" सेजका लागि सहयोग गर्छु"

केर्खा/ उद्योग मन्त्री अनिलकुमा झाले झापाको तोपगाछीमा नै बिशेष आर्थिक क्षेत्र-सेज स्थापनाका लागि आफूले पहल गर्ने बताएका छन् ।
तोपगाछीमा आइतबार स्थानीय व्यवसायीहरुसँगको भेटमा उनले बिगतका सरकारले गरेको घोषणा कार्यान्वयनका आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए । सो क्रममा झापा उद्योग वाणिज्य संघ शाखा तोपगाछीका अध्यक्ष पुष्प बास्तोलाले सेज स्थापनाको आवश्यकता र अवस्थाबारेको प्रतिवेदन बुझाएका थिए । मन्त्री झा केर्खा बजारमा जारी श्रीमद् भागतव सप्ताह ज्ञान महायज्ञमा समेत सहभागी भएका थिए ।
डा। बाबुराम भट्टराई अर्थमन्त्री भएको समयमा झापाको तोपगाछी लगायत देशका बिभिन्न स्थानमा निर्यातजन्य उद्योग स्थापनाका लागि सेजको अवधारणा ल्याएका थिए ।

0 प्रतिकृया:

Post a Comment