सोमबार देखि ८२ घण्टा लोडसेडिङ्ग

काठमाडौं÷ नेपाल विद्युत प्राधिकरण्ँले सोमवारदेखि ८२ घण्टा लोडसेडिङ गर्ने भएको छ । हाल सातामा ६९ घन्टा रहेको लोडसेडिङ माघ २ गते सोमवारदेखी ८२ घण्टा पुग्ने भएको हो । विद्युत चुहावट हुने ठाउँमा भने हप्तामा ८७ घण्टासम्म लोडसेडिङ हुनेछ ।
माग अनुसारको उत्पादन नभएकाले लोडसेडिङको समयावधि बढाउनु परेको प्राधिकारण्ँ भार प्रेशण्ँ केन्द्रका प्रमुख चिरन्जिवी शर्माले जानकारी दिए । उनका अनुसार हाल दैनिक ४८ देखि ५० लाख प्रतियुनिट विद्युत अपुग रहेको छ ।
नयाँ तालिका अनुसार आइतबार सोमबार र मंगलबार १०÷१० घण्टाका दरले लोडसेडिङ हुने जनाएको छ । यस्तै बुधबार र शनिबार १२÷१२ घण्टा र विहिबार र शुक्रबार १४÷१४ घण्टाका दरले लोडसेडिङ हुनेछ । अहिले हप्तामा ६९ घन्टा विजुली कटौती हुँदै आएको छ ।
५० प्रतिशतसम्म बिद्युत चुहावट हुने फिडरहरुमा थप २ घन्टा ५० देखी ६० प्रतिशत चुहावट हुने फिडरमा दैनिक थप ३ घन्टा ६०-७० प्रतिशतसम्म बिद्युत चुहावट हुने ठाउँमा थप ४ र त्यस भन्दा बढि चुहावट हुने ठाउँमा ५ घन्टा थप बिद्युत कटौती हुनेछ ।
भार प्रेशण्ँ केन्द्रका प्रमुख शर्माका अनुसार यस वÈ्र १८÷१९ घण्टासम्म लोडसेडिङ हुने अनुमान गरिएको छ ।

0 प्रतिकृया:

Post a Comment