केर्खामा कन्सर्ट हुने

केर्खा, चैत्र २/झापाको तोपगाछीस्थित केर्खामा आगामी आइतबार लाइभ कन्सर्ट हुने भएको छ ।
केर्खास्थित न्यू स्टार क्लबको आयोजना रहने सो कन्सर्टमा नेपालकै चर्चित द एज ब्याण्डले एकल प्रस्तुती गर्ने कन्सर्टका संयोजक गोपाल साम्राले जानकारी दिए ।
गत पौष महिनामा केर्खामा आयोजना गरिएको प्रथम ऐतिहासिक तोपगाछी महोत्सवमा नोक्सानी व्यहोर्नुपरेकाले सोका लागि सहयोगार्त कन्सर्ट आयोजना गर्न लागिएको संयोजक साम्राले बताए । कन्सर्टमा २ लाख ५० हजार रुपैयाँ खर्च हुने तथा ५ हजार दर्शकले टिकट काटेर कन्सर्ट हेर्ने आयोजकको दाबी छ ।
केर्खास्थित शहिद धर्मभक्त उच्च मा.वि.को प्राङ्गणमा हुने सो कन्सर्टका लागि १ सय रुपैयाँ टिकट दर कायम गरिएको बताइएको छ ।

0 प्रतिकृया:

Post a Comment