अधिकारविहीन संविधान स्वीकार्य नहुने - मुख्य समाचार

विष्णु सुब्बा
धरान÷आत्मनिर्णयको अधिकार स्वायत्तता संविधान जारी नभएमा आफ्नै संयन्त्रमार्फत् स्वायत्तताको अभ्यास गर्ने आदिवासी जनजाति अगुवाहरुले घोषणा गरेछन् ।
अधिकारबिहीन संविधान स्वीकार्य नहुने भन्दै उनीहरुले
आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार र स्वायत्तता बिनाको संविधान सर्वमान्य नहुने दाबी गरे । आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी ३ दिने अन्तर्राष्ट्रिय सम्मेलनको शनिबार धरानको भानुचोकमा आयोजित घोषणा सभा कार्यक्रममा सहभागी उनीहरुले आदिवासी जनजातिहरुको अधिकार सहितको संविधान समयमै जारी गर्नुपर्ने जोड दिए ।
सम्मेलन प्राविधिक समितिका संयोजक डाक्टर कृष्ण भट्चनले धरान घोषणा पत्र सार्वजनिक गर्दै षड्यन्त्रमूलक ढंगले उपेक्षित समुदायको अधिकारी स्थापित गर्न समयमै संविधान जारी हुनुपर्ने बताए ।
१० बुँदे घोषणा पत्र जारी गर्दै संयोजक भट्चनले आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न कसैले रोक्न नसक्ने उल्लेख गरे ।
  सम्मेलनमा सहभागीहरु । फोटोः पिपुल्स टाइम्स दैनिक

जनजाति अगुवा प्राध्यापक डाक्टर ओम गुरुङले आदिवासी जनजातिहरुकामाग अधिकारमुखी आन्दोलन भएको बताए । उनले राज्यको पहुँच भन्दा बाहिर रहेका बहुसंख्यक समुदायको अधिकार अब बन्ने संविधानमा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । सो सभामा आदिवासी जनजाति सभा ककसका अध्यक्ष पृथ्वी सुब्बा गुरुङले आफ्न हक अधिकारको सुनिश्चितता गर्न आफूहरुले संविधानसभाबाटै आन्दोलन गरिरहेको बताए । अझै सम्म राज्यका उपेक्षित समुदायका अधिकारलाई संविधानमा ग्यारेन्टी नगरिए थप आन्दोलन चर्काउने उनको भनाई थियो ।
सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका महासचिव सोनी लामा सुनुवार सेवा समितिका सल्लाहकार डा। लाल रापचा थकाली सेवा समितिका महासचिव जुनु गौचन सभासद्द्वय विश्वदीप लिङ्देन अमृतलाल ताजपुरिया लगायतले आदिवासी जनजातिका अधिकारलाई पाखा लगाएर बनिने संविधान अपुरो हुने चर्चा गरेका थिए ।
कार्यक्रममा स्वीजरल्याण्डका त्रिस अर्नो अमेरिकाका एमण्डा क्याटस बरिल भारत झारखण्डका साजय बसु मलिक भारत नागलैण्डकै प्रा।ए लख्नुले आदिवासी जनजातिहरुका अधिकारमुखी आन्दोलनमा ऐक्यबद्धता जायर गरेका थिए । कार्यक्रममा आयोजक संस्थाका १ दर्जन बढी विभिन्न जनजातिजन्य संघ संगठनका प्रतिनिधिहरुले बोलेका थिए ।
घोषणा सभा पूर्व बृहत् झाँकी सहितको र् यालीले नगर परिक्रमा गरेको थियो । घोषणा सभा सम्मेलन आयोजक समितिका संयोजक अर्जुन लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

0 प्रतिकृया:

Post a Comment