजीवीहरुको ज्याला वृद्धि हुन्छ सत्तामा भएकेा भ्रष्टाचार कमिसन सुबिधाभोग विदेश भ्रमण भोजभतेर कार्यकर्ता पालनपोषणका लागी खर्चने रकम कटाएर इन्धन आपूर्तिका लागी सरकारी अुनदान दिन सरकार किन चाहँदैन यो सरकार कस्को हीतमा परिचालित छ यो सत्ता र शासन अराजक होइन भन्ने के आधार राजनीतिक अराजकताले मानवजीवन
सम्पन्नता र सभ्य हुन सक्तैन ।
गाउँ गाउँमा विजुली खानेपानी र बाटोघाटो दिने भनेर बिद्रोह गरी सत्तामा पुगेको समयमा खोई त बिजुली पानी र बाटोघाटोको लागी प्राथमिकता विगतका सत्ता र शासकले बनाइ दिएका पूर्वाधार र केही बिकासका प्रतिफलहरु पनि नस्ट हुँदैछन् । विजुलीको अभावले खेतीपाती व्यापार खानपीन पठनपाठन यातायात उद्योगधन्दा सबै धरासायी बन्दैछन् । खानेपानीको चर्चा झन बेहालको स्थितिमा छ । वन तस्करी र भू-क्षयको कारणले पानीका श्रोतहरु सुक्दै गएका छन् । नेपाली वित्तीय बजारमा अपार थुपि्रएको नागरिकहरुको पूँजी सङ्कलन गरेर मुलुकलाई चाहिने विजुली उत्पादन गर्न क्रान्तिकारी सत्ताधारीहरुलाई कुन अदृष्य शक्तिले रोकेको छ कि ूहाम्रो बलले सत्तामा पुगिस् खबरदार हाम्रो हीत विपरित होला नि ू भन्ने नेपथ्यमा कुनै निर्देशक छन्
तत्काल राहत दिने घोषणा गरेर सत्तामा चढेका हाम्रा प्रधानमन्त्री तुलनात्मक रुपमा बौद्धिक होइनन् कि बाठा बाहुन हुन् । शान्ति प्रकि्रयालाई धमाधम तुरेर नागरिकहरुलाई सहज बनाउन उनकै पार्टीभित्रैबाट किन अवरोध कार्यकर्ताको लालनपोषण गर्न र सभासद मन्त्री र आसेपासेहरुलाई सत्ता-भत्ता भरण गर्न अरबौं खर्चने रकमलाई नियन्त्रण गरी जनताको दैनिकी सहज बनाउन किन विलम्ब ूहामी दुःख गरौं नागरिकहरुलाई सुख दिऔंू भन्ने जुक्तिवुद्धि सत्ताधारी प्रतिपक्षी तथा सत्ताको वरिपरि खेलेर वुद्धिजीवीको नाममा कुम्ल्याउन पल्केहरुलाई किन आउँदैन भरखरै ुक्रान्तिकारी ु परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ उर्फ प्रकाश सामान्य रोगको उपचार गर्ने बहनामा राष्ट्रको लाखौं रकम बोकेर जापान गए । मुलुक मै उपचार गर्ने प्रशस्त सुबिधा हुँदाहुँदै विदेश बाटोघाटोको सामान्य सुविधा नपाएर उपेक्षित दलित विपन्न गरिब तथा सुत्केरी महिलाहरु उपचारको अभावमा अकाल मै मर्दैछन् । गरिब विपन्न श्रमजीवीहरुको शासनको लागी भन्दै सोझासीधालाई उचाल्नेहरुको व्यहोराचाहिँ ठाँटिलो यो कस्तो क्रान्तिकारिता जनताको दुहाई दिदै अवसरको राजनीति गर्नेहरुको रवैया र जनताको जनजीवन कति अन्तर सत्ताधारी सत्ता आसेपासे र सत्ताका विपक्षीहरुले ूनागरिकहरुको सुखदुख नै आºनो सेवा कर्म होू भन्ने बुझपचाएर घुक्र्याएर खान दल्न पल्केका छन् । यो कस्तो अग्रगामी ुशास्त्रिय जनवादीता र प्रजातन्त्रीय आख्यानु कुटिल स्वार्थका औजार भैसकेका छन् ।
यहाँ कष्टपूर्ण जनजीवनलाई सहज बनाउने उपायहरु खोतलिएका छन्- शान्ति स्थापना र राजनीतिक स्थीरता कायम गरी सरकारी फजुल खर्च नियन्त्रण गर्ने । द्वन्द समाधनमा बढिरहेकेा अरबौं खर्च रोक्ने । राजनीतिमा लाग्ने सबैले ूदेश र नागरिकका लागी समर्पण गरौंू भन्ने भावना लिने । क्षति र राहतको नाममा रकम कुम्ल्याउने दुष्कर्म छाड्ने । मन्त्री सभासद वरिष्ठहरुको लागी गरिने भत्ता र कमिसन घटाउने । विकास निर्माणका लागी दिइने रकममा हुने कमिसन भ्रष्टाचार र व्यापारीहरुबाट जबरजस्त असुल्ने चन्दा प्रवृति बन्द गर्ने । सत्तासयल र मोजमस्तीका लागी गरिने विदेश भ्रमण बन्द गर्ने । विजुली उत्पादन गर्न स्वदेशी पूँजीलाई सरल तरीकाले प्रोत्साहन गर्ने । बजारको प्रभावकारी व्यवस्थापन गर्ने । सरकारी संस्थान र कार्यलयहरुमा हुने अपारदर्शी प्रथालाई पारदर्शी बनाउने । त्यहाँबाट जम्मा हुन आउने रकमलाई मुलुकमा उत्पादन हुन नसक्ने तर बाहिरबाट किन्नै पर्ने इन्धन मल जस्ता अत्यावश्यक बस्तुहरु खरिद गर्न सरकारले अनुदान दिने । यो जुक्ति प्रयोग गर्दा अत्यावश्यक वस्तुहरु सहज र सुलभ मुल्यमा नागरिकहरुले प्राप्त गर्न सक्तछन् । यो काम गरेर देखाउनेहरु मात्र अग्रगामीहरु हुन् । राजनीतिक पीडितको नाममा राज्यकोषबाट लाखौं रकम बुघ्ने अनि क्रान्तिकारी र लोकतन्त्रवादी भन्ने कसका लागी राजनीति गरिदिएर त्यस वापत ज्याला लिएको यस्तो लोभीपापी बानी हटाउँदै ूशान्ति र स्थीरता सहितको चुस्त सरकार व्यवस्थित कर्मचारीतन्त्र र पारदर्शी सेवाू चाहिन्छ । यस्तो वातावरण बनाउन प्रतिपक्षीहरुले पनि पितुर्के बन्नु पर्दैन । सत्ताधारीहरुलाई के ले रोकेको छ ?

0 प्रतिकृया:

Post a Comment