खराब कर्जा घटाउँदैछ सरकारी बैँक

दमक÷ सरकारी नियन्त्रणमा रहेका बैकहरुले केही वर्षयता खराब ऋणको परिमाण घटाएका छन् ।
नेपाल बैंक कृषी विकास बैंक तथा राष्ट्रिय बाणिज्य वैंकले ७ वर्ष अघि सम्मको खराब ऋणलाई ५० प्रतिशतबाट झारेर २ प्रतिशतमा ल्याएका छन् । नेपाल बैंक लिमिटेडको दमकस्थित शाखामा २०६१ सालमा कुल लगानीको ५० प्रतिशत खराव ऋण थियो तर सो घटेर अहिले करिव २ प्रतिशतमा झरेको छ । बैंकका शाखा प्रवन्धक अमर थापाका अनुसार ऋण प्रवाह र असुलीमा कडाई गरिए पछि खराव ऋणको मात्रा घटेको हो । मुख्य गरी कृषी क्षेत्रमा गरिएको ऋण लगानी असुलीमा ढिला हुने गरेको उनको भनाई छ । गाई पालन मत्स्य पालन सामुहिक कर्जा तथा साना उद्योगमा गरिएको केही लगानी खराव ऋणको रुपमा रहेको उनले जानकारी दिए । बैंकले हाल लगानी करिव ३० करोड रुपैयाँ रहेको बताईएको छ । यो शाखा बैंकका उत्कृष्ट १० शाखा मध्ये २०६६ सालमा पुरस्कृत भएको थियो ।
यसैगरी दमकस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखाले समेत ७ वर्ष अघि सम्म ४० प्रतिशत भन्दा बढिरहेको खराव कर्जा घटाएर डेढ प्रतिशतमा झारेको बैंकले जनाएको छ । बैंकका शाखा प्रवन्धक हेमराज खरेलले कार्य सम्पादनमा गरिएको सुधारसँगै खराब कर्जाको दर घटेको बताए । वाणिज्य बैंक आर्थिक वर्ष २०६६÷६७ मा पूर्वााचलबाट उत्कृष्ट ठहरिएको शाखा हो ।
सरकार नियन्त्रित बैकहरु मध्ये बिगतमा सबैभन्दा कमी कृषी विकास बैंकमा खराव ऋण रहेको सो बैंकले जनाएको छ । ७ वर्ष अघि १५ प्रतिशत खराव ऋण रहेकॊ कृषी विकास बैंकको दमक शाखाको हाल करिब अढाई प्रतिशत खराव ऋण रहेको बैंकले जनाएको छ । बैंकका शाखा प्रवन्धक पारषमणि ढकालका अनुसार हाल बैंकले प्रवाह गरेको २६ करोड ऋण मध्ये करिव अढाई प्रतिशत खराव ऋण रहेको हो । सो परिमाणलाई समेत घटाउने प्रयास भईरहेको उनले बताए । सो शाखा समेत पूर्वााचलमा उत्कृष्ठ ठहरी सकेको शाखा हो ।

0 प्रतिकृया:

Post a Comment