नुनको बोरामा कम तौल

भद्रपुर/मलको बोरामा कम तौलको चर्चा सेलाउन नपाउँदै साल्ट टे«डिङ कर्पोरेसनले बिक्री वितरण गर्दै आइरहेको नुनको बोरामा पनि कम तौल भएको पाइएको
आयोडिनयुक्त हृवाइट वास नुनको ५० किलोको बोरामा न्यूनतम ३६ किलोदेखि ४४ किलोसम्म मात्र तौल रहेको व्यापारीले बताएका छन् यस सम्बन्धमा साल्ट टे«डिङ कर्पोरेसन विर्तामोडका प्रमुख देवराज भट्टराईले ५० किलोको बोरामा सरदर ४५ किलो नुन हुने गरेको भए पनि व्यापारीले त्यसभन्दा पनि कम तौलका नुनका बोरा फेला परेको जानकारी गराएकाले तत्काल नुन बिक्री वितरण रोकिएको बताए
प्याकिङ गरिएको बेलामा ५० किलो राख्ने गरिएको भए पनि कुनैकुनै बोरामा ५५ किलोसम्म पाइएको कममा ४५ किलोसम्म पाइएकाले सरदर ग्राहकसितप्रति बोरा ४५ किलोका दरले बिक्री गर्ने गरिएको बताए   भारतबाट आयत गर्ने क्रममा बोरालाई लोड गर्ने बेलामा हुक लगाउने रेलबाट ओसारपासार गर्ने बेलामा नुन चुहिने गरेकाले ४५ किलोलाई आधार मानेर बिक्री गर्ने गरिएको उनको भनाइ
भारतको एल डी जोशी एन्ड पौद्धार साल्ट कर्पोरेसनले तयार पारेको आयोडिनयुक्त नुन साल्ट टे«डिङले आयात गर्ने गरेको ।नुनको बोरामा कम तौल पाइएको सन्दर्भमा केन्द्रमा जानकारी गराइसकिएको केन्द्रले नयाँ दररेट पठाएपछि मात्र नुन बिक्री वितरण गर्ने निर्देशन दिएको कार्यालय प्रमुख भट्टराईले बताए बिर्तामोडस्थित कार्यालयको गोदाममा हाल नुन मौज्दात नरहेकोले उपभोक्ताले माग गरेमा तुरुन्त विराटनगरबाट झिकाएर वितरण गरिने उनले बताए

0 प्रतिकृया:

Post a Comment