बिर्तामो/ झापामा बर्ड फ्लु दोश्रो पटक देखिएको छ । ५ वर्ष अघि नेपालमा नैं पहिलो पटक बर्ड फ्लु देखिएको झापामा दोश्रो पटक तीन स्थानमा पुष्टि भएको हो ।
जिल्ला पशु सेवा कार्यालय झापाका अनुसार जिल्लाको पूर्वी क्षेत्रहरु अर्जुनधारा चारपाने र पाठामारीमा वर्डफ्लु पुष्टि भएको हो । चारपाने-३ का देवेन्द्र किसानले पालेको लेयस्र तथा अर्जुनधारा-७ का गोपालप्रसाद ओली र पाठामारी-१ का निजाम मिया र कौसर मियाले पालेका कुखुरामा वर्ड फ्लु पुष्टि भएको पशु सेवा कार्यालयका प्रमुख डा। राधेश्याम मण्डलले जानकारी दिए ।
केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा गरिएको नमुना परीक्षणमा जिल्लाका तिनै स्थानका कुखुरामा बर्डफ्लुको जीवाणु भेटिएको जनाइएको छ । रोग प्रमाणित भएको स्थानमा ुर् यापिड रेस्पोन्स टिमु खटाई सकिएको पशु सेवा कार्यालयले जनाएको छ । रोग पहिचान भएका क्षेत्रमा कुखुरा तथा अन्य पन्छी मार्ने कार्य शुरु भइसकेको मण्डलले जानकारी दिए ।
तीनवटै स्थानमा १५÷१६ जनाको टोली खटिएको छ । प्रत्येक टोलीमा ६ जना प्राविधिक र ५÷५ जना जनपथ र सशस्त्र प्रहरी रहेका छन् । बर्डफ्लु भेटिएको स्थानलाई नियन्त्रणमा लिएर कुखुरा मार्न थालिएको र ३ दिन भित्रमा सम्भावित क्षेत्रका पन्छी हटाउने मार्ने तथा खोरहरु सफा गर्ने कार्य सक्ने लक्ष्य पशु सेवा कार्यालयको रहेको छ ।
२०६३ सालमा नेपालमा नैं पहिलो पटक झापाको मेचीनगर-१० मा वर्डफ्लु भेटिएको थियो ।

0 प्रतिकृया:
Post a Comment