विदेशबाट फर्किएकै दिन श्रीमतिको हत्या

इटहरी÷ वैदेशिक रोजगारबाट घर फर्किएकै दिन सुनसरी मधेसा-४ का एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
शुक्रबार बिहान ८ः३० बजे घर आईपुगेका ईन्द्रलाल सरदारले ३० वर्षीया श्रीमती दयावती चौधरीलाई धारीलो चक्कु प्रहार गरी मध्यान्ह १२ बजे हत्या गरेका हुन् । घट्नापछि अभियुक्त सरदार फरार रहेका सुनसरी प्रहरीले जनाएको छ ।
सरदारले श्रीमतीको हत्या गर्नुपर्ने कारण पूर्ण रुपमा नखुलेपनि स्थानीयबासीहरुले सम्बन्धमा आएको चिसोपनाका कारण सो हत्या भएको हुन सक्ने आशंका गरेका छन् ।
प्रहरीले घट्ना स्थलबाट धारीलो हतियार चक्कु र रगतलागेको कपडा समेत बरामद गरेको छ । चौधरीको शव पोस्टमार्टमका लागि जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा पठाइएको र अभियुक्तको खोजी तथा घट्नबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment