एक सय बोतल मदिरा नष्ट

भद्रपुर, चैत्र ९/ आन्तरिक राजश्व कार्यालय मेची भद्रपुरले बुधबार एक सय बोतल मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा अनुगमनका क्रममा अवैध रुपमा फेला पारिएको सो परिमाणको मदिरा कार्यालय परिसमा नष्ट गरिएको कार्यालय प्रमुख डा. नारायण ढकालले बताए ।

आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत ढकालको संयोजकत्वमा गठित ‘मदिरा बिक्री वितरण अनुगमन तथा निरीक्षण समिति’ को निर्णय अुनसार ति मदिरा नष्ट गरिएको जनाइएको छ । समितिमा  जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, होटल व्यवसायी संघ, झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मदिरा डिलर व्यवसायी संघ लगायतका प्रतिनिधिहरु रहेका छन् । ति  मदिरा विभिन्न मितिमा बजार अनुगमनका क्रममा बिना इजाजत बिक्रीवितरण गर्ने पसलहरुबाट कब्जा गरी ल्याइएका, सशस्त्र प्रहरी बल, राजस्व एवम् भन्सार गस्ती सुरक्षा वेस, काँकडभिट्टा र सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, झापाले विभिन्न स्थानमा बेवारिसे रुपमा फेला पारेको ढकालले बताए ।

0 प्रतिकृया:

Post a Comment