ढाके हाकिम भएछौ, स्मरण–पत्र – दोस्रो लेख

टङ्क पाठक

श्रीमान् लोकतन्त्रवादी राजनीतिका नकावधारी ज्यूहरु, भ्रष्टाचारीका अग्रज तथा संक्रमणकाल लम्ब्याउने महोदहरु, जातीय राज्यका पक्षपाति, महङ्गीका पृष्ठपोषक, सगरमाथा यात्राका ठेकेदार, राजीनामा दिने र दिदैँ गरेका सचिवहरु कर्मचारी युनियनका पैसा राख्ने कन्तुर बनाएर कालो धन्दाका शक्तिशाली व्यक्तित्वहरु र जड्याँहा माननीय मन्त्री ज्यू, मेरो पिल्सिएका नेपाली जनताको तर्पmबाट न्यानो प्रातकालीन अभिवादन् । अलिकति सम्वोधन गर्न बिर्सिएछ, मन्त्रीणी ज्यूहरु साथै वहाँहरुका लाजप्यारले हुर्काएका धर्म पुत्र र धर्मपुत्रीहरु । मैले आजभन्दा केही दिन अगाडि एउटा पत्र लेखि पठाएको थिए । त्यो पत्र पाउनु भयो अरे भन्ने मैले मात्रै होइन यो देशका सबै शोषित, पीडित जनताले थाहा पायौँ । तर आजसम्म त्यसको उत्तर आउनु त कहाँ हो कहाँ बरु कानमा भ्रष्टाचाररुपी तेल हालेर तपाईहरु बस्नु भएको हुँदा र ती ढाक्रेहरु एकै चोटी हाकिम भएका हुन् अरे, त्यस्तै सगरमाथा आरोहणको टोली गठन गरी खर्च वर्च नेपाली जनताले खाइनलाई तिरेको कारण हिस्स काटेर दिने भयौ अरे भनेको कुरो सुन्दा यो पत्र छिट्टै पुग्ने गरी लेखेको हो । हुन त हिजो या विगतमा तिमीहरु ढाक्रे थियौ अरे । ढाक्रे काम गरेर आफ्नो दुःखेसो र गर्जो टाथ्र्यौ अरे । अर्काको भारी बोकेर हिँड्दथ्यौ अरे । आ–आफ्ना छोराछारी र श्रीमतीको फाटेको लुगा र फरिया टालेर लगाउँथ्यौ अरे । सबै सिधासाधा गरीबसँग मिल्दथ्यौ अरे । अर्काको पीरलाई आफ्नै पीर लिन्थ्यौ अरे । बेला–बेला त्यो ढाकर बिसाएर शीर (निधार) का पसिना खुई गरी पुच्दै यो देशका जन आन्दोलनहरुमा राम्ररी भाग लिन्थ्यौ अरे । कसै–कसैले जनयुद्ध र धनयुद्धमा पनि राम्ररी नै भाग लिन्थ्यौ अरे । महङ्गी भएका बेला आफूले खान नपाउँदा बुलिन्द्र आँशुसरी रुन्थ्यौ अरे । सबै मिलेर नयाँ नपाल बनाउने, छिट्टै संविधान बनाउछौँ । विधिको शासन गर्दछौँ । भ्रष्टाचारीलाई ठेगान लगाउँछौँ । यो मुलुकका दरिद्रतामा रमलिएका जनतालाई छिट्टै उन्मुक्ति दिन्छौ लगायत धेरै कुरा भन्थ्यौ अरे । त्यसबेला तिमीहरुका गाला ख्याउटे वनस्पति जस्तो देखिन्थ्यौ अरे । सम्बोधन गरेका पारखी महाशयहरु ती तिम्रा ढाकर बिसाएर आज हाकिम हुँदा केही खुशी लागे पनि विभिन्न कोणले हेर्दा मेरो मन मष्तिष्क सिसाको ऐना फुटेझै झ¥याम्–झु¥युम भएको छ । ढाकेबाट पियन, पियनबाट वहिदार, बहिदारबाट खरिदर, खरिदारबाट सुब्बा, सुब्बाबाट अधिकृत हुँद सबै क्षेत्र तह र काम गर्ने तौर तरिका थाहा हुन्छ । आफ्नो कार्यको मोह बढ्छ । जनताको माया हुन्छ । यथार्थ वास्तविकता प्रति सजक र सचेत हुइन्छ अनि राष्ट्रको माया हुन्छ । तर के गर्नु तर हेर त आज राष्ट्रको हालत ढाक्रे सिधै हाकिम हुँदा । तर अरु कुरा चाही धेरै फाइदा रहेछ । ती तिमीहरुको हात्तीको जस्तो पेट, तिखा दाह्रा, पोटिलो अनुहार, ती चिल्ल गाडी, शान्ति र संविधानका केवल ६४ दिन बाँकी हुँदा सुरा पिएको तालमा गफैगफ गर्ने अवसर । एउटा खरिदारले सचिवको कढालो समात्न पाउने अवसर र मन्त्रीलाई खुश दिने अनि मन्त्रीले माग्ने कति राम्रो काम । मन्त्री भएपछि असली रक्सी सृवन गरी साना तिना होइन काठमाण्डौको वीर अस्पतालमा गएर स्वास्थ्य सेवामा संलग्न स्वास्थ्य कर्मीलाई जिब्रो लर्बराउँदै गाली गलौज गर्न पाइने । हात खुट्टा अपाङ्ग भएपनि सरकारी ढुकुटी रित्याएर सगरमाथाको टुप्पोमै आफ्ना छोरा भतिजालाई बोकेरै पु¥याई दिन पाइने । हाय ! कति राम्रो जन्मको शुभ साइत र छैटौँ भावी । यहा भन्दा अरु लेख्ने कुराहरु त धेरै थियो । तर यो पत्रको आशय बुझि नै हाल्छौ होला । यसको जवाफ आवस् नआवस् मलाई भन्नु केही छैन । अन्त्यमा तिमीहरु बल गर्दै जााउ ढाके हाकिम हो । कलमकर्मी साथ छ । अस्तु ।

0 प्रतिकृया:

Post a Comment