चौतारीको नया नेतृत्व

विराटनगर/  प्रेस चौतारी नेपाल मोरङको आठाँै अधिवेशनले विक्रम लुँईटेल अध्यक्षमा चयन भएका छन ।
शनिबार विराटनगरमा सम्पन्न अधिवेशनले अध्यक्ष लुईटेलसँग उपाध्यक्षमा मिलन के। राउत सचिवमा भक्त राई सहसचिवमा लोकबहादर चौहान उपसचिवमा सुदिप कोईराला र कोषाध्यक्षमा सन्तोष सिग्देल चयन भएका छन ।
यसैगरी सदस्यहरुमा फिपराज वेघा माधव मुक्रन्द सुरेश अधिकारी किशोर विश्वकर्मा र मुकेश यादव रहेका छन् ।
कार्यक्रमको उद्ाटन शत्रमा चौतारीका केन्द्रिय अध्यक्ष गगन विष्टले अभाव र दवावमा नेपाली पत्रकारीता चल्न नसक्ने भएकोले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन गर्न साचारगृहहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा चौतारीका केन्द्रिय उपाध्यक्ष प्रकाश खतिवडा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतम मोरङ अध्यक्ष विनोद ढकाल चौतारीका केन्द्रीय सदस्य डिल्ली पोखरेल नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष रामचन्द्र अधिकारी चौतारी सुनसरीका अध्यक्ष लीलाराज भट्टराई क्रान्तिकारी पत्रकार संघ मोरङका संयोजक गणेश लम्साल र नेपाल प्रेस यूनियन मोरङका सभापति कुमोद अधिकारी लगायतले प्रेस स्वतन्त्रताको बढ्दो जोखिमका बारेमा चिन्ता व्यक्त गरेका थिए ।

0 प्रतिकृया:

Post a Comment