सुपारीसहित १४ पक्राउ

काँकडभिट्टा, चैत्र ९/ अबैध रुपमा सुपारी भारत तर्फ लैजादै गर्दा झापा जिल्ला प्रहरीले बुधबार ५ सय १० केजी सुपारी सहित १४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार पूर्वी सीमाको दशगजा क्षेत्रमा गस्तीको समयमा ११ भारतीय र ३ नेपाली अवैध सुपारीसहित पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट ७ थान साईकल, २ थान रिक्सा समेत बरामत गरेको बताइएको छ ।
पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ बस्ने मनिल किसान, तिलक बिक, युवराज बिक, केशव बर्मन, नक्शालबाडी बस्ने जितु किसान, संजिव धिमाल, मनिल किसान, तिलक बिक, केशव बर्मन, जलाईगुडी बस्ने सुबोध सुनवा, मिन्टु दास, अलेस राय, दुधगेट बस्ने मनिक राय, पोडिबारी बस्ने सत्य नारायण राय रहेका छन् भने नेपालीहरु तर्फ झापा मेचीनगर–१० बस्ने भीम सुब्बा, कुमार कटुवाल र मेचीनगर–१२ बस्ने पर्शुराम राजवंशी रहेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको सुपारी आवश्यक कार्बाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

0 प्रतिकृया:

Post a Comment