गोमेन्द्र कलेज विजयी – खेल समाचार

दमक, चैत्र ९/दमकस्थित दमक बहुमुखी क्याम्पसमा जारी पूर्वाञ्चलस्तरीय अन्तर कलेज टि ट्वान्टी क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा बिर्तामोडको गोमेन्द्र कलेज बिजयी भएको छ ।
टस जितेर फिल्डिङ् राजेको गोमेन्द्रले १५ दशमलव ४ ओभर तथा ४ विकेटको क्षतिमा १ सय १६ रन बनाएको हो । उसका लागि विपीन श्रेष्ठले सर्वाधिक ५२ रन लिए । प्रतिस्पर्धी दमकको पूर्वाञ्चल कलेजका लागि राजकुमार शाहले २ विकेटमा २४ रन जोडेका थिए ।
पूर्वाञ्चलले १९ दशमलव २ ओभरमा १ सय १४ रन बटुलेको थियो । उसका लागि बिनोद बुढाथोकीले २८ रन बनाए । बुधबारको खेलमा ४ विकेटमा १५ रन बनाउने गोमेन्द्रका अजित भट्टराई म्यान अफ दि म्याच घोषित भए ।
आज पहिलो खेल बिहान ८ बजे आयोजक ‘बी’ र मनकामना कलेज बिर्तामोड तथा दोश्रो खेल अपरान्ह १ बजे शिवगञ्ज बहुमुखी क्याम्पस र मेची क्याम्पस भद्रपुरबीच हुने आयोजक दमक बहुमुखी क्याम्पसका खेल संयोजक सुवास काफ्लेले जानकारी दिए ।

0 प्रतिकृया:

Post a Comment