सुवेदान सावको लाहुरे जीवन - पल्टनका कुरा


विष्णु सुब्बा
लक्का जवान उमेर जीउ हृष्ठपुष्ट हुनासाथ गाउँघरमा लाहुर जानर्ुपर्छ भन्ने सोचाई थियो पढ्न अहिलेको जस्तो सहजै थिएनन् विद्यालयहरु आठ दशक अघिको भोगाई स्मरण गर्दै लालबहादुर भन्छन्-"लहैलहैमा नोकरी गर्न भारतीय सेनामा लागे " उनी भारतीय सेनाका अवकास प्राप्त गर्न सुवेदार हुन्
बाग्लुङको बोलकोटको चाँडा गाउँमा जन्मिएका सुवेदार लालबहादुर सोह्र वर्षको लक्का जवानमा भारतको गोरखपुर पुगेर सेनामा प्रवेश गरेका थिए २००५ सालमा आसाम राइफलमा होमिएका उनले नोकरी रहँदा भारतको धेरै ठाउँमा भारतीय राष्ट्रिताको पक्षमा लडेका थिए बन्दुक गोलाबारुदसँग रातदिन खेल्नुपर्ने उनको सेवा अवधि निकै चाखलाग्दो पनि रहेको कोट्याउँछन् नै उनी दशक बढी नोकरी गरेका पल्टने भोगाई स्मरण गर्दै लालबहादुर भन्छन्-"लडाइमा भोकभोकै हुनु आफ्ना शत्रुलाई जसरी पनि सिध्याउने धेरै अनुभव सम्हालेको छु "
मगरको आदिवासी बाहुल्यता बस्तीमा हर्ुर्केका उनले पढ्ने उमेर खेतीपाती, गोठालोमा बिताएका थिए पारिवारिक अवस्था कमजोर भएका कारण सधैँ दुःख गर्नुपर्ने त्यसताकाको अवस्था आफ्नो भोगाई सम्भिmन्छन्-"बाल्कालमा पढ्न होइन, सधैँ पापीपेटकेा दौडधुपमा लाग्नुपथ्र्यो
पल्टनमा छिरेपछि अनेकौँ चुनौति भोगेका उनले कहिले बंगलादेशी, कहिले यिनसँग तथा आन्तरिक आन्दोलनकारीहरु लर्डाईमा समाहित हुनुपर्यो सन् १९६२ तिर चीनले १९७१ मा बङ्गलादेश्का सैनिकहरु भारतीय लडाइमा ट्रकका ट्रक युद्धमा आफ्ना साथीहरु मारिएका शव उठाइन्थे पल्टनमा हुँदा युद्धको अनुभव सुनाउँदै उनी भन्छन्-"युद्धमा आफूले चलाएका हतियारबाट धेरै दुश्मनको ज्यान गयो " सुवेदार मगर अहिलेको जस्तो शब्द भारत थिएन, विदेशीहरुको आक्रमण पढेको थियो "सधैँ गोला बारुद्ध हुन्थ्यो" पाका उमेरले ८० वर्ष टेकेका मगर देख्छन्-"अहिले उहिलेको अन्तर आकास पताल पुगेको एउटा सैन्य जीवनमा समेत त्यस्तै परिवर्तन आएको "
लामो अनुभव सैनिक नोकरीमा जीवन गुजारा गरेका मगरले २०१० सालमा गाउँकै लक्ष्मी काउचा मगरसँग मागी विवाह गरेका हुन् अहिलेको जस्तो प्रेम गर्न चलन नआएको बताउने लालबहादुर भन्छन्-"परिवारका मुलीले विहेको कुरा अगाडि गरे " अहिले उनको परिवारमा धनबहादुर, सन्तबहादुर, राजकुमार टेकबहादुर-छोरा दुर्इ छोरीको जन्म भएको उनी बताउँछन् ती मध्ये माइला छोराको भारतीय सैनिक अवधिमा सेवारत रहेका छन् साइला राज भने अहिले नेपाली कलाकारिता क्षेत्रमा स्थापित हुँदै गएका छन्
भुपूसैनिकको सम्बन्धका कारण आफ्नो जन्मथलो छोडेर २०४० सालमा झापाको लखनपुर- पाडाजुगीमा आएका लालबहादुर नोकरीपछिका सबै यात्रा जातीय आन्दोलन सामाजिक गतिविधिहरुमा क्रियाशील रहेका छन् लखनपुरमा मगर संघका संस्थापक अध्यक्ष समेत भएका लालबहादुर त्यस क्षेत्रका जातीय आन्दोलनहरुमा सधै अगाडि छन् पाका भए पनि युवाको जोश जाँगर भन्दा कम नभएका यिनी लखनपुर भित्रका जातीय संस्थाहरुका अगुवा अभिभावकका रुपमा लोकप्रिय छन् जातीय संस्थाका कार्यक्रमहरुमा धेरैजसो औपचारिक निम्ताको चिठि आउने दिनचर्या नै त्यस्तै कार्यहरुमा खर्चिएका छन् उनले "धेरैले सुवेदार सावको खोजी गर्छन्" पाका मान्छेको कुरो सुन्ने, बुझने गरेको उनको आफ्नै विश्लेषण उनले आफ्नो जातीय हक अधिकार, धर्म संस्कृतिको विकास संरक्षणका लागि कसैको मुख ताक्नु भन्दा काम गरेर देखाउनु पर्ने सुझाव उनले थपे-"आफ्नो अस्तित्वका लागि अझै लड्नुपर्ने अवस्था "
"सुवेदार साव" भनेर कहलिएका उनी हालै सरकारले गोर्खा सैनिक भर्ती कार्यमा रोक लगाउने भन्ने र्सार्वजनिक विषयप्रति गुनासो राख्छन् भन्छन् -"भारत, बिटि्रसमा नेपाली गोर्खालीहरु एउटा भविष्यको निम्ति सेवा गर्नेमा अंकुश लगाइनु हुँदैन " "रोजगारका लागि ठूलो संस्थामा नेपालीहरु विदेशी रहेका छन्, मुलुकमा रोजगारीका अवसर नभए पछि विदेश जानु रहर होइन बाध्यता देख्छन् उनी उनको बुझाई , विदेशमा खर्चेका श्रमलाई यहाँ प्रोत्साहन होइन, नामेट गरिने कार्य जायज छैन "

0 प्रतिकृया:

Post a Comment