जाजरकोट/ उपचारमा ढिलाई हुँदा जाजरकोटमा एक सुत्केरीको मृत्यु भएको छ । पैक -२ मेलमिसाउकी ३८ वर्षीया मैसरा शाहको अस्पतालतर्फ लैजादै गर्दा ढीमे -९ नारे गाउँमा आइतबार मृत्यु भएको हो ।
सुत्केरी ब्यथाबाट पीडित शाहलाई इलाका स्वास्थ्य चौकी घरंगाले मिसन अस्पताल चौरजहारी रिफर गरेपछि त्यस तर्फ लादै गर्दा बाटामै मृत्यु भएको हो । स्वास्थ्य शिक्षा सम्बन्धी चेतना तथा सुविधा सम्पन्न अस्पतालसँगको पहुँचको अभावले जिल्लामा यो बर्ष डेढ दर्जन सुत्केरी महिलाको मृत्यु भइसकेको छ ।
स्थानीयबासीहरुले सो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माणका लागि माग गरेका छन् ।

0 प्रतिकृया:
Post a Comment