श्रीमतिको हत्या

शिवगञ्ज, चैत्र २/ झापाको महाभारा–७ मा एक व्यक्तिले मादक पदार्थ सेवनगरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सो ठाउँका ३५ वर्षीय हल्दि मर्डी (सन्थाल) ले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा ३० वर्षीया ऋषीदेव मर्डीको मृत्यु भएको हो । गत फागुन २५ गते पारिवारीक विवादमा श्रीमानको कुटपिटबाट गम्भिर घाईते भएकी ऋषीदेवको उपचार अभावमा घरैमा मंगलबार मृत्यु
भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
प्रहरीेले ऋषीदेवका श्रीमान हल्दिलाई बुधबार नै नियन्त्रणमा लिएको जनाइएको छ ।

0 प्रतिकृया:

Post a Comment