आजबाट शिविर खाली गराइने

काठमाडौं/सेना समायोजन विशेष समितिको बैठकले यसअघि भएको निर्णयअनुसार बिहीबारदेखि १३ वटा शिविर खाली गर्ने निर्णय गरेको
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले बिहीबारदेखि काम थालेर १० दिनमा सक्ने निर्णय गरेको हो खाली भएका शिविरको सुरक्षा नेपाली सेना या सशस्त्र प्रहरीले गर्ने निर्ण भएको विशेष समिति सदस्य एमाले नेता भीम रावलले जानकारी दिए
नजिक सेना या सशस्त्र जसको क्याम्प नजिक , उसले नै सुरक्षा दिने निर्णय भएको रावलले भने ।यस्तै खाली गर्ने शिविरका हतियार नजिक पर्ने मुख्य शिविरमा राख्ने निर्णय बैठकमा भएको प्रधानमन्त्रीले समितिको बैठक नबोलाएको भन्दै कांग्रेस एमालेले मंगलबार मात्रै लिखित रुपमा ध्यानाकर्षण गराएका थिए

0 प्रतिकृया:

Post a Comment