अपराध गर्नेहरुलाई दण्डित गर्न सकोस अन्तर्राष्ट्रिय नारी दिवसले - पहिलो लेख


ओमप्रकाश गौतम
"जहाँ स्त्रीहरुको सम्मान हुन्छ, त्यहाँ देवता पनि प्रसन्न रहन्छन्" यो सुप्रसिद्ध भनाई "मनु" को हो तर दैनिक व्यवहार क्रियाकलापमा आजको आधुनिक मानव भनाउँदाउहरुले यस भनाईलाई ठीक विपरित अर्थमा उल्ट्याइ दिएका छन् यति मात्रै कहाँ हो - नारीलाई भन्ने गरिन्छ कि आमा बनेर वात्सल्य दिने, बुहारी बनेर सेवा सुश्रुषा दिने, छोरी बनेर आदर सम्मान गर्ने, सहेँली बनेर सौर्न्दर्य दिने, पत्नी बनेर माया ममता दिने एक साक्षात देवी भएकी हुनाले उनलाई सम्मान गर्नुपर्दछ भनेर प्रत्येक वर्ष "अन्तर्राष्ट्रिय नारी दिवस" मा तिनै नारी पुरुषहरुले चर्का-चर्का भाषण गर्दछन् तर परिवर्तन भने एक इञ्च पनि गर्न सकेका छैनन्, सम्बन्धित निकायका उच्च पदासिन संघ, संगठनहरुले विशेषतः श्रद्धाभावका आधारमा पुरुषवर्गले महिलालाई आफ्नो वशमा राख्नुपर्ने हो तर त्यो काम यतिका दिन सम्म हुन सकिरहेको छैन महिला माथि महिलाले नै दमन गरिरहेका छन् प्रशस्त धन, दौलतको थुप्रोमा आशाका रङ्गहरु भरिदिएर लोभ लालचमा विदेशका कोठी अनि केयर गिभरका नाममा फकाई फुल्याई विदेश पठाएर लाखौँ-लाख डलरको आहालमा र्स्वर्गको सपना देखिरहने महिलाहरुको झुण्ड नै महिला पुरुषको मिलिभगतमा कारुणिक जीवन विदेशमा महिलाहरुले नै बिताएर स्वदेश फर्किएको व्यथा सञ्चार माध्यममा हामीले पढेका सुनैका छौँ क्षणिक स्वार्थमा धनको थुप्रोको आशामा प्रलोभन देखाई जागिर लगाइदिने आश्वासनमा महिलामाथि यौन शोषण गरेका दृश्यहरु कैद गरेका घटनावृत्तहरु दिनानुदिन मौलाइरहेको महिलाहरुमाथि "बोक्सी" को आरोपमा हुने क्रुर हिंसाको बर्बरता विगत देखि वर्तमान अवस्थासम्म दैनिक रुपमा घटिरहेका छन् आज राजनीति लगायत सबै क्षेत्रमा महिलाको समान सहभागिताको प्रश्नमा बहस चलिरहँदा ग्रामीण महिला दिदी, बहिनीहरु सामाजिक रुपमा रुढिबादी परम्परा अन्धविश्वासको दुश्चक्रमा क्रमिक रुपमा फँस्दै गएका छन् घरेलु हिंसा, बेचबिखन, बलात्कार जस्ता जघन्य अपराधका क्रियाकलापका कारण उनीहरुको अवस्था अत्यन्तै जोखिममा परेको यथार्थ हिंसा, दुर्व्यवहार अनि ज्यादती नेपाली महिलाको नियति जस्तै बन्न पुगेको नेपालमा स्थापना गरिएका महिलाहरुको साझा संगठन चेलीबेटी बेच बिखन, महिला न्यायिक मञ्च, माइती नेपाल लगायतका दर्जनौँ अन्य संघ, संगठनले नियमित रुपमा जनचेतना फैलाइरहँदा पनि महिला माथि अन्याय अत्याचारको बीज दिनानुदिन मौलाइरहेको घरले जाजा वनले आइज आइज भन्ने बेलामा आफ्ना छोरा या छोरीको सहारामा वृद्ध अवस्थाका बुबाआमा आफ्नै परिवारबाट गलहत्याइएको कारुणिक कथाव्यथा तिनै छोराहरुले लत्याइरहेका छन् आफ्नो घरको दयनीय अवस्था छाना, नाना दानाको व्यवस्था अत्यन्तै कमजोर रहेका कारणले साहुसित ब्याजमा काढेर मुग्लान पसेका पुरुषवर्गहरुले खाडी मुलुकमा कमाएको श्रमको मूल्य आफ्नी श्रीमतिको नाममा बैँकमा जम्मा गरेर स्वदेश पठाइदिएको रकममा आज तीनै महिलाले पर पुरुषलाई मोज मस्तीमा खर्च गरेर सबै रकम स्वाहा बनाइदिएपछि त्यसको परिणाममा आपराधिक कार्यमा तिनै श्रीमानले स्वदेश फर्किएपछि नृशंस हत्या गरेको घटना हामी माझ तरोताजा यस्तो कार्य कसैले पनि गर्नु हुँदैन कि  मानव जिन्दगी भनेको नै जिउँदोमा आनन्दसँग बाँचेर स्वर्गिक जीवन बिताउनु मर्नु अघि आफ्ना सन्ततिलाई नासो जिम्मा लगाउनु हामी मानवहरुको कर्तव्य पनि हो तर यहाँ यति भन्दा भन्दै पनि अचानक दर्दनाक घटना पालै पालो महिला पुरुष वर्गहरुले गरिरहेकै छन् यस कार्यको विरुद्धमा तपाई हामी सचेत वर्गको नागरिकहरुले आगामी दिनहरुमा गर्न सकेनौँ भने हाम्रा पिता पूर्खाहरुले हामीलाई र्स्वर्गबाट ललकार्ने छन् किनकि हामी मानव-मानव हुन सकिरहेका छैनौँ दानवमा पो परिणत हुने हो कि भन्ने कुरा बोक्सीको आरोप लगाएर जघन्य अपराध गरेको घटना घटाएको रुढीग्रस्त चिन्तनले बारम्बार मानवीय गुणलाई अहिले डस्दैछ मुलुक राजनीतिक रुपान्तरणको महान अभियानमा बढ्दैछ नयाँ शासन व्यवस्था संस्थागतको अभ्यासमा निरन्तर रुपमा अघि बढिरहेको राजनीतिक रुपान्तरणको सकरात्मक चिन्तन राखेर महिला न्यायिक अधिकारको प्रत्याभूति गर्नका लागि पुरुष महिला बराबर हुन अधिकार प्रत्यायोजन गर्नका लागि दुवै मिलेर अघि बढेमा सामाजिक कुरीति अन्धविश्वासका जराहरु उखेल्न सक्यौँ भने मात्र देशमा हत्या, हिंसा, उत्पीडन, मानव अधिकारको रक्षा सुनिश्चित हुन सक्छ यस्ता जघन्य आपराधिक कार्यमा अमानवीय कार्यमा संलग्न हुनेहरुलाई कडा भन्दा कडा कानुनी कारवाही गरिनुपर्दछ कानुनविदहरुले बोक्सी सम्बन्धी छुट्टाछुट्टै विस्तृत कानुन बन्नै पर्ने आवश्यकताको कार्यान्वयन हुनै पर्ने बहस गरिरहेका हुनाले भावी संविधानमा जघन्य अपराध रुढिवादी, अन्धविश्वासको तगारोहरुलाई बन्देज गर्नैपर्ने कानुनको निर्माण गर्न जम्बो संविधानसभाका सदस्यहरुले नीति निर्माण गर्न सकुन् यसमा अन्तर्राष्ट्रिय नारी दिवसको सबैभन्दा ठूलो कर्तव्य आगामी दिनमा महत्वपूर्ण भूमिका खेल्न महिला/पुरुष वर्गहरुले हातेमालो अभियानको अभिकर्ता बन्न सकुन् जय अन्तर्राष्ट्रिय नारी दिवस

0 प्रतिकृया:

Post a Comment