गिरीजाप्रसादको स्मृतिसभा

बैगुन्धुरा, चैत्र ९/ पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको स्मृतिमा गिरीजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुन्धुराले बुधबार स्मृति सभा सम्पन्न गरेको छ ।
बैगुन्धुराको अमर उच्च मा.वि.मा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य सूर्यनारायण ताजपुरिया प्रमुख अतिथि रहेका थिए ।
कांग्रेस जिल्ला सचिव तथा महासमिति सदस्य भक्ति सिटौलाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष रामबहादुर ढुंगानाले स्वागतमन्तव्य राखेका थिए । कार्यक्रममा कांग्रेसका महधिवेशन प्रतिनिधि अनिलकृष्ण प्रसाई, पूर्व क्षेत्रीय सभापति बिरबहादुर प्रसाई, अमर उच्च मा.वि.का प्राचार्य सुरेशबहादुर पौडेल लगायतले बोलेका  थिए ।
प्रतिष्ठानका सभापति किरण भट्टराईको सभापतित्वमा भएको कार्यक्रम सचिव उत्तम चम्लागाईले सञ्चालन गरेका थिए । सोही कार्यक्रममा २०६७ सालको प्रवेशिका परीक्षामा जिल्ला प्रथम हुने प्रगति उच्च मा.वि. गौरादहका छात्र स्वरुप खड्कालाई २५ सय रुपैयाँ तथा प्रमाणपत्र एवम् अमर उच्च मा.वि. बैगुन्धुराबाट २०६७ सालको व्यवस्थापन तथा शिक्षा शास्त्र संकायमा कक्षा ११ बाट उत्कृष्ट अंक ल्याउने १÷१ जना विद्यार्थीलाई जनही १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।

0 प्रतिकृया:

Post a Comment