पठनपाठन र आन्दोलनसँगै

 
 
झडपमा प्रहरीसहित २१ घाइते
दमक/पहिले गरेका सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै आन्दोलनरत शिक्षकहरुले अब विद्यालय बन्द नगरिकनै प्रदर्शनलाई निरन्तरता दिने भएका छन् आइतबार सोमबार विद्यालय बन्द गरेका उनीहरुले विद्यार्थी तथा अभिभावकको दबाबपछि विद्यालय बन्द नगर्ने बताएका हुन्
'अब विद्यालय बन्द गर्दैनौं, तर आन्दोलनलाई भने निरन्तरता दिन्छौं' नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले भने -'दुर्इ दिन बन्द गर्नु पनि हाम्रो रहर होइन, सरकारकै रवैयाले बन्द गर्नुपरेको हो ' दुर्इ दिन विद्यालय बन्द भएको क्षति बिदाको दिन पढाएर परिपूर्ति गर्ने शिक्षकहरुले बताएका छन्
यसअघि शिक्षकहरुले विद्यालयको पठनपाठनलाई प्रभावित नपार्ने गरी आन्दोलन गर्ने प्रतिबद्धता जनाएका थिए नेपाल शिक्षक युनियन झापा अध्यक्ष नारायणप्रसाद गौतमले  आजबाट विद्यालयहरुमा पठन-पाठन आन्दोलन सँगसँगै लगिने बताएका छन् विद्यालयहरुबाट ३० प्रतिशत शिक्षकहरुलाई आन्दोलनमा सहभागी हुन बाँकीलाई पठन-पाठन गराउन निर्देशन दिइएको उनले जानकारी दिए सोमबार दिन भर शिक्षकहरुले जिल्ला शिक्षा कार्यालयमा धर्ना दिएका थिए भने जिल्ला प्रशासन कार्यालय अघि कोणसभा गरेका थिए यस्तै शिक्षकहरुले ट्रेड युनियन चोकमा समेत कोण सभा गरे कोणसभाका वक्ताहरुले शिक्षकहरुका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए
यस्तै सुनसरीमा आन्दोलनमा उत्रिएका शिक्षक प्रहरी बीच झडप हुँदा जना प्रहरी सहित २१ जना र्घाईते भएका छन् शिक्षा कार्यालयको कम्पाउण्डमा शिक्षक युनियनका केन्द्रीय अध्यक्ष गोविन्द मिश्रको नेतृत्वमा आन्दोलनमा उत्रिएका शिक्षकहरुले कार्यालयको गेटमा तालाबन्दी गर्न खोजेपछि स्थिति असामान्य बनेको थियो सो क्रममा झडप हुँदा प्रहरी जवान बाबुलाल खान, सुरेश कुमार माझी, डिल्ली भुजेल राजकुमार वि. सहित १७ जना शिक्षक घाइते भएका छन्
यस्तै केन्द्रीय अध्यक्ष गोविन्द मिश्र सहित शिक्षकहरु गोपालप्रसाद पराजुली, शम्भु यादव, विष्णुप्रसाद मेहता लगायतका शिक्षकहरु घाइते भएका हुन् घाइते शिक्षकहरुमध्ये पराजुली, यादव मेहताको न्युरो अस्पताल बिराटनगरमा उपचार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको

0 प्रतिकृया:

Post a Comment