चन्द्रबहादुर डाँगी विश्वकै होचा

काठमाडौं/७२ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी बिश्वकै सबैभन्दा होचा ब्यक्ति भएको गिनिज बुक अफ वर्ल्ड रेकर्डले पुष्टी गरेको योसँगै उनी बिश्वकै सबैभन्दा होचा जिवित बयस्कका रुपमा दरिएका छन्
उनको उचाई नाप्न आएको गिनिज बुक अफ वर्ल्ड रेकर्डसको टोलीले आइतबार चन्द्रबहादुरको उचाई ५४. सेन्टिमिटर अर्थात् २१. इन्च मात्र भएको प्रमाणित गरेको हो लैनचौरको क्लिनिक ट्राभल मेडिकल सेन्टरमा २४ घण्टामा तीनपटकसम्म डाँगीको नाम लिइएको थियो डाँगीको नाप लिन गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेसहितको टोली काठमाडौं आइपुगेको थियो

नेपालका चन्द्रबहादुर डाँगी यसअघि यो किर्तिमान फिलिफिन्सका जुनेर वालापिङको नाममा रहेको थियो चन्द्रबहादुर जुनेरभन्दा . सेमी होचा छन् उनको उचाई ५९. सेमी अर्थात् २३. इन्च रहेको थियो उनले गत जुनमा नेपालकै खगेन्द्र थापा मगरको नाममा रहेको होचा व्यक्तिको किर्तिमान खोसेका थिए
यो बुढ्यौलीमा बिश्व रेकर्ड कायम राख्न गिनिज बुकको सर्म्पर्कमा पुगेका चन्द्रले नयाँ रेकर्डबाट उनको स्वास्थ्यका लागि सहयोग पाउने गिनिज बुकले अपेक्षा गरेको प्रधानसम्पादक ग्लिन्डेले भने-'गिनिज बुकको ५७ बर्षे इतिहासमा चन्द्र नै मापन गरिएका सबैभन्दा होचा ब्यक्ति हुन् '
७२ बर्षो उमेरसम्म गुमनाम रहेका चन्द्रबहादुर गिनिज बुकले दिएको प्रमाणपत्रसँगै चर्चामा आएका छन् प्रमाणपत्र पाएपछि चन्द्र संचारकर्मी माझ निकै प्रफुलित देखिन्थे
'तरुनीहरुले मलाई उचालेरै घुमाउँथे'-चन्द्रले भने-'होंचो भएकाले बिहे गर्ने केटी नै पाइन ' आफ्ना चार दाजुभाइ भन्दा निकै कम उचाई रहेका चन्द्रबहादुरले त्यही कारण उमेरमा बिबाह गर्न सकेनन् अहिले उनलाई बिवाह गर्ने रहर पनि छैन चन्द्र भन्छन्-'७२ बर्ष भइसकियो, अब के बिहे गर्नु ?'

0 प्रतिकृया:

Post a Comment