थप दुई प्रजातिका चरा भेटिए

गिद्ध विविधतामा नेपाल विश्वकै धनी
काठमाडौं÷ नेपालमा थप दुइ प्रजातिका चरा फेला परेका छन् । यो सँगै नेपालमा पाइने चराप्रजातिको संख्या ८ सय ७१ पुगेको छ । पछिल्लोपटक पंÔीविद्धहरुले फुस्रे रानीचरा र लामोठूडे गिद्धको प्रजाति फेला पारेसँगै नेपालमा चरा प्रजातिको संख्या ८ सय ७१ पुगेको हो । चरा िवÈेशज्ञ बद्री चौधरी र हठन चौधरीले गएको मंसीर ३ गते कोशी टप्पु वन्यजन्तु आरÔको प्रकाशपुर नजिकै नयाँ रानीचराको बथान फेला पारेका थिए । त्यसलाई फुस्रे रानीचरा नाम दिइएको छ । चराविद् बद्री चौधरीका अनुसार उक्त चरा त्यसपछि पटक-पटक गरि धेरै चोटी आरÔमा देखिईसकेको छ ।

नेपाल रेयर बड्स कमिटीका अध्यÔ तथा पंछीविद् सूचित बस्नेतका अनुसार उक्त प्रजाति फिरन्ते प्रजाति हो । चरा विशेÈज्ञ डा। हेमसागर बरालले यो चरा यो प्रजाति आफ्नो भौगोलिक Ôेत्र फैलाउँदै उत्तरपूर्वी भारतबाट हिउँदको समय पारेर नेपाल पसेको हुनसक्ने बताए । फुस्रे रानीचरा कालो र सेतो रंगको हुने र पोथीको भन्दा भालेको रंग बढि गाढा निख्खर कालो वा सेतो हुने चराविद् बरालले जानकारी दिए । फुस्रे रानीचरा मुख्यतया उत्तरपूर्वी एसियामा बच्चा कोरल्ने र जाडो याममा दिÔण्ँपूर्वी एसियाका मुलुकहरुमा हिउँद बिताउने गर्दछ । यस्तै चराविद् तुलसी सुवेदी लगायतको टोलीले चितवन राष्ट्रिय निकुाजको मध्यवर्ती Ôेत्रमा नयाँ प्रजातिको गिद्ध पत्ता लगाएको छ । गएको डिसेम्बर १ मा फेला परेको उक्त गिद्धको नाम लामोठुँडे गिद्ध राखिएको छ । नेपालमा लामोठुँडे गिद्धको प्रजाति फेला परेपछि गिद्ध प्रजातिको संख्या ९ पुगेको छ । यसमध्ये ५ प्रजाति आइयुसिएनको अति संकटापन्न सूचिमा छन् ।
दिÔण्ँ एसियामा पाइने सम्पूण्र्ँ गिद्ध प्रजाति यहाँ पाइनाले नेपाल अब गिद्ध विविधताका लागि Ôेत्रफलको हिसाबमा विश्वको सबैभन्दा धनी मुलुक भएको छ । फोटो ः गिद्ध

0 प्रतिकृया:

Post a Comment