हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

लखनपुर र सुन्दरदुलारीमा विउ बैंक स्थापना गरिँदै

दमक । झापाको लखनपुर र मोरङको सुन्दर दुलारीमा लोप हुन लागेका विउ विजन संरक्षणका लागि विउ बैंकको योजना अगाडि बढेको छ ।  उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्र्रतिष्ठानको अगुवाइमा लोप हुन लागेका नेपाली मौलिक विउ विजनहरु संरक्षण गर्ने अभियानका विषयमा विहीबार उर्लाबारीमा छलफल भएको छ । प्रतिष्ठानको ‘सशक्तिकरणको माध्यमबाट जिविकोपार्जनमा सुनिश्चितता’ कार्यक्रम अन्तर्गतको अर्धवार्षिक सहभागितामुलक चिन्तन मनन् प्रक्रिया (पीआरआरपी ) का सहभागिले सो कुरामा जोड दिएका छन् । कार्यक्रमको विषयवस्तु उठान गर्दै...

उपचारमा ४३ हजार सहयोग

दमक । दमक ११ की पाठेघर क्यान्सर पीडित राधादेवी शाहको उपचारका लागि दमक स्थित दमक युथ क्लब र महिला सशक्तिकरण केन्द्र नेपालले ४३ हजार ३७ रुपयाँ सहयोग गरेका छन् । विहिबार दमकमा पत्रकार सम्मेल गरी सो रकम पीडित राधाका श्रीमान कनैयाप्रसाद शाहलाई  हस्तान्तरण गरिएको हो । दमक युथ क्लब र महिला सशक्तिकरण केन्द्र नेपाललले संयुक्तरुपमा १६ हजार ३ सय ११ रुपयाँ र महिला सशक्तिकरण केन्द्रले २६ हजार ७ सय २६  गरी जम्मा   ४३ हजार ३७ रुपयाँ सहयोग गरेको महिला सशक्तिकरण केन्द्र नेपाललकी सचिव सुमित्रा...

सहिदका छोराछोरीलाई पढ्ने समस्या

पथरी । सुनसरीको इटहरीमा रहेको सहिद स्मृति आवासीय माविबाट एसएलसी उतीर्ण विद्यार्थीहरु अवको उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि चिन्तित बनेका छन् । सशस्त्र युद्धको बेलाका सहिद परिवार तथा द्वन्द्वपीडित अनाथहरुलाई एसएलसीसम्म अध्ययनका लागि खडा गरिएको विद्यालयले एसएलसीमा सतप्रतिशत नतिजा निकालेपनि विद्यार्थीको अवको भविष्य भनें अन्यौलमा परेको छ । ०६६ मा स्थापित तरहरास्थित सहिद स्मृति आवासीय विद्यालयबाट पहिलो पटक एसएलसी परीक्षामा सहभागी २० जनामध्ये ३ जनाले बिशिष्ट र १७ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । असल मान्छे बन्ने सपना साँचेर निक्कै मेहनत...

ढाका बुनाई तालिम उद्घाटन

शिवसताक्षी । झापाको शिवसताक्षी ३ स्थित साविक शिवगञ्ज गाविसको सभाहलमा चन्द्रडाँगीमा ढाका बुनाई तालिमको उद्घाटन भएको छ । शिवसताक्षी नगरपालिकाको महिला लक्षित बजेटको आर्थिक सहयोग तथा पाथीभरा प्रोफेशनल एजुकेशन दमक १० को प्राविधिक सहयोग र ढाका बुनाई तालिम उपभोक्ता समिति शिवसताक्षी ३ को आयोजनामा वडा भरीका ५० जना भन्दा महिला सहभागी रहेको तालिमको नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद गुरागाईले उद्घाटन गरेका थिए ...

औषधी व्यवसायीको स्थापना दिवश

दमक । नेपाल औषधी व्यवसायी संघको ४२ औ स्थापना दिवसका अवसरमा विहीबार दमकका अन्तरक्रिया र फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि आम्दा अस्पतालका मेडिकलसुपरिडेन्ट डाक्टर नविन ढकालले स्वाथ्य क्षेत्रमा सलंग्न व्यवसायीहरु सधै संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । ढकालले स्वास्थ्य क्षेत्रमा संलग्न पेशाकर्मीहरुवीच एकता हुन जरुरी रहेको औल्याएका छन् । कार्यक्रममा संघकाअध्यक्ष सुर्यप्रसाद कोइराला, पूर्व केन्द्रीय सदस्य राजेन्द्र ढकाल लगायतकाले समेत बोलेका थिए । त्यस अवसरमा...

प्रशिक्षार्थी चिकित्सक र प्रहरीबीच झडप

विराटनगर । मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययनरत प्रशिक्षार्थी चिकित्सक र प्रहरीबीच बिहीबार झडप भएको छ । इन्टर्नसिपमा काम गरिरहेका प्रशिक्षार्थी डाक्टरहरुले श्रम शोषणको विरोधमा जारी राखेको धर्नामाथि प्रहरीले हस्तक्षेप गर्दा दर्जन बढी घाइते भएका छन् भने प्रहरीले २० जनालाई पक्राउ गरेको छ । नोबेल मेडिकल कलेजमा एमवीवीएस अध्ययन गरेका सन् २०१० ब्याचका विद्यार्थीहरु एक सातादेखि  आन्दोलनमा छन् । उनीहरुले कलेज प्रशासन समक्ष इन्टर्न समयमा गर्ने श्रमको उचित पारिश्रमिक दिनुपर्ने र भर्ना भएको बेला राखेको धरौटी रकम फिर्ता गर्नुपर्ने माग...

विद्यार्थी संगठनद्वारा मेला बन्द

दमक । काठमाडौंका शैक्षिक परामर्श दिने संस्था रेञ्ज कन्सल्टेन्सीले दमकमा लगाएको शैक्षिक मेला विभिन्न ३ विद्यार्थी संगठनको टोलीले बिहिबार बन्द गराएको छ । अखिल क्रान्तिकारीको तर्फबाट बिपिन बस्नेत अग्रगामी विद्यार्थी युनियनका मनकुमार लिम्बु र राप्रवि संघका भरत दुलाल सहितको टोलीले दमकमा लाग्दै गरेको शैक्षिक मेला बन्द गराएका हुन् । विद्यार्थीलाई राम्रा राम्रा कलेजको आश्वासन देखाएर ठगी गर्ने प्रविधि बढेको भन्दै मेला बन्द गरिएको अखिल क्रान्तिकारीका जिल्ला सचिवालय सदस्य बिपिन बस्नेतले बताए । पछिल्लो समय झापाका बिभिन्न स्थानमा शैक्षिक परामर्श केन्द्रले...

राखेपको सदस्य सचिवमा विष्ट

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य–सचिवमा केशव विष्ट बिहीबार नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष पुरुषोत्तम पौडेलले विष्टलाई नयाँ सदस्य–सचिव नियुक्त गरेका हुन् । एमालेका तर्फबाट मन्त्री बनेका पौडेलले आफ्नै पार्टीका विष्टलाई  राष्ट्रिय खेलकुद विकास ऐन २०४८ अनुसार सदस्यमा बिहीबारै नियुक्त गरी सदस्य–सचिव बनाएका हुन् । मन्त्री पौडेलले राजेन्द्र श्रेष्ठ र समिउल्लाहलाई पनि राखेपको सदस्यमा नियुक्त गरेका छन् । विष्ट एमालेमा नेता माधवकुमार...

लागू औषध सहित ४ पक्राउ

दमक । झापा प्रहरीले ठूलो परिमाणको लागू औषध सहित ३ भारतीय सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, झापा टाघनडुव्वा २ का २० वर्षीय कलिम अन्सारी, भारतको विहार राज्य, किशनगन्ज जिल्ला, दिघलवैङ्क थानास्थित बालुवाडी ९ का १९ वर्षीय अन्जर अन्सारी, बालुवाडी ३ का २४ वर्षीय चन्दन राजवंशी र बालुवाडी २ का १८ वर्षीय सनोज कुमार सिंह रहेका छन् ।   भारतको दिघलवैङ्क सिमाना बजारबाट ठूलो परिमाणमा लागु औषध खरिद गरी नेपालतर्फ ल्याउदै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिई गएको प्रहरी गस्ति टोलीले झापा कुमरखोद...

झापाका दर्जनौं सहकारीको अवस्था “कहालिलाग्दो”

– गोपाल काफ्ले झापा । जिल्लामा सञ्चालित धेरै सहकारीले सहकारी ऐन २०४८, सहकारी नियमावली २०४९ र सहकारी मापदण्ड २०६८ बर्खिलाप हुने गरी आफ्नो संस्था चलाइरहेको पाइएको छ । १ करोडदेखि ५ करोड रुपैयाँसम्मको कारोबार गर्ने जिल्लाका १ सय १० वटा सहकारीमध्ये चालू आर्थिक वर्षमा ७० वटामा सघन निरीक्षण गर्दा यस्तो अवस्था पाइएको हो । डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलका अनुसार ठूलो ‘भोल्यूम’मा कारोबार गरिरहेका सहकारीहरुसँग धेरै मानिसको सम्बन्ध जोडिने भएकाले सानोतिनो गल्ती भइहाले पनि बेलैमा...

नोेवेल अस्पताल विरुद्ध विद्यार्थी आन्दोलित, बिद्यार्थीलाई होस्टलबाट निकालियो

विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरले एमवीवीएस सकेर भर्खरै इन्टर्नसिप थालेका १ सय २४ जनालाई कलेजले होस्टलबाट समेत निकालेपछि त्यहाँका विद्यार्थीहरु आन्दोलित भएका छन् । असार १ गतेदेखि नोबेलमा सुरू भएको इन्टर्नसिप विद्यार्थीको आन्दोलन आइतबार पनि जारी छ । कलेजले असार ३ गते एउटा सूचना प्रकाशित गरी एमवीवीएस पाँचौं ब्याजका इन्टर्नसिप विद्यार्थी डाक्टरलाई होस्टेल खाली गराउन उर्दी गरेको थियो । अन्य मेडिकल कलेजले दिने गरेको बराबर पारिश्रमिक सुविधा दिन माग गर्दा एमवीवीएस सकेर इन्टर्नसिप थालेका पाँचौं ब्याचका विद्यार्थीहरुले कोर्स सकेर इन्टर्नसिप...

नेता शिक्षकको विद्यालयमा एसएलसी नतिजामा सुधार

दमक । झापाका नेता शिक्षकहरूले पढाउने विद्यालयको नतिजा गतवर्षभन्दा केही सुधार भए पनि सन्तोषजनक देखिएको छैन । शुक्रबार प्रकाशित एसएलसी नतिजा अनुसार नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नेत्र खरेलले पढाउँदै आएको महेन्द्ररत्न उमावि विर्तामोडले ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । त्यहाँ ११ जना प्रथम, २२ जना दोस्रो र १ जना विद्यार्थी तेस्रो श्रेणीमा पास भएका छन् । गत सालको एलएलसीमा २७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन झापाका अध्यक्ष बुद्धिमान कार्कीको विद्यालय गौरादह उच्च माविबाट ४४ प्रतिशत विद्यार्थी...

फेल भएपछि चार जनाद्वारा आत्महत्या

काठमाडौ । एसएलसी परिक्षामा असफल भएका कारण तीन दिनको अवधिमा चार जनाको ज्यान गएको छ । रुपन्देही, तनहुँ, मोरङ र धादिङमा तीनजनाले झुण्डिएर तथा बिष सेवन गरी आत्महत्या गरेका छन् ।  रुपन्देही बुटवल नगरपालिका–८ बस्ने १७ बर्षीया ममता पभरले शुक्रबार साँझ विष सेवन गरी आत्महत्या गरिन् । एसएलसी परिक्षाको नतिजा आउनासाथ सेवन गरेकी उनको किम्सन अस्पताल मणिग्राममा उपचारकै क्रममा मृत्यु भएको थियो । यसैगरी, तनहुँको भानु गाविस वडा नम्बर २, तिलहार बस्ने १७ बर्षीया मनिषा पाण्डेको पनि एसएलसीमा फेल भएकै कारण ज्यान गएको छ । एसएलसीं परिक्षामा असफल भएका कारण घरमा...

३,१५० अस्थायी टहरा बनायो कांग्रेसले

काठमाडौं । कांग्रेसले महाभूकम्प पीडितका लागि प्रभावित क्षेत्रमा ३ हजार १ सय ५० अस्थायी टहरा निर्माण गरेको जनाएको छ । कांग्रेसका भूकम्प प्रभावित विभिन्न जिल्लाहरुमा खटिएको टोलीले श्रमदानबाट ३ हजार १ सय ५० टहरासँगै  १ हजार १ सय २५ भग्नावशेष हटाइएको, १ हजार ८५ विद्यालय कक्षा कोठा, एउटा मन्दिर र १० वटा सामूदायिक भवन निर्माण गरेको जनाएको छ । कांग्रेस अभियानमा १५ हजार सहभागी भएको आइतबार पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता दिलेन्द्रप्रसाद बडुल जानकारी दिए । उनका अनुसार श्रमदानमा झापादेखि कञ्चनपुरसम्मका तराई क्षेत्रका विभिन्न...

विश्व खाद्यलाई कारबाही गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले भूकम्पपीडितलाई राहतका नाममा गुणस्तरहीन चामलसहितका खाद्यान्न बाँड्ने विश्व खाद्य कार्यक्रममाथि कारबाही चलाउन निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यालयका सचिव शान्तराज सुवेदीको कार्यालयमा आइतबार भएको सरोकारवालाबीचको छलफलपछि विश्व खाद्यले बाँडेका खाद्यान्नको यथाशीघ्र परीक्षण गरी गुणस्तरहीन पाइएमा प्रचलित कानुन अनुसार हदैसम्म कारबाही गर्न निर्देशन दिइएको हो । गोरखाको लाप्राका लगायतका स्थानमा बाँडिएको चामल र पेयपदार्थको वाणिज्य विभाग र खाद्य प्रविधि तथा  गुण नियन्त्रण विभागले तीन दिनभित्र परीक्षण गरी गुणस्तरहीन पाइएमा कारबाही...

प्राधिकरण अध्यादेश सिफारिस, अध्यक्ष प्रधानमन्त्री नै

काठमाडौं । सरकारले ‘भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ राष्ट्रपतिसमक्ष सिफारिस गरेका छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले पुनर्निर्माण प्राधिकरण अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए । प्राधिकरण गठन प्रक्रियामा सत्तारुढ कांग्रेस र एमालेबीच नै मतैक्यता थिएन । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा अध्यादेशमार्फत प्राधिकरण गठन गर्ने सहमति भएको थियो । एमाले स्थायी कमिटी बैठकले शनिबार अध्यादेश संसदबाट ल्याउनुपर्ने...

पूर्वी मोरङमा राष्ट्रनिर्माण अगाडी

उर्लाबारी । एलएलसीमा पूर्वी मोरङबाट इटहरामा रहेको राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ स्कुलले सबैभन्दा धेरै विशिष्ट श्रेणी ल्याएको छ । उर्लाबारी क्षेत्रमा रहेको ठूला भनिएका नीजि विद्यालयलाई समेत पछार्दै ग्रामिण क्षेत्र इटहरा १ सोमबारेमा रहेको राष्ट्रनिर्माण विशिष्ट श्रेणीमा उत्कृष्ट अंकसहित शतप्रतिशत विद्यार्थी उतिर्ण गराएको हो । राष्ट्रनिर्माणबाट परीक्षामा सहभागी २७ जनामध्ये ८ जान विशिष्ट श्रेणी र अरु १९ जना सबै प्रथम श्रेणीमा उतिर्ण भएको विद्यालयका प्रिन्सिपल विश्वास ढकालले जानकारी दिए । ढकालले पूर्वी मोरङमा आफ्नो विद्यालयको विशिष्ट श्रेणी सबैभन्दा...

एमाले कार्यकर्तालाई सञ्चार प्रशिक्षण

धुलाबारी । नेकपा एमालेका वैकल्पिक पोलिटव्यूरो सदस्य एवं झापा क्षेत्र नं. १ का सभासद् रविन कोइरालाले सूचना विनाको समाज अब परिकल्पना गर्न नसकिने बताएका छन् । २२ औं द्रेणचार्य क्षेत्री स्मृति दिवसको अवसरमा आइतबार धुलाबारीमा नेकपा एमाले झापा जिल्ला प्रचार विभाग र प्रेस चौतारी झापाको संयुक्त आयोजनामा क्षेत्रीयस्तरको सूचना तथा संचार अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । उनले सूचनाको युगमा पार्टीका हरेक क्रियाकलापहरु आमसञ्चार माध्यमबाट सम्प्रेषित हुन सके कार्यकर्ता र जनताले सुसूचित हुन सहयोग मिल्ने बताए । एमाले झापा जिल्ला...

गोलधापमा बुहारी पढाउने अभियान

गोलधाप । झापाको बिर्तामोडबाट झण्डै १० किलोमिटर दक्षिणमा रहेको गोलधाप गाविसमा छोरी र बुहारी पढाउन छोरी–बुहारी साक्षरता अभियान नै सञ्चालन गरिएको छ । छोरी नपढाउने अनि पढेका बुहारी खोज्ने समाजको विरोध गर्दै गोलधापका वासिन्दाले आफ्नै लगानीमा सामुदायिक क्याम्पस स्थापना गर्दै गाविसभित्रका सबै छोरी–बुहारीलाई शिक्षा अनिवार्य रुपमा दिने रित बसालेका छन् । विवाहपछि पढ्ने इच्छा भएका बुहारीले पढ्न नपाउने र बुहारी भएपछि उनीहरु घरायसी काममा नै रुमलिँदा परिवार शिक्षित नहुने भन्दै गोलधापका अगुवाले बुहारीलाई शिक्षा अनिवार्य बनाएको स्थानीयवासी तथा राजगढ गाविस सचिव...

एसएलसीमा ४७ दशमलब ४३ प्रतिशत उत्तीर्ण

– २१ हजार २४७ विशिष्ट श्रेणीमा, – ९० हजार १७६ प्रथम श्रेणी काठमाडौं । यसवर्षको प्रवेशिका परीक्षा (एसएलसीको) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शुक्रबार दिउँसो २०७१ को एसएलसीको नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले शुक्रबार दिउँसो सानोठिमीस्थित शिक्षा विभागको सभा हलमा नतिजा सार्वजनिक गरिएको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ४७.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस अनुसार १ लाख...

पाँच महिनामा २ सय २० चेलीको उद्धार

विर्तामोड । पूर्वी झापालाई केन्द्र बनाएर पूर्वमा चेलीवेटी बेचविखन गर्ने गिरोह सक्रिय बनेको खुलासा भएको छ । पछिल्लो ५ महिनाको अवधिमा २ सय २० जनाको उद्धार भएको छ । जिल्लाको विर्तामोड, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानलाई केन्द्र बनाएर पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले जनाए । माइती नेपालको कार्यालय काँकडभिट्टाले गत जनवरीदेखि मईसम्मको ५ महिनाको समयावधिमा २ सय २० जना महिलाको उद्धार गरेको उनले बताए । खुला सिमानाका कारण पूर्वबाट...

बसपार्कका लागि ६ करोडको योजना

दमक । सरकारले यसपटक बजेट विनियोजन नगर्दा अलपत्र परेको झापाको दमक वसपार्कको द्रुततर निर्माणको माग गर्दै ६ करोड बढीको योजना सरकारमा पेश गरिएको छ । निर्माण उपभोक्ता समितिले सहरी विकास मन्त्रालयमा ६ करोड १७ लाखको लागत स्टिमेट सहितको योजना पेश गरेको समिति अध्यक्ष तीर्थराज बस्नेत (शंकर) ले बताए । उनले बहुवर्षीय क्रमागत योजनामा परेको बसपार्कको निर्माण कार्यलाई निरन्तरता दिई बाँकी काम सम्पन्न गर्नका लागि योजनाको लागत पेश गरेको जनाए । हालसम्म दमक ११ मा रहेको सो वसपार्कको आधाजसो मात्र काम भएको छ । बाँकी...

चट्याङले एकको मृत्यु

दमक । दक्षिणी झापाको पृथ्वीनगरमा खेतमा जोत्दै गरेको अवस्थामा चट्याङ लागेर एक जना किसानको ज्यान गएको छ । विहीबार विहान परेको चट्याङले लागेर पृथ्वीनगर–१ बस्ने ६३ वर्षीय जयप्रसाद गौतमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर छेउको खेलमा जोत्दै गरेको अवस्थामा चट्याङले लाग्दा गौतमको घटनास्थलमै ज्यान गएको थियो । जोतिएका हल गोरुलाई भनें केही नभएको झापा प्रहरीका प्रहरी नायव निरीक्षक विश्वमणि पोखरेलले बताए...

पेस्तोल सहित महिला पक्राउ

सिरहा । प्रहरीले सिरहा नगरपालिका २ बाट नलकटुवा पेस्तोलसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा हनुमाननगर प्रध घर भई हाल सिरहा नगरपालिका–२ स्थित भोलाप्रसाद यादवको घरमा डेरा गरी बस्दै आएकी अन्दाजी २५ वर्षीया आशादेवी मण्डल रहेकी छन् । विशेष सुराकीको आधारमा घरमा छापा मार्दा नलकटुवा पेस्तोल फेला परेपछि आशादेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिएका छन् ...

विदेशमा ३ को मृत्यु

दमक । वैदेशिक रोजगारीमा गएका झापा र सप्तरीका गरी पछिल्लोपटक ३ जनाको ज्यान गएको छ । साउदी अरवमा रोजगारीमा गएका झापा डाँगीबारी २ का दिलीप चौधरीको शव जिल्ला आइपुगेपछि विहीबार कन्काई नदीमा दाहसंस्कार गरिएको छ । २३ वर्षीय चौधरीको साउदीस्थित आफ्नै डेरामा डेढ महिना अघि संकास्पद अवस्थामा मृत भेटिएको दिलीपका आफन्त मन्ना शाहले जनाएका छन् । चौधरीका सिमन र सीमा २ छोरी, श्रीमति कुशुम, बाबु हल्दर र आमा फूलदेवी चौधरी रहेका छन् । त्यस्तै, रोजगारीका शिलशिलामा मलेशियामा रहेका सप्तरीका प्रभुकुमार यादवको मृत्यु भएको दुई दिन नबित्दै विहीबार फेरि भारदह गाविस–५...

ताप्लेजुङ पुगे डाक्टर केसी

ताप्लेजुङ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक तथा हाड जोर्नी विशेषज्ञ डा. गोविन्द केसी ताप्लेजुङको पहिरो पीडितको उपचारका लागि ताप्लेजुङ पुगेका छन् ।  गाउँ वस्तीका स्वास्थ्य समस्यामा विशेष चासो राख्ने केसी त्यहाँका विस्थापितहरुको स्वास्थ्य परीक्षण साथै विरामी परेका र घाइतेहरुको विहीबारबाट उपचार थालेका छन् । ‘यस क्षेत्रमा रोगको प्रकोप नफैलियोस् भनेर म आफैं आएर उपचारमा लागेको हुँ ।’– उनले भने । बुधबार साँझ ताप्लेजुङ आइपुगेका केसी विहीबार बिहानै पहिरोबाट बढि प्रभावित लिवाङ्...

लेटाङमा तालिम

पथरी । आदिवासी जनजाति समुदायहरुका लागि मोरङको लेटाङभोगटेनी नगरपालिकामा आधारभुत नेतृत्व तथा क्षमता विकास सम्बन्धि ३ दिने तालिम आजबाट सुरु भएको छ । योग्य जीवन र वातावरणका निम्ति प्रयास नेपालको आयोजनामा सुरु भएको तालिममा तालिमामा नेतृत्व तथा क्षमताको विकास, जैविक विविधताको संरक्षणलगायतका विषयमा जानकारी गराइएको छ । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङका अध्यक्ष अग्नी पौडेल, आदिवासी जनजाती महासंघ मोरङका पूर्व उपाध्यक्ष बेदेन्द्र श्रेष्ठ, नेपाली कांग्रेस लेटाङभोगटेनी नगर सचिव दीपक भण्डारी लगायतले बोलेका छन् । ओरेक नेपालकी कार्यक्रम अधिकृत...

लिम्बूवानको सदस्यता

दमक । संघीय लिम्बूवान पार्टीले विहीबार इलामको चुलाचुली १ मा क्रियाशिल सदस्यता वितरण गरेको छ । घुम्ती शिविरका रुपमा लिम्बुवानी सहिद राजकुमार आङ्देम्बेको निवासमा क्रियाशिल सदस्यता वितरण शुरु गरेको पार्टीका दिलकुमार लावतीले जनाए । पहिलो दिन १ सय जनाले क्रियाशिल सदस्यता लिएको उनले उल्लेख गरे । १ महिनासम्ममा अरुण सप्तकोशी पूर्वका ९ जिल्लामा सदस्यताको शिविर सञ्चालन गरिसक्ने पार्टीले जनाएको छ...

वर्षाले परियोजना रोकियो

पथरी । विराटनगरको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाको काम वर्षाका कारण रोकिएको छ । एशियाली विकास बैंकको ऋण सहयोगमा सुस्त गतिमा सञ्चालित परियोजना वर्षा लागेको भन्दै सञ्चालनमा रहेका ढल, सडक र नाला निर्माणको काम रोकिएको हो । लगातार पानी पर्न थालेकाले काम रोक्नु परेको परियोजना प्रमुख उपेन्द्रप्रसाद बरालले जनाए । इमरजेन्सी बाहेक परियोजनाका अन्य काम वर्षा लागेकाले रोकिएको उनले बताए । उनले रोकिएको काम बर्षापछि सुरु गरिने जानकारी दिए ...

जातिय विभेद र दाइजो विरुद्ध नाटक

दुधे । झापाको शिवसतासीस्थित राष्ट्रिय रमणीय आदर्श उच्च माध्यमिक विद्यालय दूधेका विद्यार्थीहरुले जातीय विभेद र दाइजो प्रथा विरुद्धको नाटक विद्यालयमा प्रस्तुत गरेका छन् । सामाजिक शिक्षाको विषयगत शिक्षणका क्रममा कक्षा ८ का विद्यार्थीहरुले जातीय विभेद र दाइजोका कारणले धेरै महिलाहरु घरेलु हिंसाको सिकार बन्नु परिरहेको कुरालाई नाटकको रुपमा प्रस्तुत गरेका छन् । नाटकबाट सामाजिक समस्या र त्यसको समाधानको उपाय खोजिएको विषय शिक्षक गोविन्द काफ्लेले जनाए । पाठका आधारमा विद्यार्थीहरुलाई दाइजो प्रथा, भ्रष्टचार, विदेश पलायन र लागु पदार्थ दूव्र्यसन गरी ४ भागमा...

असारभित्रै संविधान : भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाओवादीका नेता डा. बाबुराम भट्टराईले असार मसान्तभित्र संविधानसभाबाट नयाँ संविधान जारी हुने बताएका छन् ।  आफ्नो गुहजिल्ला गोरखा सदरमुकाममा विहीबार पत्रकारसँग कुराकानी गर्दै नेता भट्टराईले भने, ‘प्रमुख राजनीतिक दलहरूबीच संविधान निर्माणको विषयमा सहमति जुटेकाले धमाधम संविधान लेखनको काम अघि बढेको छ । छुटेका विषयहरू राजनीतिक तहमै सुल्झाउने हो ।’उनले भने ‘मस्यौदा समितिले टुङ्ग्याउने भन्ने होइन ।’  आन्दोलनकारी शक्तिहरूबीच संविधान निर्माण गर्ने सहमति भएकाले...

फोहोरको ब्यवस्थापनमा समस्या, दुुर्गन्धले महामारी फैलिने डर

दमक १२ मा थुपारिएको फोहोर – विमल लामिछाने दमक । दमक नगरपालिकाले तोकेको ठाउँमा फोहोर व्यवस्थापन हुन नसक्दा नगरवासी आक्रोशित हुन थालेका छन् । दमकलाई फोहोर मुक्त बनाउने भन्दै नगरपालिकाबाट दैनिक रुपमा उत्पादन हुने सबै किसिमका फोहोर मैलालाई स्रोतका रुपमा परिचालन गर्न र त्यसको व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारीको अवधारणा ल्याएको थियो । जस अन्तर्गत पाथ वे नेपाल प्रा.लि. जेभी इटहरी सुनसरीले २०७२ साल वैशाख १ गतेदेखि २०७६ साल चैत्र मसान्तसम्म जम्मा ५ वर्ष सञ्चालन गर्ने गरी सम्झौता गरेको थियो ।  पाथ...

उपभोक्ता समिति र प्रधानमन्त्रीबीच भेटबार्ता बहुबर्षिय योजनामा पार्ने प्रधानमन्त्रीको आश्वासन

दमक । प्रधानमन्त्री शुशील कोइरालाले निर्माणाधिन दमक चिसोपानी रवि सडक निर्माणमा सक्दो सहयोग गर्ने आश्वसन दिएका छन् । प्रधानमन्त्री कोइरालाले लामो समयसम्म सडक निर्माण हुन नसकेकोमा दुःख ब्यक्त गर्दै आउदो बर्ष बहुबर्षिय योजनामा पार्ने आश्वासन दिए ।   दमक चिसोपानी रबि सडक निर्माण उपभोक्ता समितिको टोलीलाई मंगलबार भेट गर्दै उनले आफू सडक निर्माणप्रति आफु गम्भिर रहेको भन्दै आगामी बर्ष बहुबर्षिय योजनामा पार्ने आश्वासन दिए । कोइरालाले सबै विभागहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सडक डिभिजन...

निर्माणाधिन योजनाको स्थलगत अनुगमन

दमक । जिल्ला विकास समिति (जिबिस) ले झापा क्षेत्र नं. ७ मा सञ्चालन भएका विभिन्न निर्माणाधिन योजनाहरुको मंगलवार स्थलगत अनुगमन गरेको छ । जिबिस झापा मार्फत आर्थिक वर्ष २०७१÷७२ मा यहाँ सञ्चालन भएका २० वटा योजनाको स्थालगत अनुगमन गरिएको हो । स्थानिय विकास अधिकारी ( एलडिओ) फडिन्द्र दाहालका अनुसार चालु आ.व.मा जनसहभागितामा आधारित १० वटा तथा निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रम अन्र्तगतका १० वटा गरि २० वटा योजनाहरु सञ्चालन भइरहेका छन् । जसको कार्य प्रगतिको अवस्था वारेमा नागरिक स्तरसम्म जानकारी गराउने उदेश्यले योजनाको अनुगमन गरिएको स्थानिय विकास अधिकारी...

तमोर बगरमा माछैमाछा, एउटै ८० किलोसम्म [ फिचर फोटो सहित ]

माछा मारेपछि बोकेर घर लाँदै स्थानिय धनकुटा । तीन दिनअघि अकस्मात आएको बाढीका कारण तमोर नदीमा ठूल्ठूला माछा फेला परेका छन् । उत्तरी जिल्लाहरुमा भएको भीषण वर्षापछि बाढी आएर नदि धमिलिएको थियो । त्यसक्रममा ठूल्ठूला आकारका माछा बगरसम्म लेदोमा बगेर आएका थिए । बगरमा छ्यापछ्याप्ती माछा आएको हल्ला फैलिएपछि आसपास गाउँ र धनकुटा सदरमुकामसम्मका बासिन्दा माछा संकलन गर्न पुगेका थिए । बूढीमोरङ, मूलघाट लगायत क्षेत्रमा पर्ने बगरमा माछा देखेपछि कोसी राजमार्गमा चल्ने सवारी साधनका कर्मचारी र यात्रु समेत माटा बटुल्न...

पूर्वाञ्चलमा एक लाख हेक्टर जमीन बाँझै

दमक । पूर्वाञ्चलमा ९ लाख ४५ हजार छ सय ५८ हेक्टर खेतीयोग्य जमिनमध्ये ८ लाख ४८ हजार ३ सय ५ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिएको छ ।  पूर्वाञ्चलका जिल्लामा १० प्रतिशतसम्म खेतीयोग्य जमिन बाँझै रहने गरेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ । खेतीप्रति मानिसहरुको विकर्षण बढेकाले खेतीयोग्य जमिन बाँझो हुने क्रम बढेको निर्देशनालयले उल्लेख गरेको छ । तथ्यांक अनुसार यो वर्ष तेह्रथुममा सबैभन्दा बढी १० प्रतिशत जमिन बाँझै छ । अन्नको भण्डारका रुपमा चिनिने पूर्वका झापा, मोरङ र सुनसरीमा पनि ४ देखि ६...

५० % शुल्क मिनाहा गर्न निर्देशन

काठमाण्डौ । भूकम्पका कारण बन्द रहेको एक महिनाको मासिक शुल्कमा ५० प्रतिशत छुट दिन  शिक्षा मन्त्रालयले नीजी विद्यालहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर यस्तो निर्देशन दिएको हो । मन्त्रालयको यो निर्देशनसँगै  आन्दोलन घोषणा गरेका १३ विद्यार्थी संगठनहरुले आन्दोलन फिर्ता लिएका छन् । यसअघि निजी विद्यालय सञ्चालकहरुले बिभिन्न शिर्षकहरुमा छुट दिने र त्यो छुट ५० प्रतिशत मिनाहा गरेको सरह हुने भन्दै आएका थिए । तर, विद्यार्थी नेताहरुले एक महिनाको शुल्क शतप्रतिशत मिनाहा गर्न माग गर्दै आएका थिए । यसअघि आइतबार बिहान  नै...

२३ जनाको शव अझै भेटिएन

ताप्लेजुङ । पश्चिमी ताप्लेजुङका विभिन्न गाँउ विकास समितिमा वुधवार राती गएको पहिरोमा पुरिएर हराईरहेका २३ जनाको शव अझै भेटिएको छैन । यद्वपी सुरक्षाकर्मी र स्थानीयले उनीहरुको खोजी कार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पहिरो प्रभावित मध्ये खोक्लिङ गाविसका २, थिङलावुका १, लिवाङका १५ र लिङतेपका ५ गरी २३ जना हराइरहेका छन् । स्थानीयले भने वेपत्ता सवैको मृत्यु भइसकेको दावी गर्दै आएका छन् । प्हिरो प्रभावित खोक्लिङ, लिङतेप, थिङलावु, लिवाङ, लिङतेप र सान्थाक्रा गाविसमा पहिरोमा...

सहमतिपछि दमकमा सरसफाई शुरु

सहमतिपछि दमकमा सरसफाई शुरु  दमक । फोहोर ब्यवस्थापन पक्ष र सरसफाई मजदुर बीच भएको विवाद मिलेपछि मजदुरहरु फोहोर संकलनको काममा फर्किएका छन् । सफाई मजदुर मुन्ना मल्लिकलाई १० दिन सम्म निलम्वन गर्ने सहमति भएपछि सफाई मजदुरहरु आइतवार दिउँसो ३ बजेबाट काममा फर्किएका हुन् । दमक नगरपालिकामा सफाई मजदुरको तर्फबाट अखिल नेपाल सरसफाई मजदुर संघको इकाई दमक अध्यक्ष कैलाश मल्लिक ,नगरपालिकाको वातावरण शाखा प्रमुख द्रोर्ण थापा, नेपाल ट्रेड युनियन महासंघ झापाकी अध्यक्ष सीता सापकोटा र पाथवे नेपाल दमककी प्रवन्धक निर्मला  चौधरी बीच भएको छलफलमा सहमति भएको हो ।...

कनकाईलाई सूचनाको हक मैत्री बनाउने प्रतिवद्धता

सुरुङ्गा ।  कनकाई नगरपालिकालाई सूचनाको हकमैत्री वनाउँ कनकाई नगरवासीका तर्फवाट नगर अधिकृतले प्रतिवद्वता जनाएका छन् ।  आइडिएफ नेपालको आयोजनामा आइतवार सुरुङ्गामा आयोजित सूचनाको हकमैत्री नगरपालिका निर्माणका लागि साझेदार सरोकारवालाहरुसँगको अभिमुखिकरण गोष्ठीमा अधिकृत सुनिल निरौलाले कनकाई नगरपालिकालाई सूचनाको हकको नमुना नगरपालिकाका रुपमा विकास गर्न हस्ताक्षर सहित प्रतिवद्धता जनाएका हुन् । स्थानीय संघसंस्था, राजनीतिक दल, संचारकर्मी, नागरीक समाज लगायतको सहकार्यमा आवश्यक पूर्वाधार सहित सूचना केन्द्र स्थापना गरी आगामी आर्थिक वर्षदेखि नमूना नगरपालिकाको...

कोशी ब्यारेजका २२ ढोका खुल्ला

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाब बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । सामान्य अवस्थामा प्रति सेकेण्ड ५० देखि ८० हजार क्युसेक पानीको बहाब रहने गरेकोमा शनिबार बेलुका ६ बजे १ लाख ९० हजार ३ सय ६५ क्युसेक प्रति सेकेण्ड पानीको बहाब मापन गरिएको छ ।  सप्तरी र सुनसरीमा वर्षा नभए पनि पहाडी जिल्लामा केही दिनदेखिको वर्षाका कारण कोशीमा पानीको सतह बढेको हुन सक्ने अनुमान गरिएको छ । पानीको सतह बढ्न थालेपछि कोशी व्यारेजको पूर्वी र पश्चिमी प्रवेशद्धारमा सुरक्षाकर्मीले पालैपालो गरी यातायातका...

ताप्लेजुङमा फेरि अर्को पहिरो, मेची राजमार्गमा यातायात ठप्प

ताप्लेजुङ / बुधबार झरेको पहिरोमा परेकाको उद्वार गरिनसक्दै  ताप्लेजुङमा फेरि अर्को पहिरो गएको छ । पश्चिमी क्षेत्रमा पहिरोले वितन्डा मच्चाए लगत्तै शुक्रबार राति पुर्वी क्षेत्रमा शुक्रबार राति पहिरो गएको हो । पहिरोले सबैभन्दा बढी सुरुम्खिम र खेवाङ, पेदाङ र याम्फुदिन लगायतका गाविसमा क्षति पुर्याएको स्थानीय बासिन्दाले बताएका छन् । शुक्रबार दिनभर अवरुद्ध मेची राजमार्गमा शनिबार बिहानै पहिरो खसेपछि यातायात साधन गुड्न सकेका छैनन् । ताप्लेजुङको खोक्सेखोला र कावेलीमा पहिरो खसेर बाटो अवरुद्ध भएपछि...

पावर शेयरिङमा सैद्धान्तिक सहमति, विरोध गर्नेहरू संघियता र गणतन्त्र विरोधी

मोरङ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चारदलबीच सहमतिसँगै संबिधान घोषणापछि बन्ने सरकार र पावर सेयरिङका विषयमा सैद्धान्तिक सहमति भएको दाबी गरेका छन् । उनले काँग्रेस, एमालेमध्ये एकले सरकारको नेतृत्व र अर्कोले राष्ट्रपति पाउने तथा एमाओवादी र आप्mनो दलले सभामुख र उपराष्ट्रपति पाउने सैद्धान्तिक सहमति भईसकेको खुलाए । यद्धपी आफनो दलको कुनै दावी भने नरहेको उनले स्पष्ट पारे । शनिवार बिराटनगर बिमानस्थलमा कुरा गर्दै गच्छदारले संबिधान घोषणा पछि बलियो राष्ट्रिय सरकार आबश्यक...

शुल्क मिनाहा नभए आमहड्ताल गर्ने चेतावनी

काठमाडौ । भूकम्पको त्रासले पढाई नभएको एक महिनाको शुल्क मिनाहाको माग सुनुवाई नभएपछि विद्यार्थी संगठनहरुले थप दबाबको कार्यक्रम अघि सारेका छन् । नेबिसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, मधेश विद्यार्थी फोरम लोकतान्त्रिक, तराई मधेश विद्यार्थी फन्ट लगायत १३ विद्यार्थी संगठनले एक महिनाको शुल्क मिनाको माग राख्दै शिक्षा मन्त्रालय, विभाग र निजी विद्यालयलाई दबाब दिदै आएको थियो । विद्यार्थी संगठनहरुले शनिबार पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो । त्यसमा आफनो माग पुरा गराउन आइतबार प्रधानमन्त्रीलाई भेट्ने, निजी विद्यालयका सञ्चालक र शिक्षा...

चीन सक्दो सहयोग गर्न तयार छ: चिनियाँ उपराष्ट्रपति

कुनमिङ । चीनका उपराष्ट्रपति लि युआन छाउले भूकम्पबाट ठूलो जनधनको क्षति भएको छिमेकी नेपाललाई पुनर्निर्माणका लागि सहयोग गर्न आफ्नो देश कहिल्यै पछि नहट्ने बताएका छन् । नेपालले पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन आगामी असार १० मा आयोजना गर्न लागेको दाता सम्मेलनमा चीनबाट उच्चस्तरीय सहभागिता रहने उल्लेख गर्दै छाउले प्राकृतिक प्रकोपको चपेटामा परेको नेपाललाई असल छिमेकीको नाताले आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विनाशकारी भुकम्प, त्यसपछि आएका पहिरोलगायतको समस्यासित जुधिरहेको नेपालका भूकम्पबाट क्षतिग्रस्त पुराना सम्पदा र...