ग्याँस बिक्रेताको नयाँ नेतृत्व


बिर्तामोड/ग्याँस बिक्रेता महासंघ झापाको दोश्रो जिल्ला अधिवेशनले टेकबहादुर थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको
बिर्तामोडमा सोमबार भएको अधिवेशनले दमकका व्यवसायी थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो नव निर्वाचित समितिको उपाध्यक्षत्रयमा बिर्तामोडका व्यसायीहरु लक्ष्मी ओली, खड्ग सिटौला रमा तामाङ, सचिवमा दमकका व्यवसायी गंगा ढकाल, उप-सचिवमा लखनपुरका राजु न्यौपाने कोषाध्यक्षमा बिर्तामोडकै प्रदीप गोयल रहेका छन्
समितिका सदस्यहरुमा पुष्प उप्रेती, फागुलाल शाह, टंक सिटौला, श्याम आचार्य, निरज ओली, ज्ञानु पौडेल, सुरज शाह, राधिका क्षेत्री गुरु अधिकारी रहेका छन् सदस्यपछि थप गरिने नवनिर्वाचित अध्यक्ष थापाले बताए
महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय महासचिव महेश्वर श्रेष्ठले समेत बोलेका थिए कार्यक्रममा अध्यक्ष इन्द्र पाठकले पेस गरेको प्रतिवेदन पारित गरिएको थियो (फोटो  : अध्यक्ष थापा)

0 प्रतिकृया:

Post a Comment