राज्यमन्त्रीद्वारा भवन उद्घाटन

लखनपुर, चैत्र २/झापाको लखनपुर–८ स्थित सरस्वती माविको नवनिर्मित भवनको शिक्षा राज्यमन्त्री लिला भण्डारीले उद्घाटन गरेकी छन् ।
शिक्षा राज्यमन्त्री लीला भण्डारीलाई दमक बहुमु्खी क्याम्पसमा स्वागत गरिँदै ।

बिभिन्न निकायको सहयोगमा निर्मित भवनको उनले बुधबार उद्घाटन गरेकी हुन् । भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले ६ लाख ५० हजार, जिल्ला विकास समितिले ३ लाख, गाविसले ८० हजार, दश विद्यालय भौतिक निर्माण तथा सहयोग समितिले १ लाख रुपैयाँ सहयोग गरेका छन् । यस्तै सो भवनका लागि  विद्यालयको आन्तरीक श्रोतबाट ६ लाख १२ हजार ५ सय ४० रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढलकबहादुर पन्तको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराई, झापाका स्थानीय विकास अधिकारी जीवनप्रकाश सिटौला र अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष सीताराम अधिकारीलाई सम्मान गरियो ।
सोहि कार्यक्रममा लखनपुर–६ की लीलादेवी श्रेष्ठले आफ्ना दिवङ्गत छोरा धनप्रसाद श्रेष्ठको स्मृतिमा स्थापित अक्षयकोषको ५० हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद सेँडाईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विद्यार्थीहरुले बिभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
त्यसअघि राज्यमन्त्री भण्डारीले आफैले पढाउने बिद्यालयको शिक्षा प्रति शिक्षकहरु विश्वस्त नभएका कारण शैक्षिक सुधारमा समस्या आएको बताएकी थिइन् ।
शैक्षिक गणतान्त्रिक मञ्चले दमकमा आयोजना गरेको अन्तकृयामा राज्यमन्त्री भण्डारीले त्यस्तो बताएकी हुन् । उनले सामुदायीक बिद्यालयका स्थाई शिक्षकहरु काम भन्दा बढी राजनीतिक गर्ने गरेका कारण शैक्षिक अवस्था बिग्रिएको दाबी गरिन् ।
सरकारले निजी बिद्यालय सञ्चालनको अनुमति नदिने र सामुदायिक बिद्यालयहरुको बिकास गर्दै लैजाने नीति बन्ने तयारीमा रहेको समेत जानकारी दिइन् । कार्यक्रम मञ्चका जिल्ला अध्यक्ष सिताराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसै गरी दमक बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा राज्य मन्त्री भण्डारी सहभागी भइन् । उनले लामो समयदेखि सामुदायीक क्याम्पसको रुपमा रहेको दमक क्याम्पसलाई आंगीक बनाउने पहल गर्ने आश्वासन दिइन् ।
क्याम्पस सञ्चालक समितिले आयोजना गरेको स्वागत कार्यक्रममा पब्लिक क्याम्पस प्राध्यापक संघ दमक, अखिल क्रान्तिकारी लगायतले दमक क्याम्पसलाई आंगीक बनाउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
.फोटो ः दमक बहुमुखी क्याम्पसमा राज्य मन्त्री भण्डारीलाई स्वागत गरिदै ।ं

0 प्रतिकृया:

Post a Comment