साझा फूल बनेको छ माला - कृति समीक्षा

साझा फूल बनेको छ माला - कृति समीक्षा
त्रिलोचन कोइराला
पछिल्लो समय नेपाली साहित्यमा नयाँ नयाँ स्रष्टाको आगमन हुने क्रम बढेको छ । नयाँ लेखन र नयाँ विषयका संघर्षमा पनि नव स्रष्टाशहरुको उपस्थिति गहकिलो बन्दै आइरहेको छ । जुन नेपली साहित्यको लागि सुखद कुरा पनि हो । यही क्रममा प्रवासमा कठोर परिश्रम गरिरहेका साहित्य अनुरागिहरुले सहित्यका विविध विधालाई एकै संग्रह बनाई संयुक्त कृति ूमालाू बजारमा ल्याएका छन् । जसको संयोजनमुखी भूमिका खेलेको छ सयौं थँगा साहित्यसमाज यु।ए।इ। ले ।
म्ानिसको यथार्थ जीवनलाई साहित्य मार्फत विभिन्न ५५ जना श्रष्टाले माला मार्फत आ आफ्नो अभिव्यक्ति पस्किएका छन् । भौतिक रुपमा मात्र होइन भावनात्मक रुपमा ल्याउने परिवर्तनलाइ पुस्तकले विषेश ध्यान दिएको छ । प्रत्येक विधामा विदेशिने नेपालीका पीडाहरु विदेशिएपछिका सुख र सहजताहरु विदेशिने वित्तिकै छातीमा उव्जिने राष्टियता प्रतिको आत्मीयतालाई उजागर गरेको ।
नेपालभित्र र नेपालबाहिरको साहित्य सिर्जनामा केही भाषिक भिन्नता रहन्छ भन्ने प्रतिनिधित्व यस ूमालाू संग्रहले गरेको छ । यसमा विशेषत परदेशीन पर्ने बाध्यता परदेशिएपछिको आफ्नो राष्टियता प्रेम र अतितको सम्झना साथै परदेशीएपछिको दोस्रो खुशी मिलन पीडा रोदन र दुखलाइ अरत्यन्त मार्मिक रुपमा पस्किएको छ । साहित्यिक श्रष्टाहरुले विभिन्न विषय मध्ये रोल्पाका डोल ब। बुढाथोकी लेख्छन् …
हे देशका युवा हो उठ अब जानुपर्छ
दासी बनी बस्न हुन्न नेपाल तिर लाग्नुपर्छ ।

उनी प्रतिनिधि मात्र हुन मालामा बुढाथोकी जस्तै प्रायको एकै भावना उत्पेरित छ देश प्रतिको चिन्ता र विगतमा नेपाली भई गर्वका साथ बाचेको सत्यता । भिन्न भिन्न सैलीले प्रस्तुत गरीएका रचनाहरुमा १८ गजल१६ कविता५कथा लगायत मुक्तक संस्करण हाइकु लघुकथा लगायत लेखहरु छन । विदेशीनु पर्दा यहा हुने कटुसत्यतालाई प्राय संस्करणलघुकथाले उजागरण गर्न खोजेको छ रमेश खडका महंगो माया सस्करण मार्फत लेख्छन विहान कुर्थासरुवाल लगाएर कृक पार्क मा भेटीएकी उनी साँमु अर्कै युवक सँग जिन्स पेन्ट लागाइ रमादापार्कमा िहंड्दै थिइन् । खड्काको संस्करण अन्तरआत्मा देखि प्रस्फुटन भएको सत्य हो भन्ने छुट्याउन सकिन्छ । परदेशमा युवा जमातको भिडले गर्दा पनि प्रेमको राम्रो चलखेल रहने बेला बेलाको चर्चालाई अर्का गजलकार कृष्ण पोखरेल ले आफ्नो तितो सत्य लेख्छन ः
नलाउ क्यारे माया पि्रती डर लाग्छ मलाई त
पि्रय भन्दा शत्रुकै भर लाग्छ मलाई त ।
माला धेरै नव आगन्तकहरुले लखीएको भए पनि केहि रचना लाग्छ नेपाली साहित्यमा गहकिलो उपस्थिती हुन सक्छ । शुभचिन्तकको वास्तविकता समिर अधिकारीको यौवन एक खडेरी अनप जोशीको अस्तित्व बोध विद्या सापकोटाको स्वास्नी मान्छे सुविसुधा आर्चयको सम्मुैता बन्दीपरे माइलो को नया बर्ष माम्जार पार्कमा पठनीय तथा मार्मिक खालका छन् । त्यस्तै कमल कार्की दीपदर्शन रिन गिरी डोलराज भुर्तेल इन्दिरा प्रयास स्तरहङ बान्तवा ूजलनूआदि अवसर पाएमा गजलको फाँटमा गहकिलो उपस्थिती जनाउने प्रतिभा देखीन्छन् । जहा रहेपनि नेपालीले नेपालीहरुको आफ्नोपन भाषा संष्कृति राष्टियता प्रेम बिछोडलाई भावनात्मक रुपमा सधैं उल्लेख गरिरहने संकल्प सहित आएको कृति ूमालाू नेपाली साहित्यको फाँटमा एक दरिलो इटा बनेको छ । पुस्तक पहिलो सस्करण भएको ले सामान्य भाषिक समस्या देखिएको छ तथापी साहित्यिक उठानमा गौण बनेको छ । आगामी सस्करणमा अमु ब्याबस्थित गर्दै जाने प्रणलाई विश्वास गर्दा पुस्तक उत्कृष्ट छ । सयौ थुँगा साहित्यिक समह यु।ए।ई। बधाईको प्रात्र बनेको छ । परदेशिएकी दमककी साहित्यि चेली ूइन्दिरा प्रयासू को यो प्रतिनिधि हरफ ः
ूधैर्य गरी बस आमा लाली लिइ आउँछु
तिम्रो सामु बसन्तको लाली लिइ आउँछु ।ू

0 प्रतिकृया:

Post a Comment