सुरक्षार्थ खटेका प्रहरीबीच कुटाकुट

फिदिम, चैत्र ९/मंगलबार साढे नौ बजे राती छिमेकी प्रहरी पोष्ट फिदिममा सुरक्षार्थ खटेका प्रहरी एक आपसमा कुटाकुट गरेका छन् । प्रहरी जवान बिराज बस्नेत, अजित राई र बिरबहादुर राई बीच कुटाकुट भएको हो ।

सुरक्षा दिन खटेका प्रहरीहरु नै एक आपसमा कुटपिटमा उत्रेपछि स्थानीयबासी त्रसित बनेका थिए । प्रहरी पोषाकमा रहेका झगडीया एक प्रहरीको नाथ्री फुटेर रगताम्य भएका प्रत्यक्षदर्शीले बताए । केहि छिनपछि अन्य प्रहरीले उनीहरुलाई छुट्याएर जिल्ला प्रहरी कार्यालय तर्फ गाडीमा लिएर गएका थिए । उनीहरुबीच झगडा हुनाको कारण खुलेको छैन । जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा संगठनको अनुशासन तोड्ने प्रहरीहरुलाई छानबिन गरी विभागीय कारवाही गरिने प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए । यसअघि जिल्लाको सिदिन प्रहरी चौकीमा रहेका प्रहरीबीच पनि झगडा हुँदा एक आपसमा काटाकाट भएको थियो ।
यसैबीच फाक्तेप ३ का ३५ वर्षीय तिलबिक्रम चेम्जोङ्ग प्रहरीको निर्घात कुटपिटपछि उपचारका लागि फिदिम अस्पताल आएकाछन् । आइतबार स्थानीय भीमलाल चेम्जोङ्गको घरमा आगो लगाएको आरोपमा फाक्तेप प्रहरी चौकीका हवल्दार मनिल तामाङसहितको तीन प्रहरीले आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेका तिलबिक्रमले बताए ।

0 प्रतिकृया:

Post a Comment