घैला छाप तेलमा अखाद्य बस्तु भेटियो

दमक । घैला छाप तोरीको तेलमा अखाद्य वस्तु भेटिएको छ । दमक ११ स्थित आरपि किराना स्टोरबाट किनेर लगेको ५ लिटरको जारमा लेदो भेटिएको हो । आम उपभोक्ताका तर्फबाट झापाको लखनपुर ५ का डोमनाथ तिवारीले शनिबार इलाका प्रहरी कार्यलयमा निबेदन दिएर तेल उत्पादक चन्द्रशिव राइस एण्ड आयल मिल्स प्रालि बिराटनगरलाई तत्काल कारबाही गर्न माग गरेका छन् । तिवारीले तेलमा भेटिएको अखाद्य वस्तुको तत्काल अनुसन्धान गर्न पनि माग गरेका छन् । तिवारीले इलाका प्रसासन कार्यलय दमक  र दमक उद्योग बाणिज्य संघलाई पनि बोधार्थ दिदै तेलमा अखाद्य वस्तु मिसावट गरेर आम उपभोक्ताको श्वास्थ्यमा खेलवाड गर्ने उत्पादकलाई अविलम्ब कारबाही गर्न माग
 गरिएको छ । अखाद्य वस्तु मिसिएको तेल इलाका प्रहरीलाई बुझाएको तिवारीले बताए । इलाका प्रहरी कार्यलय दमकका सई दिरेन्द्र कोइरालाका अनुुसार उपभोक्ताले बुझाएको तेल बिराटनगर स्थित खाद्य प्रविधि कार्यलयमा अनुसन्धानका लागि आइतबार  पठाइने छ । कार्यालयबाट आएको प्रतिवेदनका आधारमा कानुनी कारबाही अघि बढाइने कोइरालाले बताए ।

0 प्रतिकृया:

Post a Comment