हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

12

‘धरासयी बन्दै इलम प्रशिक्षण केन्द्र’

विष्णु सुब्बा दमक, १२ साउन/दमकको इलम प्रशिक्षण केन्द्र धरासयी बन्दै गएको छ । सम्झौता अनुसारको सहयोग नपाएपछि पूर्वकै ट्रेड स्कूलको रुपमा स्थापित हुने लक्ष्य बोकेको केन्द्र दिनानुदिन नाजुक बन्दै गएको हो । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) को संयुक्त लगानीमा दमक सहित देशभर खुलिएका १० ओटा त्यस्ता ट्रेड स्कूलहरू अधिकांश बन्द हुने अवस्थामा छन् । २०६१ सालमा पहिलो चरणमा पाँचै ओटै विकास क्षेत्रहरूमध्ये दमक, नुवाकोट, कञ्चनपुर, सुर्खेत, नवलपरासीमा...

एमाओवादी नेताको सम्पत्ति छानविन सुरु

काठमाडौं, १२ साउन/एमाओवादीका नेताहरूको सम्पत्ति छानविन गर्न गठित आयोगले आफ्नो काम थालेको छ । आयोगले साउन ११ देखि १७ गते भित्र उजुरीहरू पठाउन सार्वजनिक आह्वान समेत गरेको छ । पार्टी भित्र आर्थिक अनियमितता, भ्रष्टचार बढेकाले छानविनका लागि सातौं विस्तारित बैठकबाट आयोग गठन गरिएको थियो । बिहीबार पत्रकार सम्मेलन गरी आयोगका संयोजक अमिक शेरचनले उजुरी गर्नेको नाम गोप्य राखिने बताए । उनले अध्यक्ष पुष्पकमल दाहालमाथि पनि छानविन हुनसक्ने जानकारी दिए । केन्द्रबाट सुरु हुने सम्पत्ति छानविनको अभियान जिल्ला तहमा पुग्ने बताए...

उद्योगमा आगलागी, ५० लाखको क्षति

सुनसरी, १२ साउन/सुनसरी इटहरीस्थित ओभनफ्रेस विस्कुट उद्योगमा बिहीबार आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बुधबार राति साढे १० बजे विजुली सर्ट भई एकाएक आगलागी सुरु भएको थियो । आगलागीबाट विस्कुट प्याकिङ् गर्ने मेसिन सहितका उपकरणमा क्षति पुगेको छ । उत्पादित विस्कुट र अन्य खाद्य सामग्री समेत नष्ट भएको तर, मानवीय क्षति भने नभएको उद्योगका सञ्चालक निर्मल रिजालले  जानकारी दिए । २ घण्टासम्म भएको आगलागी नियन्त्रणका लागि प्रहरी, इटहरीको दमकल, मजदुर र स्थानीय वासिन्दा परिचालन गरिएका थिए...

पत्रकार नेतिमाथि दुर्ब्यव‌हार‌

दमक, १२ साउन/होटलको भान्सामा रहेको फोहोरको विषयमा भिडियो समाचार बनाउदै गर्दा हिमशिखर र न्यूज २४ टेलिभिजनका सम्वाददाता टीकाराम नेतिमाथि होटल सञ्चालक पक्षले दुर्ब्यव‌हार‌ गरेका छन् । बिर्तामोडस्थित कलकता मिष्ठान भण्डारका सञ्चालकले आफूलाई समाचारका लागि भिडियो खिच्ने क्रममा नचिनेका मान्छेको समूह प्रयोग गरी दुव्यवहार गरेको पत्रकार नेतिले बताए । उनले भने –‘मैले होटलको भान्सामा रहेको फोहरका बारे भिडियो खिचेर बाहिर रहेको बोर्ड खिच्दै गर्दा एक्कासी १०–१२ जनाको हूल आएर हातपात गर्न खोजे । ’ यसैबीच नेपाल पत्रकार...

आसामको जातीय हिंसामा ४१ को मृत्यु, २ लाख विस्थापित

एजेन्सी, १२ साउन/भारतको असम राज्यको कोक्राझार जिल्लामा भड्किएको जातीय हिंसाका कारण अहिलेसम्म ४१ जनाको ज्यान गइसकेको छ । हिंसाका कारण करिव २ लाख व्यक्ति विस्थापित भएर विभिन्न शिविरमा पुगेका छन् भने हजारौं हजार नागरिक घर छाडेर भागेका छन् । हिंसा प्रभावित जिल्लामा थुप्रै शरणार्थी शिविर बनाइएका छन् । स्थिति नियन्त्रण बाहिर जान थालेपछि केन्द्र सरकारले घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्रेर कार्बाही थाल्न राज्य सरकारलाई निर्देशन दिएको छ । राज्य सरकारले पनि हिंसा फैलाउन खोज्ने जोसुकैलाई गोली हान्नेसम्मको...

सिडीफोर सेवा सहज बनाउन माग

दमक, १२ साउन/एचआइभी र एड्सबाट संक्रमितहरूका लागि भाइरल लोड नाप्ने प्रविधि सेवा (सिडीफोर) धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेकका अन्य अस्पतालहरूमा सो प्रविधि नहुँदा सयौँ सेवाग्राही सेवा लिनबाट वञ्चित भएका छन् । प्रतिष्ठानका मात्र सीमित रहेको सो प्रविधि अन्यत्र नभएपछि पूर्वका सयौँ एचआइभी र एड्स संक्रमितहरूले सो सेवा लिन सास्ती खेप्नु परेको गुनासा गरेको छन् । दमकका एक संक्रमितले भने–‘प्रतिष्ठानमा सेवा सहज हुन नसक्दा त्यस्ता सेवा लिन सस्या बन्दै गएको छ । ’ संक्रमितहरूमा भाइरलको अवस्था थाहा पाउन गरिने सो सेवा प्रतिष्ठानले हप्तामा बुधबारका...

बैंकको ब्याजदर घटाउन दबाव

काठमाडौं, १२ साउन/नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरूले लिँदै आएको ब्याजदर घटाउन अप्रत्यक्ष दबाव दिएको छ । बुधबार सार्वजनिक मौद्रिक नीति अनुसार बैंक वित्तीय संस्थाले कर्जाको आधार ब्याजदर (बेस रेट) सार्वजनिक गर्नुपर्ने र सोही आधारमा ब्याजदर निर्धारण गर्नुपर्ने छ । आधार दरको निश्चित प्रतिशत भन्दा बढी कर्जाको ब्याजदर तोक्न नपाइने गरी मौद्रिक नीति अनुसार नै केन्द्रीय बैंकले निर्देशन जारी गर्ने छ । ‘बैंक वित्तीय संस्थालाई कर्जा लगानीमा पारदर्शी बनाउन नियमित रूपमा आधार ब्याजदर प्रकाशन गर्नुपर्ने छ’, नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर...

होमियोपैथिक चिकित्सालाई मान्यता

विराटनगर, १२ साउन/भारत सरकारले नेपालमा अध्ययन हुने होमियोपैथिक चिकित्सा पद्धतिलाई मान्यता प्रदान गरेको छ । नेपाल होमियोपैथिक चिकित्सक संघ केन्द्रीय कार्यालय विराटनगरको विशेष पहलमा भारतले उक्त मान्यता प्रदान गरेको हो । भारत सरकारको सेन्ट्रल काउन्सिल अफ होमियोपैथिकले नेपालको पूर्वाञ्चल विश्वविद्यालय विराटनगरको स्नातक स्तरको ब्याचलर अफ होमियोपैथिक मेडिसिन एण्ड सर्जरी (बिएचएमएस), होमियोपैथिक उपाधिलाई स्नातक स्तरको मान्यता प्रदान गरेको संघले जनाएको छ । उपरोक्त मान्यताका सम्बन्धमा भारत सरकारले पूर्वाञ्चल विश्वविद्यालयले तयार पारेको स्नातक स्तरको पाठ्यक्रमलाई...

सूर्ति नियन्त्रणका लागि अनुगमन

इलाम, १२ साउन/सुर्तिजन्य वस्तु नियन्त्रणका लागि जिल्ला सञ्जाल इलाम अन्तर्गतको अनुगमन समितिले विशेष अनुगमन शुरू गरेको छ । जिल्लास्थित वाच–वाच ग्रुपको अग्रसरतामा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, नेपाल पत्रकार महासंघ, जिल्ला प्रशासन लगायतको संयुक्त टोलीले अनुगमन शुरू गरेको हो । कायम मुकायम प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेको नेतृत्वमा रहेको अनुगमन टोलीले अनुगमनका क्रममा सदरमुकामका ५० वटा पसलहरूबाट खैनी, सुर्ती, गुट्खा, मधु, चुरोट लगायतका सामग्री बरामद गरेको छ । ती पसलबाट तीन बोरा सुर्तीजन्य...

जथाभावी सिसा प्mयाँक्दा सास्ती

उर्लाबारी, १२ साउन ÷पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी–आइतबारे खण्डमा जथाभावी रुपमा सिसा फालिएपछि सर्वसाधारण जनतालाई हिँड्न समस्या भएको छ । सिसा पसलेहरूले जथाभावी सडकमा सिसा फ्याँक्दा सडकमा हिड्ने सर्वसाधारण तथा आसपासका स्थानीयबासीलाई समस्या सृजना भएको स्थानीय सुरेश पोखरेलले जानकारी दिए । उक्त सडक खण्डमा दर्जनौ बोरा सिसा सडकको किनारामा फ्याँकिएको भएपनि सम्बिन्धत निकायले चासो नदिएको पोख्रेलले गुनासो पोखे । जथाभाबी सिसा फ्याकने विरुद्ध स्थानीयवासीहरूले पहिचान गरी कार्बाहीका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी हाल्ने तयारी...

धनकुटामा १८ सामुदायिक अध्ययन केन्द्र

धनकुटा, १२ साउन/धनकुटा जिल्लामा अहिले १८ ओटा सामुदायिक अध्ययन केन्द्रहरू सञ्चालनमा रहेका छन् । समुदायका मानिसहरूलाई आवश्यक ज्ञान र सीप सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले जिल्ला शिक्षा कार्यालय धनकुटामा दर्ता भइ ती सामुदायिक अध्ययन केन्द्रहरू सञ्चालनमा रहेका छन्् । समुदायको विकासको लागि समुदायबाटै स्थापना गरी सञ्चालन र व्यवस्थापन गर्ने अवधारणा अनुरुप प्रत्येक वर्ष सामुदायिक अध्ययन केन्द्रहरूको स्थापना गर्ने कार्य भैरहेको विद्यालय निरीक्षक शिवप्रसाद घिमिरेले जानकारी दिए । अध्ययन केन्द्र सञ्चालनका लागि जिल्ला शिक्षा कार्यलयबाट वार्षिक ५० हजार रुपैयाँका...

युवा क्लव गठन

दमक, १२ साउन/वातावरण, समाज सुधार, संस्कृति, खेलकुद, सामाजिक एकता र विद्यालय विकासका लागि दमक–९ मा वडा स्तरीय एकता युवा क्लव गठन भएको छ । मणिराज धिमालको अध्यक्षतामा गयठत ९ सदस्यीय समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः असिम राई, प्रेम चापागाईँ, जीवन सापकोटा, सोमबहादुर धिमाल छन् । त्यस्तै सदस्यहरूमा अधिराज राई, राम सिवा, शान्ता धिमाल र अनुषा धिमाल चयन भएका छन् । क्लवको संरक्षकहरूमा क्रमशः केन्द्रबहादुर प्रसाई, नरपति पाण्डे, कर्णबहादुर लामा, बाबुराम घिमिरे, दूर्गाबहादुर धिमाल, अशोक श्रेष्ठ, दीपलाल धिमाल, भविराज धिमाल, सुस्मा धिमाल...

सुधार गृहमा निःशुल्क स्वास्थ्य शिविर

उर्लाबारी, १२ साउन/लागू औषध प्रयोगकर्ताहरूको उपचार गर्दै आएको विराटनगरमा रहेको न्यू लाईफ फेलोसिप सुधार गृहले विराटनगरमा पहिलो पटक विहिबार एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । श्री हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरमा डाक्टर दिनेश न्यौपाने र स्त्री रोग विशेषज्ञ डाक्टर प्रेरणा दाहाल नेत्रृत्वको स्वास्थ्यकर्मी टोलिले स्वास्थ्य परीक्षण गर्नुका साथै विरामीको उपचार गरेर निःशुल्क औषधि वितरण गरेको हो । मोरङका जनस्वास्थ्य प्रमुख नवराज सुब्बाले लुकेर बसेका बिरामीहरूले समेत शिविरमा आएर आफ्नो रोग प्रष्फुटन...

उर्लाबारीमा फेरि फेरिए निरीक्षक

उर्लाबारी, १२ साउन/स्थानीय स्तरमा राजनीतिक दलहरूका बीच सृजना हुने द्वन्द्व र तनावका कारण मोरङको उर्लाबारीमा पटक–पटक प्रहरी निरीक्षक परिर्वतन भइरहेका छन् । यसैसाता मात्र इलाका प्रहरी कार्यालय उर्लाबारीमा प्रहरी निरीक्षक ढुण्डीराज न्यौपाने जिम्मेवारी सम्हाल्न आइपुगेका छन् । पछिल्लो समय १ महिनाको अवधिमा ४ प्रहरी निरीक्षक उर्लाबारी आइपुगेका हुन् । एक महिनाको अवधिमा इप्रका उर्लाबारीमा प्रहरी निरीक्षक सुनिल दाहाल, कमल खत्री आए र तुरुन्त सरुवा भए भने र इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक गोपाल धमलाले काजमा आई जिम्मेवारी सम्हालेका हुन् । काजमा...

राजनीतिक सुधारको खाँचो

झापा जिल्लाका क्रियाशील राजनीतिक दलहरु तथा सामाजिक संघसंस्थाका अगुवाहरुले दिगो शान्ति स्थापना र द्वन्द्व न्यूनीकरणका लागि सबै पक्षको पहिचान सुनिश्चितता सहितको संविधान आवश्यक रहेको औल्याएका छन् । बुधबार झापाको दमकमा सम्पन्न ‘दिगो शान्ति स्थापनाका लागि गोलमेच सम्वाद’ कार्यक्रमका सहभागीहरुले आ–आफ्ना दलगत र संस्थागत विचार प्रस्तुत गर्नेक्रममा विभिन्न खाने धारणाहरु राखे । समग्रमा उनीहरुको धारणाको सार भन्नु सबैको पहिचान र आत्मसम्मान सहितको भेद्भाव रहित समाज र राज्य निर्माण हुनुपर्दछ भन्ने नै थियो । अर्थात् फेरि पनि मुलुकमा जुनसुकै नाउँमा जो कसैलाई विभेद्...

‘विद्युत चुहावटमा सुधार आउँदै’

विष्णु सुब्बा दमक, १० साउन/बढ्दो विद्युत चुहावट नियन्त्रण गर्न नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रले गस्ती परिचालन गरेपछि चुहावटमा कमी आउन थालेको छ । सिल खोलिएको अवस्थामा प्राधिकरणको गस्ती टोलीले फेला पारेको मिटर बक्स । फोटो : पिपुल्स टाइम्स चुहावट क्षेत्रहरूमा केन्द्रले जनपथ र सशस्त्र प्रहरीको सहयोगमा उपभोक्ता सहितको संयुक्त गस्ती टोली बनार्य अभियान बढाइएपछि ३६ प्रतिशत भइरहेको चुहावट आर्थिक वर्ष २०६८÷६९ मा २७ प्रतिशतमा झरेको छ । केन्द्रका प्रमुख सन्तोष कुमारका अनुसार गस्ती अभियान प्रभावकारी...

सरकार बन्ने भए मात्र उम्मेद्वार सार्वजनिक

काठमाडौं, १० साउन/कांग्रेस एमाले नयाँ सरकार बन्ने टुङ्गो नहुँदासम्म नयाँ प्रधानमन्त्रीको उम्मेद्वार को भन्ने सार्वजनिक नगर्ने सहमति गरेका छन्। सरकार बन्ने टुङ्गो नभई प्रधानमन्त्रीको उम्मेद्वार तोक्नु ठीक नहुने भन्दै यस विषयमा सार्वजनिक टिकाटिप्पणी पनि नगर्ने निष्कर्ष निकालेका छन् । केही दिन यता एमाले नेताहरूले कांग्रेसले उम्मेद्वार तय नगर्दा समस्या भएको उल्लेख गर्दै आँट नगर्ने हो भने एमालेले विकल्प दिने धारणा सार्वजनिक गरेका थिए । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र केपी ओलीले...

सिफारिस कार्यान्वयन गर्न ध्यानाकर्षण

काठमाडौं, १० साउन/राष्ट्रिय मानवअधिकार आयोगले आयोगका सिफारिस पुरै कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरएको छ । आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले सरकारका मूख्य सचिव माधव घिमिरेलाई भेटेर मंगलबार सरकारको ध्यानाकर्षण गराएका हुन् । भेटमा उपाध्यायले मुद्दा फिर्ता, दण्डहीनता, आयोगको संस्थागत विकास बारे पनि ध्यानाकर्षण गराएका थिए । मानव अधिकार उल्लंघनका सम्बन्धमा आयोगले गरेका सिफारिश आंशिक रुपमा मात्र कार्यान्वयन भएको भन्दै अध्यष उपाध्यायले सिफारिस कार्यान्वयन गर्ने दिशामा सरकार असल मनशायले क्रियाशील हुनुपर्नेमा जोड दिए । भेटमा मुख्य सचिव घिमिरेले...

पूर्व विशिष्टका सुविधा खारेजीका लागि आन्दोलन

काठमाडौं, १० साउन/पूर्वप्रशासकहरूले नेतृत्व गरेको नेपाल नागरिक समाजले पूर्वविशिष्ट पदाधिकारीहरूलाई सरकारद्वारा प्रदान गरिएको विलाशी गाडी, आवास सहितको आजीवन सुविधा खारेज गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । गरीब राज्यको अर्थतन्त्रले धान्न नसक्ने गरी पूर्वराष्ट्रपतिदेखि पूर्वगृहमन्त्रीसम्मका पूर्वपदाधिकारीलाई आजीवन गाडी, इन्धन, मर्मत खर्च, आवास र सचिवालय सुविधा प्रदान गर्नु मुलुकको हितमा नरहेको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको समाजका अध्यक्ष एवम् पूर्वसचिव खेमराज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार...

बसमा आगजनी गर्ने पक्राउ

धरान, १० साउन÷विद्यार्थी बोकेको स्कूल बसमा तोडफोड र आगजनी गर्ने मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी समर्थित अखिल क्रान्तिकारी नेता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले अखिल क्रान्तिकारीका कोचिला राज्य समिति संयोजक प्रल्हाद राउतलाई धरान ११ स्थित डेराबाट मंगलबार नियन्त्रणमा लिएको हो । सोमबार इटहरीबाट विद्यार्थी लिएर धरान आउदै गरेको को १ ख ३२०४ नम्बरको दिल्ली पब्लिक स्कूलको बसमा अखिल क्रान्तिकारीले आगजनी गरेको थियो । विदेशी नाम खारेज गरेर नेपाली नाम राख्नुपर्ने माग गदै अखिल क्रान्तिकारीले आइतबार र सोमबार प्लस टु बन्द आह्वान गरेको थियो...

‘पुनः निर्वाचन आवश्यक छैन’

खाँदबारी, १० साउन/नेकपा–माओवादीका पोलिटव्यूरो सदस्य तथा पूर्वाञ्चल केन्द्रीय व्यूरो इञ्चार्ज खड्गबहादुर विश्वकर्माले नेपालमा पुनः संविधानसभाको निर्वाचन आवश्यक नभएको दाबी गरेका छन् । उनले संविधानका कुरा थाती राखेर निर्वाचन गर्नु नहुने बताए । नेता विश्वकर्माले वर्तमान सरकारले जनताको भावना विपरित चुनावको घोषणा गरेको आरोप लगाए । सर्वपक्षीय गोलमेचसभा गरेर वर्तमान समस्याको समाधान गर्नुपर्ने उनको भनाइ थियो । उनले भने –‘गोलमेचबाट नै विकल्पहरूको खोजी गर्नुपर्छ । मुलुकमा राजनीतिक र संवैधानिक सङ्कट आइपरेको छ । ’ संखुवासभाका अगुवा कार्यकर्तालाई प्रशिक्षण...

माओवादी महाधिवेशनको तयारीमा

काठमाडौं, १० साउन/एकीकृत नेकपा माओवादी माघमा गर्ने भनिएको महाधिवेशनको तयारीमा जुटेको छ । उसले महाधिवेशको मिति तोकेर नेताहरूको कार्यविभाजन गर्ने तयारी थालेको छ । महाधिवेशन आयोजक समितिको मंगलबार बसेको बैठकमा केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डाहरू प्रस्तुत गरेका छन् । बैठककमा एजेण्डामा महाधिवेशनको मिति सहितको ठोस् कार्यतालिका बनाउने, नेताहरूको कार्यविभाजन र महाधिवेशन आयोजक समितिको पूर्णता रहेका छन् । यसबारे केन्द्रीय कार्यालयले थप गृहकार्य गरेपछि अर्काे बैठक बस्ने समितिका सदस्य महेश्वर गहतराजले जानकारी दिए...

व्राह्मणद्वारा पुनः परीक्षाको माग

दमक, १० साउन/व्राह्मण समाजले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले लिएको परीक्षा अम¥यादित भएको भन्दै पुनः परीक्षाको मिति तय गर्न माग गरेको छ । समाजका झापा, सुनसरी सहितका पदाधिकारीहरूको टोलीले परिषद्को इटहरी क्षेत्रीय कार्यालयमा गई पुनः परीक्षाको माग गरेका हुन् । समाजले ज्ञापनपत्र बुझाउँदै धनी र पहुँचवालाले मात्र प्राविधिक शिक्षा पढ्न पाउनु विडम्बना भएको जनाउँदै जेहेन्दार र गरीब विद्यार्थीहरूलाई पढ्नका लागि अवसर सृजना गर्नुपर्ने माग अघि सारेका छन् । माग पत्रमा परिषद्ले झापामा सञ्चालन गरेको परीक्षामा स्थानीय एजेण्टहरूसँग मिलेर परीक्षा अगावै...

आदिवासी जनजाति पार्टी खोल्ने तयारीमा

चितवन, १० साउन/आदिवासी जनजाति नेताहरूले राजनीतिक पार्टी खोल्ने तयारीमा जुटेको सार्वजनिक घोषणा गरेका छन्। उनीहरूले माओवादी, कांग्रेस र एमालेबाट जनजातिको पक्षमा अधिकार नमिल्ने आरोप लगाउँदै पार्टी खोल्नुको विकल्प नभएको मंगलबार आयोजित सार्वजनिक कार्यक्रममा घोषणा गरे । जनजाति नेताहरूको भनाईमा आगामी साउन २५ सम्ममा नयाँ पार्टी खुल्ने छ । यसका लागि देशका प्रमुख ठाउँमा सबैको राय बुझ्न र जनजातिका कार्यकर्तालाई एकीकृत गर्न भेला भइरहेको उनीहरूले बताए । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) ले गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष...

पञ्चायत उत्कृष्ट भएको दावी

पथरी, १० साउन/मोरङको पथरीमा स्थापित पञ्चायत उच्च माविको कक्षा १२ का विज्ञान संकायका ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण संख्या सामुदायिक (सरकारी) विद्यालयहरू मध्ये मोरङ जिल्लाकै उच्च भएको विद्यालयको दावी रहेको छ । उच्च माध्यामिक शिक्षा परिषद्ले २०६८ साल लिएको परीक्षामा विज्ञान विषयमा २२ जना विद्यार्थी सहभागी रहेका थिए । सहभागी मध्ये ११ प्रथम, तीन दोस्रो श्रेणी गरी १४ जना विद्यार्थी उत्तीर्ण भएको पञ्चायत उच्च माविका प्राचार्य चण्डीप्रसाद राईले जानकरी दिए । विद्यालयमा २०६६ सालदेखि विज्ञान संकायको पढाई सुरु भएको हो...

लसएन्जेलसका दमकेली सङ्गठित

दमक, १० साउन/अमेरिकाको लसएन्जेलसमा रहेका झापा दमक घर भएका नेपालीहरूले लसएन्जेलस दमक सम्पर्क समिति गठन गरेका छन्््् । दमकेलीहरूको भेलामा जेष्ठ नागरिक दिल बहादुर श्रेष्ठ संयोजक रहने गरी सम्पर्क समिति गठन गरिएको छ । संस्थाको सह संयोजकमा युबराज सिटौला रहेका छन्््् भने भने त्यहाँ रहेका सम्पूर्ण दमकबासी संस्थाको सकृय सदस्य रहने निर्णय गरिएको छ । भेलामा दमकबाट त्यहाँ गएका नेपालीहरू दिलबहादुर श्रेष्ठ, सुकदेव शाही, कृष्णलाल मिश्र, शान्तिराम ढकाल, सुदिप पन्त, युबराज सिटौला, ओमराज खड्का, योगेन्द्र श्रेष्ठ, गोपाल सापकोटा र शारदा श्रेष्ठको उपस्थिति रहेको...

लेटाङमा सार्वजनिक शौचालय

लेटाङ, १० साउन/मोरङको लेटाङमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । लेटाङको बसपार्क नजिकै सार्वजनिक शौचालय निर्माण भएको हो । शौच समस्याबाट पीडित लेटाङवासी र बजार आउने सर्वसाधारणलाई सहजाका लागि ४ लाख ९५ हजार रुपैयाँको लागतका निर्माण भएको सो शौचालय केही दिनबाटै प्रयोगमा ल्याइने भएको शौचालय निर्माण समितिका सचिव विकाश अधिकारीले बताए । शौचालय प्रयोगँंगै स्थानीय ३५ घरले वायोग्याँसको सुविधा समेत उपभोग गर्न पाउने भएका हुन् । दैनिक १ हजार बढी सर्वसाधारणले शौचालय प्रयोग गर्न अनुमान गरिएको र सो प्रयोगमा आएपछि बजार सफा हुने निर्माण समितिका सदस्य लालबहादुर...

राज्यको ध्यान पुगोस्

नेकपा माओवादी पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीले आह्वान गरेको शैक्षिक आन्दोलनले नियमित पठनपाठन भइरहेका केही उच्च मावि तथा निजी लगानीमा सञ्चालित विद्यालयहरूमा समस्या उत्पन्न भएको छ । राष्ट्रब्यापी आन्दोलन घोषणा गरिएकोमा क्रान्तिकारी विद्यार्थी संगठनले विदेशी शैक्षिक प्रतिष्ठानहरूबाट सम्बन्धन लिएर सञ्चालित तथा बिदेशी भाषामा नाम राखेर विद्यालय तथा उच्च माविहरू सञ्चालन गर्न नपाइने भन्दै आन्दोलन घोषणा गरेको छ । यसैक्रममा राजधानी लगायत देशभरका कतिपय उच्च माविहरूमा आन्दोलनरत पक्षले तालाबन्दी गरेका छन् । भने केही विद्यालयका सवारी साधनहरूमा आगजनी र...

‘आयोजना सञ्चालनमा समस्या’

विष्णु सुब्बा केर्खा, ९ साउन/सरकारी अनुदान आउन छाडेपछि झापाको तोपगाछीस्थित रतुवा माई वृक्षारोपण आयोजना धरासायी बन्दै गएको छ । वन मन्त्रालय अन्तर्गतको वन पैदावार विकास समितिले २०३५ सालमा आयोजना स्थापना गरी सञ्चालन गरेको पूर्वकै एक मात्र वृक्षारोपण आयोजना पछिल्ला वर्षहरूमा आर्थिक चपेटामा पर्दै गएको छ । कार्यालयका प्रमुख भक्तिप्रसाद गौतमका अनुसार सरकारी अनुदान आउन छाडेपछि दैनिक कार्यालय सञ्चालनमा समस्या भएको छ । आयोजनाको रोयल्टी समयमै निकासा नहुनु र आयोजना संरक्षण सम्बद्र्धनका लागि सरकारले सहयोगमा...

१ अर्व ५ करोड युनिट विद्युत आयात हुने

काठमाडौं, ९ साउन/सरकारले यो आर्थिक वर्षमा १ अर्व ५ करोड युनिट विद्युत आयात गर्ने भएको छ । स्वदेशी उत्पादनले मात्रै नधान्ने भएपछि नेपाल विद्युत प्राकिरणले यो वर्ष भारतबाट झण्डै ७ अर्व ६४ करोड ४० लाख रुपैयाँ बराबरको विद्युत आयात गर्ने भएको हो । तर भारतबाट विद्युत आयात गरे पनि यो वर्षको हिउँदमा लोडसेडिङ बढेर दैनिक १८ घण्टासम्म पुग्न सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले युनिटको ७ रुपैयाँ २८ पैसाको दरमा भारतबाट विद्युत आयात गर्न लागेको हो । तर स्रोतका अनुसार भारतबाट आयात गर्दा झण्डै १ अर्ब ९१ करोड १० लाख रुपैयाँ प्राधिकरणलाई घाटा पर्नेछ । प्राधिकरणले...

दोस्रो दिन पनि देशभरका उच्च मावि बन्द

धरानमा स्कूल बस जलाइयोकाठमाडौं, ९ साउन/नेकपा–माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनले आह्वान गरेको बन्दका कारण सोमबार दोस्रो दिन पनि देशभरका निजी उच्च माध्यामिक विद्यालयहरूको पठनपाठन बन्द रहेको छ । बन्दका कारण देशभरका ५ सय ७६ उच्च माविहरूको पठनपाठन ठप्प भएको छ । विदेशी नाम हटाई स्वदेशीपन झल्कने नाम राख्नुपर्ने, महँगा होडिङ बोर्ड हटाउनुपर्ने, निजी विद्यालय र कलेजहरूले लिने शुल्क वैज्ञानिक हुनुपर्ने, दर्ता नगरी सञ्चालित निजी विद्यालयको सम्बन्धन खारेज गर्नुपर्ने लगायतका माग राखी संगठनले बन्दको आव्हान गरेको हो । यसैबीच बन्दको अवाज्ञा...

कुर्सी जलाएकोमा विरोध

दमक, ९ साउन/दमक बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुखको कुर्सी जलाएको घटनाप्रति दुई ओटा विद्यार्थी संगठनहरूले निन्दा गरेका छन् । एमाले निकट अखिलका दमक क्याम्पस इकाई अध्यक्ष सुमन बञ्जराले आइतबार सहायक क्याम्पस प्रमुखको कुर्सी निकाली जलाएको घटनाको विरोध गर्दै नेविसंघ र संघीय लिम्बुवान विद्यार्थी युनियनले विज्ञप्ति निकाली भत्र्सना गरेका हुन् । उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरूसँग प्रशासनले प्रवेश परीक्षा शुल्क लिएको भन्दै शुक्रबार क्याम्पस प्रमुखको कार्यकक्षमा अखिलले तालाबन्दी गरेका थिए । माग सुनुवाइमा प्रशासनले चासो नदेखाएकाले अखिलका...

ग्रिनबेल्टको तयारी गरिँदै

दमक, ९ साउन/रतुवा–मावा खोलाबाट हुने भू–क्षय रोक्न सञ्चालित तटबन्धन कार्यक्रम सँगसँगै ग्रिनबेल्ट निर्माण गरिने भएको छ । दमक नगरपालिकाले दवबै खोलाबाट हुने कटान नियन्त्रणसँगै ग्रिनबेल्ट निर्माणका लागि योजना अघि बढाएको हो । यसका लागि योजना तयार गर्ने काम समेत भएको नगरपालिकाले जनाएको छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत राजेश पौड्यालले तटबन्धन आसपासको क्षेत्रमा वृक्षारोपण सहितको ग्रिनबेल्ट निर्माणको लागि तयारी भइरहेको जानकारी दिएका छन् । रतुवा–मावाको कटान नियन्त्रण गर्न जनताको तटबन्धन कार्यक्रम अन्तर्गत बाँध र खोलामा स्पर निर्माण गर्ने कार्य भइरहेको...

झापामा ८० प्रतिशत धान रोपाइ

दमक, ९ साउन/साउनको पहिलो साता सम्म झापामा ८० प्रतिशत जति धान रोपाइ भएका छन् । जिल्लाको कूल ९० हजार हेक्टर क्षेत्रफलमा हुने धान खेती मध्ये अहिलेसम्म करिब ८० प्रतिशत जति रोपाइ सकिएका छन् । जिल्ला कृषि विकास कार्यालयका कृषि सहायक प्राविधिक शालिकराम भट्टराईका अनुसार साउनयता मनसुन भएकाले रोपाइ कार्य तिव्र भएका छन् । ‘जिल्ला भित्र धान रोपाइ अन्तिम चरणमा पुगेको छ’ कृषि सहायक प्राविधिक भट्टराईले जानकारी दिए । भदौ पहिलो साता सम्म जिल्लामा धान रोपाइ गरिने भट्टराई बताउँछन् । यो वर्ष कूल ९० हजार हेक्टर मध्ये करिब ८८ हजार क्षेत्रफलमा धान खेतीहुने अनुमान कार्यालयको...

न्यून विद्यार्थी हुने विद्यालय अन्यमा गाभिने

इलाम, ९ साउन/जिल्ला शिक्षा कार्यालय इलामले विद्यार्थी संख्या शून्य र कम भएका एक दर्जन विद्यालयलाई अन्य विद्यालयमा गाभ्ने तयारी गरेको छ । जसमध्ये केही विद्यालय बन्द नै गर्ने तयारी थालिएको छ । कार्यालयले नयाँ शैक्षिकसत्रमा विद्यार्थी संख्या शून्य भएकालाई बन्द गर्ने र नियम अनुसार विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई अन्यमा गाभ्ने तयारी गरेको हो । बन्द गर्नुपर्ने र अन्यमा गाभ्नुपर्ने अवस्थाका विद्यालयहरूको कार्यालयले प्रारम्भिक सूचि तयार गरेको छ । जिल्ला शिक्षा अधिकारी दिलनाथ पूरीका अनुसार विद्यार्थी शून्य भएका र भर्ना भएका विद्यार्थी सबै...

डिफेन्स आर्मीका ७ जना पक्राउ

मोरङ, ९ साउन/विभिन्न आपराधिक क्रियाकलपमा संलग्न नेपाल डिफेन्स आर्मीका ७ जना कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंस्थित विभिन्न सिनेमा हल जस्ता सार्वजनिक स्थानहरूमा, विराटनगरको वसपार्क तथा सार्वजनिक सवारी साधनमा विष्फोटन गराउने अपराधिक योजनाको तयारी चरणमा रहेका नेपाल डिफेन्स आर्मीका उनीहरूलाई ललितपुरको विभिन्न स्थानबाट नेपाल प्रहरीका अनुसन्धान सम्वद्ध निकायहरूको कार्यदलले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा आफूलाई नेपाल डिफेन्स आर्मीको मोरङ जिल्ला अध्यक्ष बताउने मोरङ्ग मोतीपुर–६ लोहासुरका २९ वर्षीय पुलिस विश्वास, आर्मीका केन्द्रीय...

खानीडाँडा विमानस्थल पहिरोको खतरामा

खोटाङ, ९ साउन ÷कल्भर्ट थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलपानीको कटानका कारण खोटाङको खानीडाँडा बिमानस्थल पहिरोको खतरामा परेको छ । भलपानीले बगाएर झरेको माटोले कल्भर्ट थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलले कटान गर्दा खाल्लेस्थित बिमानस्थल पहिरोको खतरामा परेको हो । वर्षाको भलपानी निकासा गर्ने टावर नजिकैको कल्भर्ट थुनिएपछि धावनमार्ग हुँदै बगेको भलपानीको कटानका कारण बिमानस्थलको दक्षिणी भाग भत्किन थालेको खाल्लेका स्थानीय निवर्तमान गाविस उपाध्यक्ष नन्दप्रसाद घिमिरेले बताए । धावनमार्गमाथिबाटै बग्ने भलपानीले माटो कटान गरेपछि विमानस्थलको दक्षिणी छेउका तीन...

७० प्रतिशत मुद्दा किनारा

इलाम, ९ साउन/जिल्ला अदालत इलामले आर्थिक वर्ष २०६८÷६९ मा ७० प्रतिशत मुद्दाको फैसला गरेको छ । अदालतले ३ सय ७८ मध्ये २ सय ४५ थान मुद्दा किनारा लगाएको कार्यालयका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए । जसमा अदालतमा जिम्मेवारी सरी आएको १ सय ६ थान र अघिल्लो आर्थिक वर्षमा दर्ता भएका २ सय ७२ थान मुद्दाहरू रहेका छन् । एक वर्षमा अदालतमा सबै भन्दा बढी ९० थान अंश मुद्दा दर्ता भएका थिए...

यूके भ्रमण सकेर लिङ्देन फिर्ता

दमक, ९ साउन/समञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्का केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ एक महिने यूके भ्रमण सकेर सोमबार नेपाल आएका छन् । परिषद् प्रवास कार्य समिति यूकेको निमन्त्रणामा गत असार ८ गते यूके पुगेका अध्यक्ष लिङ्देनले भ्रमणका क्रममा त्यहाँ रहेका लिम्बुवान प्रेमीहरूका विभिन्न जातीय संघसंस्थाहरूद्वारा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी भएको परिषद्को भातृ संगठन संघीय लिम्बुवान पत्रकार परिषद्ले जनाएको छ । भ्रमणका क्रममा लिङ्देनले जुलाई ८ तारिक यूके प्रवास कार्य समितिको प्रथम ऐतिहासिक सम्मेलन उद्घाटन गरेका थिए । उनलाई लिम्बुवान...

महिला नेतृत्व तालिम समापन

उर्लाबारी, ९ साउन/मोरङको बेलबारीमा विभिन्न तीन संस्थाको संयुक्त आयोजनामा सञ्चालित तीन दिने महिला नेतृत्व तालिम सोमबार समापन भएको छ । महिला प्रतिभा संघ, नारी विकास र दीपज्योति सहकारी संस्थाको संयुुक्त आयोजना रहेको तालिमा ३० बढी महिला सहभागी रहेका महिला प्रतिभा संघकी अध्यक्ष मिनु राईले जानकारी दिइन् । तालिममा उप्का नेपालका कार्यक्रम निर्देशक शुभचन्द्र राईले सहजीकरण गरेका थिए...

वैद्य पक्षधर ट्रेड युनियनको प्रशिक्षण

उर्लाबारी, ९ साउन/नेकपा–माओवादी सम्वद्ध अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको कोचिला राज्य समिति स्तरीय राजनैतिक प्रशिक्षण सोकबार समापन भएको छ । महासंघका केन्द्रीय संयोजक रामदीप आचार्यले सहजीकरण गरेको सो प्रशिक्षणमा कोचिला राज्य स्तरका करिव २ सय कार्यकर्ता सहभागी रहेका थिए । विराटनगरमा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका मोरङ सह–इञ्चार्ज हेम कार्की लगायतको सहभागिता रहेको थियो । महासंघका मोरङ जिल्ला संयोजक कवि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा गोपाल विष्टले स्वागत र टिकाराम राईले सञ्चालन गरेका थिए...

जलपान कार्यक्रम सम्पन्न

दमक, ९ साउन/संघीय लिम्बुवान महिला परिषद दमक नगर समितिले आफ्नो संगठन १ वर्ष पूरा गरेको अवसरमा आईतबार जलपान कार्यक्रम गरेको छ । दमकस्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको सभाहलमा भएको उक्त कार्यक्रममा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका वैकल्पिक केन्द्रीय सदस्य तथा महिला सचिवालय सदस्य निश्चलता लावतीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लावतीले महिलाहरू राज्यको हरेक निकायमा पचास प्रतिशत अनिवार्य हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा परिषद्का उप–महासचिव वाङगाई धिमाल, प्रेमदीप थाम्सुहाङ्, अर्थ सचिव सुरेन्द्र लिम्बू...

जिविसमा एक मतले हारेको दिन

उनको यो उचाईमा जिन्दगी चलाउन निकै सहयोग पाएका छन् दमकका बासिन्दाहरूको । ‘बाँच्ने प्रेरणादायी व्यक्तित्वहरू छन्, बाचुञ्जेल म भुल्न सक्दिन ’ उनको जवाफ थियो । राजनीति, सामाजिक कामकाजले घरायसी कार्य चलाउन श्रीमतीको चुरोट कारखानाको नोकरी अनि तारानाथ निरौला, विरबहादुर गुरुङ, मानबहादुर देवान, दिलबहादुर बस्नेत, बिजय लामा लगायतले नबिर्सने सहयोग पु¥याएका छन् उनलाई । २०२६ सालयता दमकलाई कार्यथलो बनाएर राजनीतिक, सामाजिक कार्यमा उनको लगाव चुलिएको छ । दमकले चिन्नुपर्ने नाम बनेको उनको योगदान हो । राप्रपा नेपालका...

धनयुद्धको लडाई र जनखबरदारी

ओमप्रकाश गौतम स्वभावैले आजको मानव भौतिक सुखसुविधा चाहन्छ । काम गर्नु नपरोस् । अर्काको घरमा गएर ढिंकी, जाँतो गर्नु नपरोस् । भरसक मीठो–मीठो खानेकुरा खानु परोस् । अर्काले मोटरसाईकल किन्यो भने आफूले चाहि शयर गर्नका लागि कार चढ्नु परोस् । अरुलाई आपत बिपत प¥यो भने आफूलाई चाहि कहिल्यै बिपत्ति नपरोस् । भरसक फुसको छानो र टिनको छानो होइन, ७ तले रातो बंगलामुखी घर बनाएर स्वर्गीक संसारमा आनन्द लिनु परोस् वास्तवमा यिनै मनोरञ्जका साधनले आजको मानव बढी भन्दा बढी आकर्षित छ । किन कि आफ्नो हातमा डाडु पनि पुन्यु पनि...

माओवादी पार्टी दुई नेतृत्वमा

एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट फुटेर बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी– माओवादीले झापा जिल्लामा आफ्नो पार्टीगत जिम्मेवारी बाँडफाँड गरेको छ । संस्थापन अर्थात् एकीकृत माओवादीले पार्टीको क्रान्तिकारी धार छाडेको विश्लेषण गर्दै मोहन वैद्य ‘किरण’ को नेतृत्वमा क्रान्तिकारी र जुझारु पार्टी संगठन खोलिएको चर्चा गर्दै आएका नेकपा–माओवादीका नेता, कार्यकर्ताहरूमा यतिबेला सांगठानिक जोस र उत्साह पनि देखिएको छ । संस्थापन पक्षका रुपमा रहेको एकीकृत माओवादी पार्टीको भर्खरै सम्पन्न विस्तारित बैठक महाधिवेशनको निर्णय गर्दै समाप्त भएको अवस्था छ । केन्द्रदेखि...

सहारा नेपालमा तालाबन्दी

व्यवस्थापन र कर्मचारी संगठनका आ–आफ्नै अडानकमन देवान दमक, ७ साउन/कर्मचारी सरुवाको विषयलाई लिएर कर्मचारी संगठनले तालाबन्दी गरेका कारण चार दिन देखि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड चारपाने–३ झापाको सम्पूर्ण गतिविधि ठप्प बनेको छ । सहारा नेपालको व्यवस्थापन पक्षले गत असार २६ गते झापाको विर्तामोड, सुरुङ्गा र मोरङको लेटाङ्ग शाखाका प्रवन्धकहरूलाई सरुवा गरेको विषयमा व्यवस्थापन पक्ष र कार्मचारी संगठनका प्रतिनिधिहरू बीच विवाद बढ्दै जाँदा सहकारीमा तालाबन्दी सहितको आन्दालन चर्किएको हो । पत्रकार सम्मेलनमा...

निकास कांग्रेसले दिन्छ : कोइराला

काठमाडौं, ७ साउन/नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बोलाई र गराईमा एकरुपता ल्याएर त्यसलाई व्यवहारमा उतार्न एकीकृत माओवादीलाई आग्रह गरेका छन् । सभापति कोइरालाले एउटा बोल्ने र अर्को काम गर्ने माओवादीको दोधारे प्रवृत्तिले कसैलाई फाइदा नहुने भएकाले त्यस्तो प्रवृत्ति त्याग्न माओवादीलाई आग्रह गरेका हुन् । विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस काठमाडांैले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कोइरालाले अरुलाई मूर्ख बनाउने र धोका दिने काम नर्गन समेत माओवादीका नेताहरुलाई आग्रह गरे । उनले भने...

माओवादी केन्द्रीय समिति विघटन

दाहालले सम्पत्ति पार्टीलाई बुझाउनेकाठमाडौं, ७ साउन/ एकीकृत माओवादीको केन्द्रीय समिति बिघटन भएको छ । राजधानीमा जारी विस्तारित बैठकले केन्द्रीय समिति विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको हो । पाँच दिने बैठकको अन्तिम दिन शनिबार माओवादीले स्थायी, पोलिटब्यूरो समिति समेत विघटन गरेको हो । महाधिवेशन आयोजक समितिमा आदिवासी, जनजाति, मुस्लिम लगायतलाई पनि समावेश गरिनेछ । एकीकृत भएपछिको माओवादीले आगामी माघमा पहिलो महाधिवेशन तय गरेको छ । माओवादीले सहरी जिल्लाका इञ्चार्जलाई...

प्रम विरुद्ध आन्दोलन थाल्ने युवा संघको उद्घोष

काठमाडौं, ७ साउन/नेकपा एमाले निकट युवा संघ नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पदच्यूत गर्ने गरी भीषण आन्दोलन थाल्ने बताएको छ । शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष महेश बस्नेतले युवा संघ अहिले आन्दोलनको आन्तरिक तयारीमा जुटेको जानकारी दिँदै केही दिनभित्रै भीषण आन्दोलन गर्ने घोषणा गरे । माओवादी नेताहरु भष्मासुर प्रवृत्तिका भएको आरोप लगाउँदै अध्यक्ष बस्नेतले यस्तालाई पदच्यूत गरेर मुलुकमा लोकतन्त्र सुरक्षित राख्न आन्दोलन अपरिहार्य भएको दावी गरे । उनले आन्दोलनको तयारीका लागी संघले आगामी साउन ७ र ८ गते राजधानीमा दोस्रो राष्ट्रिय...

वीपी स्मृति दिवसमा विभिन्न कार्यक्रम

दमक, ७ साउन/नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३० औँ स्मृति दिवसको अवसरमा शनिबार मुलुकभरी विभिन्न कार्यक्रमहरू गरी मनाइएका छन् । वीपी स्मृति दिवसको अवसरमा दमकमा नेपाली कांग्रेसले १९ वडा भित्र एकै साथ विभिन्न कार्यक्रमहरू मनाएका छन् । नगर समितिले दमक–४, १५ र १८ वडामा कांग्रेसका कार्यालय उद्घाटन गरिएका नगर सभापति ढुण्डीराज भण्डारीले जानकारी दिए । दमक–४ वडा समितिको कार्यालय कांग्रेसका सहासमिति सदस्य दिलबहादुर बुढाथोकीले उद्घाटन गरेका वडा सभापति पूर्णबहादुर भट्टराईले...

‘प्रहरीमा मुद्दा दर्ता बढ्यो’

दमक, ७ साउन/माइपश्चिम झापामा अपराध सम्बन्धी विभिन्न मुद्दाका घटना बढेर गएको छ । इलाका प्रहरी कार्यालय दमकको तथ्याङ्कमा वर्षेनी विभिन्न किसिमका मुद्दाका घटनामा वृद्धि भएको उल्लेख छ । गएको वर्षमा सो कार्यालय अन्तर्गत १ सय ७३ ओटा मुद्दाहरू मध्ये १ सय २ फछ्र्यौट भएको प्रहरीको तथ्याङ्कमा जनाइएको छ । गत तीन वर्षलाई तुलना गर्दा त्यस्ता मुद्दा दर्ता हुने क्रम बढेको इलाका प्रहरी कार्यालयले जनाएको छ । सो कार्यालयका प्रहरी नायब निरीक्षक गणेश भट्टराईका अनुसार गएको वर्षमा सार्वजनिक अपराधमा ३२, जबर्जस्ती करणीमा १४, बहुविवाहमा ७, मानव बेचबिखनमा २, लागुऔषधमा २,...

एसएल पत्रकारिता पुरस्कार नेम्बाङलाई

बिर्तामोड, ७ साउन/नेपाल पत्रकार महासङघद्वारा प्रेस स्वतन्त्रता सेनानी एलएल शर्माको स्मृतिमा स्थापित ‘एसएल शर्मा स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार’ यो वर्ष पत्रकार भीम नेम्बाङलाई प्रदान गर्ने निर्णय भएको छ । नेम्बाङ २०५० सालदेखि नेपाल टेलिभिजनको झापा संवाददाताका रुपमा निरन्तर क्रियाशील छन् । त्यस्तै प्रेस स्वतन्त्रता सेनानी एलएल शर्माकी धर्मपत्नी पार्वतीदेवी शर्माको स्मृतिमा स्थापित ‘पार्वती पत्रकारिता प्रोत्साहन पुरस्कार’ यस वर्ष पत्रकार अमृतलाल श्रेष्ठकी धर्मपत्नी नीलु श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । पुरस्कारको राशी क्रमशः ११ हजार...

यलम्बर टाईम्सको वार्षिकोत्सव

अर्जुनधारा, ७ साउन/आदिवासी जनजाति समुदायका आवाजलाई मुखरित गर्दै आएको यलम्बर टाईम्सले आप्mनो ५ औं वर्ष प्रवेशका अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । मैनबत्ती बालेर वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका अतिथिहरु । शनिबार ५ औं वर्ष प्रवेशको उपलक्ष्यमा आयोजित कार्यक्रममा अधिकांश वक्ताहरूले ग्रामीण पत्रकारिता नै विकासको आधार भएको बताए । अर्जुृनधारा गाविसको सभाकक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार मदन ढकालले खुकुरीको धारमा कलम लिएर यलम्बर टाईम्स पत्रिका यहाँसम्म आएकोमा...