दलाल समात्ने अभियान थालौँ - दोस्रो लेख

धरम केसी
शुक्रबार केही साथीहरुले दमामको सिको गार्डेनमै भेट्न बोलाएकोले गार्डेन घुम्न र नेपाली कामदार मित्रहरुसँग भेट्न पाइयो । गार्डेनको छेउमै एकहूल नेपालीहरु कसैको प्रितÔामा थिए अनि फोनमा भन्दै थिए- ुखोई त अहिलेसम्म आएन ु
बुझ्दै जाँदा उनीहरु त साउदी प्रहरीको भ्यानको प्रतीÔामा पो रहेछन । केही Ôण्ँमै प्रहरीको भ्यान आयो र ती सबैलाई भ्यानमा राखेर लग्यो । कुनै दिन यही गार्डेनमा काठमाडौं महानगरपालिकाका सुरÔाकर्मीले फुटपाथे पसलेहरुलाई सडकपेटीबाट लखेटे ´ैं नेपाली सिडी क्यासेटको ब्यापार गर्ने नेपालीहरुलाई साउदी मुतौवा र प्रहरीले लखेटेको देखेको थिएँ । त्योबेला डरले भागाभाग हुन्थ्यो उनीहरुको । तर आज नेपालीहरु साउदी प्रहरीको भ्यानमा खुशी साथ तँछाड मछाड गरी पसेको दृश्य देखियो † कस्तो दिन आयो साउदीमा †
उनीहरु त गइहाले मैले त्यो बेला यसको रहस्य बुझ्न सकिन । पछि मैले अरु नेपालीहरुलाई सोध्दा थाहा भयो कि उनीहरुको त्यो गिरÏतारी ुसुनियोजित र प्रायोजितु रहेछ । यो गिरÏतारीको योजना र प्रायोजन गर्ने पनि नेपाली नै रहेछन् । ती नेपालीले यी नेपालीहरुलाई पक्राउ गराए बापत जनही १ हजार ५ सय साउदी रियाल लिएका रहेछन् ।
गैर आवासीय नेपाली संघ साउदी अरबले यस्ता नेपाली दलालहरुलाई पक्रेर कार्बाही गर्न गराउन नेपाली दूतावास रियादलाई संस्थागत अनुरोध गरिसकेको हो । दूतावाससम्म त्यस्ता दर्जनौं दलालहरुको नामावली पनि पुगिसकेको र दूतावासले त्यसो नगर्न चेतावनीसम्म दिएको खबर बाहिर आएको पनि छ । तर त्यस्ता कुनै पनि दलालहरु हालसम्म कार्बाहीमा परेको खबर भने छैन । यो घटनाक्रमले भगौडा कामदारहरुसँग रकम असुलेर पक्राउ गराउने धन्दा नरोकिएको पुष्टी गर्छ ।
उता साउदी प्रहरीको थुनामा महिनौ बस्दा पनि स्वदेश फर्किन नपाएकाहरुको पीडा बेग्लै छ । यस्तै भगौडा कामदारहरु खचाखच भिरंदा खुट्टा टेक्ने ठाउंसम्म मुश्किलले पाइने यी जेलहरु भित्र बिरामी परेका रोजगारदाताले दायर गरेका कतिपय मुद्दाहरुका कारण्ँ थप तनावमा रहेका बैधानिक हक अधिकार नैतिकता सामाजिक छवि र आफ्नो भावी रोजगारको आश सबै गुमाएका नेपालीहरुका थप पीडा र गुनासाहरु वण्र्ँन गरेर साध्य छैन् । अनि अर्कोतिर यो हप्ता यति जनालाई स्वदेश फर्कायौं यो महिना यतिजना उडिसके यसरी उडाउने ब्यवस्था मिलाइएको छ भनेर प्रचारबाजी गरिएकै हुन्छ । जसका कारण्ँ हुँदा खाँदाको बैध रोजगारी छाडेर भाग्ने भगाउने क्रम थप प्रोत्साहित बनेको छ र दलालहरुको कमिशनको धन्दा अरु फस्टाउँदो र मौलाउँदो छ ।
अवैध भगौडा कामदारहरुका दलालहरु बैध हुने त सवालै भएन । यिनीहरुलाई पकि्रन र सजायको भागिदार बनाउन त्यति सजिलो पनि छैन् । किनकी यिनीहरुले लिएको अवैध कमिशन रकमको कुनै बिल भपाई हुँदैन र कतिपय कामदारहरुले आफ्नो दलालको नाम बताउन पनि चाहँदैनन् । त्यसैले पहिचान र प्रमाण्ँ खोजिको िवÈय बन्दैछ । बैध कामदारहरुका एजेन्टहरु नै बैध छैनन् । यिनीहरुले त्यस्ता अबैध ठगी र कमिशनका धन्दाहरुमा आफ्नो संलग्नता नै स्वीकार गर्दैनन जिम्मेवारीबोध र जवाफदेहिता त धेरै परको कुरा । पैसा पावर पहुँच र प्रभाव यिनीहरुकै बढी हुने हुँदा यदाकदा खादा ओढाई सम्मान गरिनेमा समेत पर्दछन यिनीहरु †
के गर्ने त
अहिले साउदी अरबमा विद्यमान दुई प्रमुख भगौडा र घरेलु महिला कामदारका समस्या दीर्घकालिन समाधानका लागि दुईओटा कदम चालिएका छन् । नेपाली दूतावास रियादको विशेÈ पहलमा घरेलु महिला कामदारहरुको िभÈा रोकिँदा र नेपाली कामदारहरुको न्यूनतम तलब १ हजार साउदी रियाल तोकिँदा विद्यमान समस्या समाधानमा सकारात्मक असर पर्ने निश्चित छ । तर दुर्भाग्यवश माथि उल्लेखित अबैध दलालहरु लगायत उपरोक्त धन्दाहरुबाट फाइदा उठाइरहेका केही स्वार्थी तत्वहरुलाई यी कदमहरु मन परेको छैन । एकातिर ुसाउदी अरबमा घरेलु महिला कामदारहरुलाई किन रोक्ने आउन दिनुपर्छ ।ु भन्ने स्वरहरुलाई शक्तिकेन्द्रहरुसम्म पुर् याईंदै भने ुकामदारको तलब राजदूतले तोक्ने होइनु भन्नेहरुले अहिले पनि साउदी अरबमा ५ देखि ७ सय रियाल तलब रहेका िभÈामा कामदारहरु पठाएर दूतावासको सिफारिस तथा निण्र्ँयको खिल्ली उडाइरहेका छन् ।
मौजुदा परिस्थितीले दिएको सन्देश र िशÔा यही छ कि जसरी पीडित महिला कामदारहरुको उद्धारमा ुदलाल केन्द्रितु बन्दा कमसेकम पीडित महिलाहरुको स्वदेश फिर्तीको टिकटको आवश्यकता नपरेको अबैध दलालहरु पक्राउ पर्न थालेको र त्यस्ता दलालहरुको चंगुलमा परी थप नेपाली महिला दिदी बहिनीहरु बेचिनबाट जोगिने परिस्थिति बन्दैछ त्यसरी नै पीडित पुरुÈ कामदारहरुको उद्धार पनि अब ुदलाल केन्द्रितु बन्नै पर्दछ ।
कमिशनकै लागि कामदार भगाउने र थप कमिशन रकम असुली जेल पठाउने दलालहरुलाई त ´न् खोजी-खोजी कार्वाही गर्नु पर्छ । जब एउटा साधारण्ँ लेबरले पनि साउदी अरबमा ८ घण्टा काम गरेर १ हजार साउदी रियाल पाउनेछ र ुभागेको खण्डमा उनी त के उनको मृत लास समेत स्वदेश पुग्नसक्ने छैन भन्ने शन्देश कामदारहरुको मन मस्तिष्कमा पुग्नेछ तब शायदै कुनै नेपाली कामदारहरु भाग्नेछन । समस्या समाधानका अरु पनि बाटाहरु होलान् तर समाधानको उचित बाटो भने यही हो ।
लेखक गैरआवासीय नेपाली संघ साउदी अरेबियाका अध्यÔ हुन् ।

0 प्रतिकृया:

Post a Comment