दूर्घटनामा ३ को मृत्यु २घाइते

सुनसरी÷ पूर्वपश्चिम राजमार्गको इटहरी-दूलारी खण्डमा शुक्रबार साँ´ मालवाहक मिनी ट्रकको ठक्करले दुई जनाको ज्यान गएको छ ।
पूर्व Ôेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्वबाट इटहरीतर्फ आउँदै गरेको को। १० प। ५४६७ नम्बरको मोटरसाइकललाई विपरीत दिसाबाट गइरहेको को। १ ख। ३१२० नम्बरको मिनी ट्रकले ठक्कर िदंदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ तेतरिया-२ का नेमनारायण्ँ मा´ी र शम्भु चौधरी छन् । चौधरीको ठेगाना खुलेको छैन । दुर्घटनामा मोटरसाइकल Ôतिग्रस्त छ भने मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रण्ँमा लिएको छ । मिनी ट्रकका चालक फरार रहेको Ôेत्रीय ट्राफिकले जनाएको छ ।
यस्तै पूर्वपश्चिम राजमार्गको धरमपुर-३ एकता चोकमा को १ ख ३१११ नम्बरको मिनी ट्रकले ठक्कर िदंदा मे। ४ प। ३१२० को मोटरसाइकलमा सवार डिप्रोक्स बैंकका कर्मचारी धनिन्द्र न्यौपानेको मृत्यु भएको छ । गम्भीर घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु भएको पूर्व Ôेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । मोटरसाइकलमा ३ जना सवार थिए । सवार ´ापाका अमृत र चतुर नेम्वाङ घाइते भएका छन् ।

0 प्रतिकृया:

Post a Comment