बेमौसमको शिक्षक आन्दोलन – खुल्ला आकाश

शिव अधिकारी
पटके आन्दोलन गर्दै आएका शिÔकहरुले फागुन २८ गते चाहिं अति नै गरे । आङ्खनै विद्यार्थीलाई वार्Èिक परीÔा दिनबाट समेत बञ्चित गरेर उनीहरुले शिÔासेवी भएको ‘काइते’ व्यबहार प्रस्तुत गरे । कÔा ८ को जिल्लास्तरीय परीÔा शुरु भएकै दिन शिÔकहरुले शैÔिक आमहड्तालको कार्यक्रम घोÈण्ाँ गरे । विद्यार्थीहरु भने परीÔाको सम्पूणर््ँ तयारी गरेर विद्यालय गए । शिÔकले बन्द गराएका विद्यालयको खाली कोठालाई नियाल्दै निन्याउरो अनुहार बनाएर घर फर्किए । सम्भवतः विद्यार्थीको वार्Èिक परीÔाकै दिन शिÔकहरुले स्कूल बन्द गराएको यो पहिलो घटना हो । वाह, नेपाली शिÔासेवी मान्नुपर्छ तपाईंहरुलाई ।
यो त एउटा नमुना मात्रै हो, कÔा ८ को जिल्लास्तरीय परीÔाको प्रसङ्ग । हाम्रा शिÔकहरुले शैÔिकसत्रको अन्त्य हुने समयमा पटक–पटक गर्दै आएको आन्दोलनले देशभरका ७५ लाख विद्यार्थीको भविष्यमाथि नै ठाडै धावा बोलिरहेको छ । शिÔक आफैं विद्यालय बन्द गरेर, शनिबारको दिन विद्यार्थीलाई पढाएर, गजब–गजबको आन्दोलन गर्छन् । अनि विद्यार्थीले के सिक्छन् ? विद्यार्थीको बालमस्तिष्कमा शिÔकहरुको उक्त हरकतको कस्तो असर पर्छ ? विद्यार्थीको बालमनोविज्ञानले शिÔकहरुको उक्त लाचारीपूणर््ँ कदमलाई कसरी बुझ्छन् ? यसको जवाफ शिÔकहरुस“ग छ ? ‘आफैले जन्माएको बच्चालाई विÈ पिलाउने आमा’को झैं व्यवहार गरेका होइनन्, शिÔकहरुले विद्याथीको वार्Èिक परीÔाकै दिन स्कुलमा तालाबन्दी गरेर ?
शिÔकहरु धर्नामा बस्छन्, नाराबाजी गर्छन्, पुलिसको लाठी खान्छन्, जेल पर्छन् । र, पुनः बाहिर निस्केर आन्दोलन गर्न थाल्छन् । कस्तो विडम्बना ? स्कुलमा हुनुपर्ने शिÔक जेलमा–विद्यालयमा बसेर पढ्नुपर्ने विद्यार्थी घरमा । हो, पछिल्लो केही समयको नेपालको शैÔिकÔेत्रको यथार्थ चित्रण्ँ यही हो । अनि, भनिदिनुस् गुरुहरु–विद्यार्थीहरुले सिक्ने चाहिा के हो ? भोलिको समाज हा“क्ने आजका विद्यार्थीले आर्जन गरेको त्यस्तो ज्ञानले भोलिको कस्तो समाजको मार्गरेखा कोरिरहेछ ? आङ्खना माग पूरा गर्न डाक्टरहरु आन्दोलन गर्छन्, इन्जिनियरहरु आन्दोलन गर्छन् । वकिल, निजामती कर्मचारी सबै बन्द, हड्ताल र आन्दोलन गर्छन् । नगरुन् पनि किन ? शिÔकहरु नै विद्यार्थीहरुलाई आन्दोलन गर्न सिकाउ“छन् । त्यही शिÔकले पढाएका विद्यार्थीहरु त हुन्, ती डाक्टर, इन्जिनियरहरु । अनि, आन्दोलन नगरेर के गर्छन् ? जे सिक्छन्, त्यही गर्छन् । उखानै त छ– ‘जैसा गुरु–वैसा चेला¬¬.।’
होलान्, शिÔकहरु मर्कामा परेका छन् । शिÔकहरुको माग जायज होला । तर, ४७ सूत्रीय माग पूरा गर्न ७५ लाख विद्यार्थीको भविष्यलाई च्यााखे थाप्ने शिÔकहरुको कार्य भने एकदमै अशोभनीय छ । त्यति मात्रै हो र ? अझ प्रवेशिका परीÔा (एसएलसी) नै बिथोल्ने चेतावनी दिने शिÔकहरुको कुरा सुन्दा आफैंले जन्माएको बच्चालाई १० वर्Èको उमेर भएपछि घा“टी निमोठ्ने आमाको कर्तुत भन्दा कम लाग्दैन ।  कस्तो नालायकीपन ?
जे होस्, आइतबारकै दिन शिÔकहरुले सरकारस“गको बार्तापछि ५ दिनको लागि आन्दोलन स्थगन गरेका छन् । सोमबारबाटै देशभरका विद्यालयहरु पुनः सुचारु भएका छन् । यो क्रम अब शिÔकहरुकै कारण्ँ फेरि भंग नबनोस् । र, सरकार अनि शिÔकहरु विद्यार्थीको भविष्यप्रति गम्भीर बनोस् । अभिभावकले पनि आङ्खना बालबालिकाहरुलाई आन्दोलनकारीकोमा नभई शिÔाको मन्दिरमा शिÔा आर्जन गर्न पठाएको आभास गर्न सकुन् । विद्यालय शान्तिÔेत्र बनोस्, शिÔकहरु शान्तिका रÔक बनुन्, ज्ञानको दूत बनुन् । अस्तु ।

0 प्रतिकृया:

Post a Comment