नेपालको दोस्रो जित – खेल समाचार

दमक, चैत्र २/ नेपालले डेनमार्कलाई ९ विकेटले हराएर बुधबार आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित हात पारेको छ ।
डेनमार्कले दिएको ८३ रनको विजयी लक्ष्य नेपालले ४४ बल बाँकी छँदै पार ग¥यो । दुबईको आइसीसी ग्लोवल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाललका लागि प्रदीप ऐरिले सर्वाधिक ६५ रन बनाएका थिए भने शरद भेष्वाकरले १३ रन जोडे । उनीहरुले दोस्रो विकेटका लागि नट आउट ७८ रनको साझेदारी गरेका थिए । ओपनर ब्याट्स् म्यान परेश लोहनी ३ रन बनाएर पवेलियन फर्केका थिए ।
यसअघि नेपालको सानदार प्रदर्शनमा ह्याट्रिक गरेका शक्ति गौचनले चार विकेट लिएका थिए  । त्यसैले डेनमार्कले १९ ओभरमा अलआउट हँदै  ८२ रन मात्र बनाएको थियो ।  नेपाली बलर पृथु बाँस्कोटाले २ तथा सञ्जम रेग्मी र वसन्त रेग्मीले पनि १र१ विकेट लिएका थिए । दुई डेनिस ब्याट्स म्यानलाई नेपालले रन आउट गरेको थियो ।

0 प्रतिकृया:

Post a Comment