मगर दिवसमा कार्यक्रम


माइधार/झापाको माइधारमा सोमबार ३० औँ राष्ट्रिय मगर दिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न गरिएको
नेपाल मगर संघ जिल्ला कार्यसमिति झापाको आयोजनामा सम्पन्न कार्यक्रमका बीच मगर संघका झापा जिल्ला संस्थापकहरु खड्गबहादुर खपाङ्गी मगर, लालबहादुर आलेमगर, इन्द्रबहादुर पुलामी मगर असुना थापा मगरलाई सम्मान गरिएको थियो त्यस्तै शिक्षा क्षेत्रमा योगदान गर्ने शम्भुनाथ मगर, तिलकबहादुर थापा मगर धनबहादुर थापा मगर लगायत विभिन्न क्षेत्रका १५ जना सम्मानित भएका छन्
राष्ट्रिय दिवसका अवसरमा विभिन्न खेलकुद सांस्कृतिक प्रतियोगिता समेत सम्पन्न भएको थियो संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष बसन्त र्घर्ती मगरको प्रमुख आतिथ्य कोशी अञ्चल संयोजक खुमा पुलामी मगरको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा संघका झापा अध्यक्ष परशुराम मगरको अध्यक्षता रहेको थियो भने सञ्चालन कैलाश थापा मगर लीला मगरको रहेको थियो

0 प्रतिकृया:

Post a Comment