"बन्दुकका भरमा संविधान"

धुलाबारी÷नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओवादी अझै पनि बन्दुकका भरमा आफू अनुकुल संविधान लेखाउने दाउमा रहेको आरोप लगाएका छन् ।
धुलाबारीमा भएको मेची अाचलस्तरीय कार्यकर्ता प्रशिक्षणको दोश्रो दिन शनिबार उनले माओवादी अझै पनि प्रष्ट कार्यदिशाबिहीन भएको टिप्पणी गर्दै एमाले उसलाई गाली मात्र गर्ने भन्दा सच्याउने प्रयत्नमा लागेको बताए । अन्य दलबाट शान्ति र संविधान निर्माणमा आशा गर्न नसकिने भएकाले त्यसको अगुवाईका लागि एमाले तयार हुनुपर्ने उनले बताए ।
यस्तै राज्यको पुनस्रंरचनाका बिषयमा प्रशिक्षण दिँदै केन्द्रीय सदस्य पर्शुराम मेघी गुरुङले जातीयताका आधारमा प्रदेश वा प्रान्त बिभाजन गर्न नहुनेमा जोड दिँदै त्यसका लागि भुगोल जनघनत्व प्राकृतिक श्रोत साधन लगायतका कुरामा ध्यान दिन आवश्यक रहेको बताए । यस्तै नेपाली महिला आन्दोलनका बारेमा प्रशिक्षणका क्रममा उपाध्यक्ष विद्या भण्डारीले नेपाली महिला मुक्तिको प्रत्याभूती दिलाउन सक्ने पार्टी एमाले मात्र भएको दाबी गरिन् ।
दुई दिने प्रशिक्षणको पहिलो दिन अध्यक्ष झलनाथ खनाल तथा महासचिव ईश्वर पोखरेलले समेत प्रशिक्षण दिएका दिए । प्रशिक्षणमा ताप्लेजुङ पाँचथर इलाम र झापाका करिब ५ सय अगुवा कार्यकर्ता सहभागी रहेका अाचल कमिटी सदस्य बसन्त बाँनियाले जानकारी दिए । फोटो पनि छ

0 प्रतिकृया:

Post a Comment