एफएम रेडियो ४ सय २२ पुगे

काठमाडौं, चैत्र ९/ मुलुकमा फागुन महिनाको अन्त्यसम्ममा दर्ता भएका एफएम रेडियोको सङ्ख्या ४२२ पुगेको छ । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार तीमध्ये नियमित प्रसारण्ँमा गएका एफएमको सङ्ख्या ३१७ रहेको छ । गएको फागुन महिनामा मात्र ११ वटा एफएमले प्रसारण्ँ अनुमति पाएका थिए ।

त्यसैगरी मुलुकभर सञ्चालनमा आएका टेलिभिजनहरुको सङ्ख्या ३७ पुगेको छ । फागुन महिनामा मात्र श्रीनगर टेलिभिजन पाल्पा, मिसन स्टार टेलिभिजन काभ्रे र नेपाल मण्डल टेलिभिजन ललितपुरलाई प्रसारण्ँ अनुमति दिइएको सञ्चार मन्त्रालयका सहायक प्रवक्ता हेमराज भुसालले जानकारी दिए ।
त्यसैगरी फागुन महिनासम्म केवल अपरेटरको सङ्ख्या ७३० पुगेको छ । प्रेस काउन्सिल नेपालबाट प्राप्त आर्थिक वर्È २०६६÷६७ को स्थगित पत्रपत्रिका वर्गीकरण्ँको प्रतिवेदन स्वीकृत गरिएको पनि श्री भुसालले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment