पत्रकार भण्डारीलाई पितृशोक

केरखा/ पिपुल्स टाइम्स दैनिकका सहयोगी तथा पत्रकार उमानाथ भण्डारीलाई पितृशोक परेको छ ।
उनका पिता तोपगाछी-७ केरखा निवासी ६५ वर्षीय भगिरथ भण्डारीको शनिबार दिउँसो निधन भएको हो । उनी फोक्सो सम्बन्धी रोगबाट पीडित थिए ।
स्वर्गीय भण्डारीको शनिबार नै कन्काई नदीमा अन्त्येष्ठि गरिएको छ । उनका श्रीमती धनमाया ५ छोरा उमानन्द कमलपित यादवमणी इन्द्र र भूमिराज भण्डारी तथा छोरी जानुका पौडेल भण्डारी रहेका छन् ।
पाँचथरको सुवाङबाट ४२ वर्ष अघि स्वर्गीय भण्डारी झापा आएका थिए ।

0 प्रतिकृया:

Post a Comment