‘चपली हाईट’मा कडाई

दमक, चैत्र ९/ युवासंघ नेपालका कार्यकर्ताले चपली हाईट चलचित्रले समाजमा गलत सन्देश दिएको भन्दै दमकमा प्रदर्शन गर्न कडाई गरेको छ ।
संघको केन्द्रीय कार्यक्रम अन्तर्गत सो चलचित्र प्रदर्शनमा कडाई गरिएको संघका झापा क्षेत्र नम्बर–७ का अध्यक्ष शम्भु भण्डारीले बताए । चपली हाईट प्रदर्शन भइरहेको दमकस्थित निलकण्ठ चलचित्र मन्दिरमा संघका कार्यकर्ताले सो चलचित्र नचलाउन आग्रह गर्दै चलचित्रको पोष्टरमा सूचना र संघको झण्डा टाँसेका थिए ।
चलचित्र हाइटलाई चलचित्र विकास बोर्डले ‘एडल्ट सर्टीफिकेट’ दिएकाले १६ वर्ष भन्दा माथिका व्यक्तिहरुलाई मात्र सो चलचित्र देखाउन भनिएको संघका नगर उपाध्यक्ष कुमार राईले बताए । संघका क्षेत्रीय अध्यक्ष भण्डारी तथा नगर उपाध्यक्ष राईद्वारा जारी विज्ञप्तिमा भने चपली हाईटलाई संगठनले प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको उल्लेख छ । चलचित्र भवन सञ्चालकले समेत वयस्कहरुलाई मात्र सो चललिच देखाइने गरेको जनाएका छन्  ।

0 प्रतिकृया:

Post a Comment