पद र सम्मान प्राप्तिका लागि किन दौडिरहेछ मानव ?

Om Prakash Gautam
ओमप्रकाश गौतम
संसारमा रहेका सम्पूर्ण प्राणीहरूमध्येको एउटा सामाजिक प्राणी मानव हो । जसको बुद्धि, विवेक, शिल्पकला, तीक्ष्ण यो जगतमा अरु कुनै प्राणीको हुन सक्दैन । मानवले मात्र सत्य कुरालाई शिरोधार्य गरेर कर्तव्य पथमा अघि बढ्न सक्छ । कुन कुरा बोल्न, लेख्न, पढ्न सकारात्मक छ, कुन नकारात्मक छ, यी सबै बोध गरेर मात्र आजको आधुनिक मानव अघि बढिरहेको हुन्छ ।
सच्चा, देशभक्त, कर्तव्य परायणता मानवले आफ्नो गुणको परिचय होइन, अर्को व्यक्तिको यी गुण छन् भने उसले उसैको बखान गर्छ । आफ्नो भने पटक्कै गर्दैन । योग्यता, काम वा महत्व अनुसारको नियत स्थान आफैले सही रुपमा मूल्याङ्कन गरेर अघि बढ्ने व्यक्ति महान् विचारक बन्दछ र ‘मै खाउँ, मै लाउँ सुख शयल मोज मै गरुँ’ भन्ने सोच राख्ने मानव कहिल्यै पनि प्रगति थुम्की चढ्न सक्दैन यो शास्वत सत्य हो ।
तर, आजको सभ्य र सम्माननीय मानव विविध लोभ, लालचले गर्दा उसले समयलाई चिन्न सकिरहेको छैन । झुण्ड–झुण्ड तयार गरेर एउटा असल व्यक्तिको मान सम्मानलाई जाल बुनेर भण्डाफोर गरिरहेको छ, ऊ यतिसम्म माहिर छ, खेलकुद गरेर पद र सम्मानलाई निस्क्रिय बनाइदिन ऊ आजको समयमा चल, खेल र बल गरिरहेको छ । त्यो गर्नु उसको अज्ञानता हो, दम्भ र क्रुरता हो । त्यसले उसको कहिल्यै भलो गर्दैन ।
सिर्जना–तत्व प्राणीमात्रको अपरिहार्य कुरा हो । यसलाई कसैले पनि मार्न वा रोक्न सक्दैन, तर आज मानवको सिर्जना कला भित्र–भित्रै दबाइएको छ । बाहिर प्रकट गर्छु भन्दा–भन्दै पनि आजको मानवले प्रकट गर्न सकिरहेको छैन । आजको मानवलाई अभावरुपी प्रेतले दिनका दिन सताइरहेको छ । जीवनलाई पूर्णतातिर लैजान साधन र स्रोतको आवश्यकता पर्दछ । जब मानवले चारैतिर अभावै–अभाव देख्दछ, त्यसबेला मानवभित्र रहेका आशा र आकांक्षाहरू क्रमशः बिलाएर जाने गर्दछन् । यो बिलाएर जाने बनायो पद र सम्मानको लोभ लालचाले । मैले यहाँ एउटा यस्तो समय सान्दर्भिक विषयवस्तु आज के उठाउन खोजेको हुँ भने आजको आधुनिक मानव आफ्नो दम्भपनाले गर्दा आफूभन्दा धेरै वर्ष सम्बन्धित क्षेत्रमा ज्ञान हासिल गरेकाहरूलाई सम्मान होइन, जहिल्यै पनि आफू चाँहि सिँढी भ¥याङ चढेर आफूलाई मात्र सम्मान र पदको ग्रहण गराइदिनका लागि सभादेखि सम्मेलन एकछत्र बनाउनु अर्कैको पछि दगुरिरहेको छ भन्ने भन्न खोजेकोे मात्र हुँ ।
आज हामी मानवलाई झ्वाट्ट कसैले हेर्दा धेरै आदर्श र महान् देख्न सक्छ होला, तर भनौं हाम्रा व्यवहार देखावटी रुपमा आदर्शवादी भित्र देखा पर्न सक्लान् तर हामीभित्रका आदर्श र मान्यताहरू खिइँदै र नासिँदो गइरहेका छन्, हामी यी यथार्थ कुरालाई बोध गरेर अघि बढ्न सक्दैनौं, त्यो नै हाम्रो गलत प्रवृत्ति हो ।
हामी राष्ट्र, जनता र समाजप्रति आदर्श बोकेर अगाडि बढ्नुपर्नेमा आज हामी नारामा मात्र सीमित हुन पुगेका छौं, देखावटी व्यवहार एक प्रकारको र आन्तरिक सोचाई अर्कै बन्दै गइरहेको हुनाले हामी राजनीतिक, धार्मिक र सांस्कृतिक भित्रको पदप्रति लालयित छौं । हामीलाई ‘पद र सम्मान’ चाहिएको छ, हामीलाई सबैले सम्मान गरून्, हामी सबैको अब्बल दर्जाको सम्मानित व्यक्ति हामी नै हौं भनेर घामड गरिरहेका छौं ।
वास्तवमा यही कारणले आज हाम्रा पार्टीहरूमा सबैभन्दा ठूलो रोग लागेको छ, पद र सम्मान ग्रहणको । हामी प्यानल–प्यानलमा विभक्त छौं, गुट–उपगुटमा विभक्त छौं, हाम्रा लागि ‘पद र सम्मान’ जनप्रिय छ । हामीले तीन ‘स’ को अभियान, तीन ‘जन’ को अभिवादन, तीन वादको अभियानलाई क्रमशः भाँडिरहेका छौं । आफ्नै घरभित्रका पार्टी र सामाजिक संघसंस्थामा यो र त्यो पार्टी आबद्धको भनेर आफ्नै चोर औंलो आफ्नै सहपाठी मित्रलाई धारेहात पारेर देखाइरहेका छौं । आज यही कारणले गर्दा हामीलाई शत्रुले प्रत्याक्रमण गर्न खोजिरहेको छ, तापनि हामी मुकदर्शक बनिरहेका छौं कि हामीले सक्कली या नक्कली को हो भनेर चिन्न नसक्नु नै हाम्रो दुर्बलता हो ।
आज प्रमुख अतिथि, विशिष्ट अतिथि ग्रहण गर्ने कुरामा योग्यता, क्षमतालाई हामी आफैले क्रमश बिर्सिरहेका छौं, यतिसम्म हामी निस्क्रिय छौं कि हाम्रो बलबुतोले हामीलाई काम गर्न नसक्ने अवस्था बनाइदिएको छ । आखिर त्यो अवस्था बनायो कसले भन्दा हाम्रै पद र सम्मानको आकांक्षाले गर्दा नै हो । आजको आधुनिक मानवले दार्शनिक चिन्तन गर्ने क्रममा धेरै नयाँ–नयाँ प्रयोग र विज्ञान तथा प्रविधिको विकास ग¥यो, तापनि आध्यात्मिक र भौतिक चिन्तनका पछि जति नै दगुरिरहेपनि उसले आफ्नो दार्शनिक र चेतनशील ज्ञानलाई विकास भने गर्न सकेन । अहिले संसारलाई उथलपुथल पार्न सक्ने मानवले प्रकृतिलाई जित्न सकिरहेकौ छैन । मानवले आफूलाई धेरै शक्तिशाली ठानेर काम गरेता पनि ऊ आफै खुसी भएर नयाँ प्रयोगको विकास गरेता पनि उसले आफ्नो क्षमतालाई क्रमशः अदल–बदल गरिरहेकै छ, आखिरमा केमा भन्दा ‘पद र सम्मानमा’ ।
आजको आधुनिक मानव जादुगर भएर यो विश्वसंसारमा दुई खुट्टा हल्लाएर हिँडेता पनि ऊ आफै थरी–थरीका मानवहरूलाई जादु देखाउँदै नतमस्तक बनिरहेको छ । यो भन्दा ठूलो चमत्कार उसले यो दुनियाँमा अन्यत्र कहीँ देखाउनै नसकिरहेको र ‘नयाँ नेपाल’ मै पद र सम्मानका लागि विगतदेखि वर्तमान समयसम्म देखाइरहेको हुनाले आगामी दिनमा एउटा सामाजिक र विवेकशील प्राणी भएकै कारणले पद तथा सम्मानको लिस्ट आफैले आफैलाई होइन, आफूभन्दा विद्वत वर्गबाट सिकेर मानवता हुनुका गरिमा संसारभरी फैलाओस्, सबलाई चेतना भयो ।
omgautam817@gmail.com

0 प्रतिकृया:

Post a Comment