मारुतीको ‘फ्रि सर्भिस’

दमक, चैत्र ९/मारुती सुजुकीको दमकस्थित अधिकृत बिक्रेता दमक अटो लिंकमा बुधबार एक दिने ‘फ्रि सर्भिस क्याम्प’ सम्पन्न भएको छ ।
क्याम्पमा मारुती कम्पनीका बिभिन्न मोडलका ६० ओटा कारमा सेवा प्रदान गरिएको दमक अटो लिंकका सञ्चालक रविन गुरुङले बताए । मारुती सुजुकी कारका प्रयोगकर्ताहरुलाई बिभिन्न स्थानमा यस प्रकारका क्याम्प गरिने गरेको सीजी अटो मोवाइल्स् मारुती सुजुकीका पूर्वाञ्चल डिलर ईन्चार्ज निश्चल श्रेष्ठले बताए ।

0 प्रतिकृया:

Post a Comment