ढिलो विवाह गर्ने सोच्नुभएको छ ? होसियार

हिजो आजका महिलाहरु जवानीमै विवाह गरेर घरबार बसाउने भन्दा पनि पहिला आफ्नो क्यारिएर बनाउने चाहनाका साथै अन्य कारणहरुबाट ढिलो विवाह गर्ने सोचमा रहेका हुन्छन् । अनुसन्धानबाट पत्ता लागे अनुसार, ढिलो विवाह पनि क्यान्सरको कारण बन्न सक्छ ।

विज्ञहरुको भनाई अनुसार हिजोआजका युवतीहरु पढाइका साथै आफ्नो क्यारिएरलाई लिएर एकदमै जागरुक रहेको पाइन्छ । यसै कारण यस्ता महिलाहरुलाई आफ्नो उमेर ढल्किसकेको पनि पत्तो हुँदैन । भारतका वरिष्ठ क्यान्सर विशेषज्ञ एवम् एशियन इन्स्टिच्युट अफ मेडिकल साइन्सेजका अध्यक्ष डा. एन के पाण्डेयको भनाई छ कि ढिलो विवाहका कारण गर्भाशयको मुखका साथै ब्रेष्ट क्यान्सर हुने आशंका बढ्छ ।
यो खतरा हार्मोन्सको असन्तुलनका साथै उमेर ढल्किसकेपछि बे्रष्ट फिडिङ गराउने कारणबाट पैदा हुन सक्छ । डा. पाण्डेयका अनुसार उनको निजी अनुभवमा जो महिलाहरुले उमेर ढल्किसकेपछिको समयमा विवाह गर्ने गरेका छन् – तिनीहरुमा क्यान्सरको आशंका बढिरहेको छ ।
अन्य विशेषज्ञहरुको भनाईमा पनि चुरोट र रक्सीमा महिलाहरुको बढ्दो रुची र सेवनका साथै लाइफस्टाइलमा आइरहेको परिवर्तनका कारण भारतमा यस किसिमका क्यान्सर तिव्र रुपमा बढिरहेको छ । पाण्डेय भन्छन्, ठाउँ ठाउँमा खुलेका हुक्का पार्लर समस्याले यसखाले समस्या बढाइरहेको छ ।

0 प्रतिकृया:

Post a Comment