दमक/ बहिर्गमनमा परेका पूर्व माओवादी लडाकुहरुले तीन दिन भित्र आफूहरुको माग सम्बोधन नभए भूमिगत आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार दमकमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुमाथि भिराइएको अयोग्यको बिल्ला खारेज र पुनस्र्थापना प्याकेज नदिए सरकार र माओवादी विरुद्ध आन्दोलित हुने चेतावनी दिएका हुन् ।
फागुन २० गते राती १२ बजेसम्मको अल्टिमेटम सरकारलाई र मातृ पार्टी माओवादीलाई दिएको जनाउदै सो अवधिमा माग सम्बोधन नभए सडक र गाउँबाट युद्धको सुरुवात गर्ने घोषणा समेत गरेका छन् ।
बहिर्गमित जनमुक्ति सेना नेपाल पूर्वी कमाण्ड मेचीद्वारा आयोजित पत्रकार सम्मेलनमा कमाण्डका संयोजक सुनिल लिम्बूले अपमान सहितको शान्ति आफूहरुले नचाहेको बताए । बहिर्गमनमा परेका चुलाचुलीस्थित प्रथम डिभिजनका प्रसान्त थापाले एकीकृत नेकपा माओवादीको नेतृत्वमा आफूहरुले राजतन्त्रको अन्त्यसँगै वर्गीय मुक्तिको आन्दोलन समेत गरेको भन्दै वर्गीय मुक्तिका लागि पुन सशस्त्र आन्दोलनमा होमिन आफूहरु तयार रहेको बताए ।
उनले दुई पटक सम्म यस अघि सरकारसँग वार्तामा बसीसकेका बहिर्गमित लडाकुको धैर्यको बाँध टुटे त्यो खतरनाक हुने चेतावनी दिए । सोही डिभिजनबाट बहिर्गमनमा परेका अर्का पूर्व लडाकु बिजु लिम्बुले आत्म सम्मानका लागि आफूहरुले थालेको आन्दोलनमा सबैपक्षबाट सहयोग पाउने अपेक्षा गरिएको बताए ।
शान्ति प्रकृया सँगै क्यान्टनमेन्टमा बस्दै आएका लडाकुहरु मध्ये ७ वटै मुख्य शिविर तथा सहायक शिविरहरुबाट २०६६ साल मंसिरमा अनमिनद्वारा अयोग्य प्रमाणित ४ हजार ८ जना लडाकु बहिर्गमनमा परेका थिए । सरकारले उनिहरुलाई ३ महिना भित्र पुनस्र्थापना तथा राहत प्याकेज ल्याउने आश्वासन दिएको भए पनि हालसम्म कार्यान्वयन नहुँदा आफूहरु ‘२०५२ साल’ दोहो¥याउन बाध्य भएको अर्का पूर्व लडाकु भीम पौडेलले बताए ।
![]() |
बहिर्गमित लडाकुहरुद्वारा आयोजित पत्रकार सम्मेलन |

0 प्रतिकृया:
Post a Comment