प्रजातन्त्रका सेनानीको निधन

गौरादह, चैत्र २/प्रजातन्त्रका सेनानी गौरादह ९ निवासी कृष्णप्रसाद घिमिरेको निधन भएको छ ।
मंगलबार साँझ पौने ७ बजे काठमाडौमा उपचारकै क्रममा निधन भएका घिमिरेको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको जनाइएको छ । ८५ वर्षीय घिमिरे मधुमेह रोगबाट पीडित थिए । उनको अन्त्येष्टीमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला सहित राजनीतिक नेता कार्यकर्ता सामाजिक तथा शैक्षिक व्यक्तित्वहरु लगायत सहभागी थिए ।
स्वर्गीय घिमिरेका श्रीमती, छोरा डा. हरि घिमिरे, छोरीहरु इन्दिरा, भुपा र सीता रहेका पार्टी स्रोतले जनाएको छ । उनको निधनमा बुधबार गौरादहमा नेपाली कांग्रेस गाउँ समितिले स्वर्गीय
घिमिरेको तस्वीर राखेर श्रद्धाञ्जलि कार्यक्रम समेत गरेको नेपाल शिक्षक संघका जिल्ला सदस्य बद्री कार्कीले जानकारी दिए । सो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य यादवराज सेढाईले स्वर्गीय घिमिरेको व्यक्तित्वबारे चर्चा गरेका थिए । पार्टी गाउँ सभापति हेमन्त कार्कीले स्वर्गीय घिमिरेको स्मृतिमा विभिन्न कार्यक्रम गरिने बताएका छन् ।
स्वर्गीय घिमिरे २००७ सालको क्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रहको आन्दोलनमा उल्लेख्य योगदान रहेको नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका सो क्षेत्रका रोहितकुमार शाहले बताए । उनी २०४६ साल फागुन १ गते गौरादहबाट पक्राउ समेत परेका थिए ।

0 प्रतिकृया:

Post a Comment