तीनको मृत्यु
सुरक्षा व्यवस्थामा कर्डाई
काठमाडौ/काठमाडौको अति सुरक्षित स्थान मानिने सिंहदरबार नजिकै आयल निगम भवन अगाडी सोमबार अपरान्ह करिब एक बजेर १० मिनेटमा शक्तिशाली बम बिष्फोट भएको हो । बिष्फोटबाट दुर्इ जनाको घटनास्थलमै र एकजनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
![]() |
घटनास्थलमा घाइतेहरुको उद्धार गरिदै |
घाइते ७ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ जसमध्ये दुर्इ जनाको अबस्था गम्भीर छ । प्रहरीका अनुसार घट्नास्थलमै मृत्यु भएका ३४ वर्षीय कृष्ण तामाङ धादिंङ बैरनीका हुन् भने धादिङ बैरेनी-६ का ७० वर्षीय मानबहादुर तामाङको अस्पतालमा मृत्यु भएको हो । तर, अन्दाजी ६५ र ७० वर्षका अर्का मृतकको नाम खुल्न सकेको छैन ।
त्यसैगरी घाइते हुनेहरुमा ३५ वर्षका सोम तामाङ (गम्भीर घाइते), भक्तपुर ताथली-४ बस्ने वर्ष ४५ का रघुनाथ खड्का, धादिङ वैरनी-१ घर भएको वर्ष- ६५ का लालबहादुर तामाङ, कैलाली धनगढी बस्ने वर्ष- ४० को विष्णु फुलारा, ललितपुर लुभु बस्ने वर्ष- २० को वासु श्रेष्ठ, अछाम मास्टामाण्डौं-२ का ४० वर्षका मान. ब. कुँवर, अछाम मास्टामाण्डौं-२ कै वर्ष २१ को भीम ब. कुँवर रहेका छन् ।
वीर अस्पताल प्रशासनले दिएको जानकारी अनुसार करिव ३५ वर्षीय सोम तामाङ र करिब ४० वर्षीय बिष्णुप्रसाद तुलाराको अवस्था गम्भीर रहेको छ । तुलारा आयल निगमको धनगढी कार्यालयमा कार्यरत कर्मचारी हुन् । यस्तै सूचना तथा संचार मन्त्रालयका करिब ४५ वर्षका कर्मचारी रघुनाथ खड्का पनि घाइते भएका छन् ।
बिष्फोटपछि केही घण्टा मुलुककै मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार र त्यस आसपासको क्षेत्र तनावग्रस्त बन्यो । घटनास्थललाई प्रहरीले सिल गरेर अनुसन्धान गरेपछि साँझसम्म घटनामा संलग्न कसैलाई पक्राउ गरेको छैन् । गृहमन्त्री बिजयकुमार गच्छदार घटनास्थल पुगी निरीक्षण गर्नुका साथै वीर अस्पताल पुगेर घाइतेलाई समेत भेटेका थिए ।
0 प्रतिकृया:
Post a Comment