भोजपुरमा ब्युझिँयो रङ्गमाज

जाति धर्म भाषा सम्प्रदाय विचारको रङ्गभन्दा पहिले मानवियता आवश्यक छ भन्ने मूल आसय बोकेको नाटक बेरङ्ग रङ्गहरु गन्तव्य थिएटरले भोजपूरको सामुदायिक सभाकक्षमा शुक्रबारदेखि माचन गरिरहेको छ ।


निकट भविष्यमा नै राष्ट्रिय साहित्यिक सम्मेलनको सहयोगार्थ गजल प्रतिष्ठान भोजपुरको आयोजनामा भएको नाटक माचनको पहिलो दिन देखि नै अपेक्षा भन्दा बढी दर्शकहरु न्ााटकप्रति आकर्षित भएका छन् । नाटक हेरेपछि स्रष्टा श्याम तमोटले भने ूभोजपुरमा नै यत्तिको प्रयोगात्मक र सुन्दर नाटक भएको पहिलो पटक हो ।ू त्यसतै रङ्गकर्मी नारद हार्तम्छालीले भने ूभोजपुरलाई गन्तव्य थिएटरले ठूलो गुण लगायो । यो माटोमा जन्मेर चर्चित भएका कतिपय स्रष्टाले भोजपुर भुलेको अवस्थामा दुःख गरेर टाढाबाट यहाँसम्म आइ पुन हराउन लागेको नाटकको माहोल व्युँताएकोमा ।
यो नाटक जहाँ जहाँ माचन हुन्छ आधा कलाकारहरु स्थानीयलाई नै समेट्ने गरेको छ । योभन्दा अगाडि दार्जिलिङ्ग इलाम भूटानी शरणार्थी शिविरमा माचन भै सकेको नाटक बेरङ्ग रङ्गहरु केही समयपछि भारतको सिलिगुडी र सिक्किममा पनि माचन हुँदैछ । नाटक बारे परिकल्पनाकार तथा निर्देशक प्रकाश आङ्देम्बेले भने ूहामीले नाम र दामको लागि धेरै नाटक गर्यौ तर सुन्दर संस्कार र जीवनको लागि नाटक गरेनौं । अब नाटक व्यवसाय र मतलबभन्दा पहिला जीवनको लागि केन्द्रित हुन आवश्यक छ ।ू
नाटकमा कलाकारहरु धनकुटे कान्छा किरण पेले दिलन समाल चेतन आँथुपो सुनिल लिम्बू केशव भुजेल काँसी कडेल सुर्य सुब्बा जमुना राई सविता भुजेल स्वीकृत राई आदिले अभिनय गरेका थिए भने लाइट र म्युजिकको संयोजन महेश भण्डारी र सिजन दाहालले गरेका थिए । फोटॊ २ ओटा छ

0 प्रतिकृया:

Post a Comment