युनिकमा अखिलको कमिटी

दमक/ एमाले निकट अनेरास्ववियुले दमकस्थित युनिक कलेजमा आइतबार संगठन बिस्तार गरेको छ ।
रोशन बस्नेतको अध्यक्षतामा गठित २९ सदस्यीय प्रारम्भिक कमिटीका उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमशः शशी राई गणेश पाण्डे रोमन रसाईली र सहिल शर्मा चयन भएका छन् ।
कार्यक्रममा संगठनका क्याम्पस बिशेष जिल्ला कमिटी उपाध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्य रहेको थियो भने क्याम्पस कमिटी जिल्ला सचिवालय सदस्य बिराटजंग जवेगु र युवा संघ नेपाल दमक-१३ का अध्यक्ष प्रेम नेपालले शुभकामना मन्तव्य राखेका थिए ।

0 प्रतिकृया:

Post a Comment