हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्विर : राम योङ्हाङ ।

हाईड्रो हाउस:

दक्षिणी इलामको दानाबारीमा निमार्णाधीन सानिमा माई हाईड्रपावर लिमिटेडको विद्युत उत्पादन गृह । यो हाईड्रपावर निर्माण सम्पन्न भएपछि २२ मेगावाट क्षमताको विद्युत उत्पादन हुनेछ । तस्वि

प्रजातन्त्रका सेनानीको निधन

गौरादह, चैत्र २/प्रजातन्त्रका सेनानी गौरादह ९ निवासी कृष्णप्रसाद घिमिरेको निधन भएको छ ।
मंगलबार साँझ पौने ७ बजे काठमाडौमा उपचारकै क्रममा निधन भएका घिमिरेको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको जनाइएको छ । ८५ वर्षीय घिमिरे मधुमेह रोगबाट पीडित थिए । उनको अन्त्येष्टीमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला सहित राजनीतिक नेता कार्यकर्ता सामाजिक तथा शैक्षिक व्यक्तित्वहरु लगायत सहभागी थिए ।
स्वर्गीय घिमिरेका श्रीमती, छोरा डा. हरि घिमिरे, छोरीहरु इन्दिरा, भुपा र सीता रहेका पार्टी स्रोतले जनाएको छ । उनको निधनमा बुधबार गौरादहमा नेपाली कांग्रेस गाउँ समितिले स्वर्गीय
घिमिरेको तस्वीर राखेर श्रद्धाञ्जलि कार्यक्रम समेत गरेको नेपाल शिक्षक संघका जिल्ला सदस्य बद्री कार्कीले जानकारी दिए । सो कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य यादवराज सेढाईले स्वर्गीय घिमिरेको व्यक्तित्वबारे चर्चा गरेका थिए । पार्टी गाउँ सभापति हेमन्त कार्कीले स्वर्गीय घिमिरेको स्मृतिमा विभिन्न कार्यक्रम गरिने बताएका छन् ।
स्वर्गीय घिमिरे २००७ सालको क्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रहको आन्दोलनमा उल्लेख्य योगदान रहेको नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका सो क्षेत्रका रोहितकुमार शाहले बताए । उनी २०४६ साल फागुन १ गते गौरादहबाट पक्राउ समेत परेका थिए ।

आलु कुहिएको बारे अनुसन्धान शुरु

किसानहरुले भने माटोमा नभई बिउमा रहेको खराबीका कारण आलु उत्पादनमा नोक्सानी भएको बताएका छन् ।
लखनपुर, चैत्र २/लखनपुर–१ गुहेश्वरीमा दादे रोगका कारण बिज बृद्धिका लागि गरिएको आलुखेती असफल बारे अनुसन्धान सुरु गरिएको छ । पूर्व मूल बिउ प्रदान गरेको आलुबारी विकास कार्यक्रमले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँगको समन्वयमा अनुसन्धान सुरु गरेको हो । प्रारम्भिक अनुसन्धानसँगै सो जमिनमा ५ वर्षसम्म आलुखेती नगर्न बिज्ञहरुले सुझाव दिएका छन् ।
स्थानीय लगनशील कृषि सहकारी संस्थाको अगुवाईमा ३ वर्षदेखि आलुको बिज बृद्धि खेती गरिँदै आएको स्थाननको जमिन प्रारम्भिक अनुसन्धानबाट आलु खेतीका लागि उपयुक्त नरहेको देखिएको उनीहरुको भनाई छ । जिल्ला कृषि विकास कार्यालय झापाका अधिकृत सुर्यनारायण यादवले माटोको उपचारपछि स्वस्थ नठहरिएसम्म पुनः आलुखेती गर्न नहुने बताए ।
स्थलगत अवलोकन तथा अध्ययनका लागि बुधबार आएका आलुबाली विकास कार्यक्रममा बरिष्ठ आलु बिज्ञ श्याम ढकालले खुमलटारबाट उत्पादित बिउबाट फलेको आलुमा रोग देखिएको पहिलो पटक भएको बताएका छन् । किसानहरुले पठाएको नुमुना परीक्षणका क्रममा समेत आलुको बिउमा नभई माटोमा रोग रहेको अनुमान रहेको उनले दाबी गरे । थप अनुसनधानका लागि परिषद्का बैज्ञानिकहरुसँग समन्वय भइरहेको बताए । क्षेत्रीय बाली संरक्षण प्रयोगशाला बिराटनगरका बरिष्ठ बाली संरक्षण अधिकृत नथुनी शाहले आलुबालीमा ढुसी तथा व्याक्टेरीयाका कारण आलुमा यस प्रकारको रोग लाग्ने गरेको बताएका छन्  । लखनपुर–१ मा भने ब्याक्टेरीयाका कारण रोग फैलिएको हुनसक्ने उनको अनुमान छ । आवश्यकता भन्दा बढी कम्पोष्ट मलको प्रयोग तथा आलुका दाना बढ्ने समयमा सिँचाईको सन्तुलन नमिल्दा पनि यस प्रकारका रोगहरु फैलन सक्ने शाहले बताए ।
किसानहरुले भने माटोमा नभई बिउमा रहेको खराबीका कारण आलु उत्पादनमा नोक्सानी भएको बताएका छन् । सहकारी संस्थाका अध्यक्ष डम्बर निरौलाले बजारबाट ल्याइएको बिउबाट उत्पादित आलु राम्रो रहेको तर आलु बालि विकास कार्यक्रमबाट ल्याइएको बिउबाट उत्पादित सबै आलु रोगी रहेको बताए । किसानहरुले भने आलु खेतीमा पुगेको क्षतिको राहत नपाएसम्म संघर्षका बिभिन्न कार्यक्रम जारी राखिने बताएका छन् । बिज्ञबृद्धिमा रोग लागे पछि ५ लाख रुपैयाँ भन्दा बढीको नोक्सानी भएको संस्थाकी सदस्य गीता गजुरेलले बताईन् ।
झापामा कुप्रिसिन्धुली, खुमलरातो, जनकदेव, डेजीरे, कुप्रीज्योती, लालगुलाब, कानपुरे, कार्डनल लगायतका जातको आलु खेती गर्ने गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कुप्रिसिन्धुली जातको र लखनपुर–१ का किसानहरुमा मात्र उत्पादनमा समस्या देखिएको कार्यालयका निमित्त प्रमुख रामप्रसाद गौतमले बताए ।

श्रीमतिको हत्या

शिवगञ्ज, चैत्र २/ झापाको महाभारा–७ मा एक व्यक्तिले मादक पदार्थ सेवनगरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
सो ठाउँका ३५ वर्षीय हल्दि मर्डी (सन्थाल) ले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा ३० वर्षीया ऋषीदेव मर्डीको मृत्यु भएको हो । गत फागुन २५ गते पारिवारीक विवादमा श्रीमानको कुटपिटबाट गम्भिर घाईते भएकी ऋषीदेवको उपचार अभावमा घरैमा मंगलबार मृत्यु
भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
प्रहरीेले ऋषीदेवका श्रीमान हल्दिलाई बुधबार नै नियन्त्रणमा लिएको जनाइएको छ ।

नेपालको दोस्रो जित – खेल समाचार

दमक, चैत्र २/ नेपालले डेनमार्कलाई ९ विकेटले हराएर बुधबार आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित हात पारेको छ ।
डेनमार्कले दिएको ८३ रनको विजयी लक्ष्य नेपालले ४४ बल बाँकी छँदै पार ग¥यो । दुबईको आइसीसी ग्लोवल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाललका लागि प्रदीप ऐरिले सर्वाधिक ६५ रन बनाएका थिए भने शरद भेष्वाकरले १३ रन जोडे । उनीहरुले दोस्रो विकेटका लागि नट आउट ७८ रनको साझेदारी गरेका थिए । ओपनर ब्याट्स् म्यान परेश लोहनी ३ रन बनाएर पवेलियन फर्केका थिए ।
यसअघि नेपालको सानदार प्रदर्शनमा ह्याट्रिक गरेका शक्ति गौचनले चार विकेट लिएका थिए  । त्यसैले डेनमार्कले १९ ओभरमा अलआउट हँदै  ८२ रन मात्र बनाएको थियो ।  नेपाली बलर पृथु बाँस्कोटाले २ तथा सञ्जम रेग्मी र वसन्त रेग्मीले पनि १र१ विकेट लिएका थिए । दुई डेनिस ब्याट्स म्यानलाई नेपालले रन आउट गरेको थियो ।

केर्खामा कन्सर्ट हुने

केर्खा, चैत्र २/झापाको तोपगाछीस्थित केर्खामा आगामी आइतबार लाइभ कन्सर्ट हुने भएको छ ।
केर्खास्थित न्यू स्टार क्लबको आयोजना रहने सो कन्सर्टमा नेपालकै चर्चित द एज ब्याण्डले एकल प्रस्तुती गर्ने कन्सर्टका संयोजक गोपाल साम्राले जानकारी दिए ।
गत पौष महिनामा केर्खामा आयोजना गरिएको प्रथम ऐतिहासिक तोपगाछी महोत्सवमा नोक्सानी व्यहोर्नुपरेकाले सोका लागि सहयोगार्त कन्सर्ट आयोजना गर्न लागिएको संयोजक साम्राले बताए । कन्सर्टमा २ लाख ५० हजार रुपैयाँ खर्च हुने तथा ५ हजार दर्शकले टिकट काटेर कन्सर्ट हेर्ने आयोजकको दाबी छ ।
केर्खास्थित शहिद धर्मभक्त उच्च मा.वि.को प्राङ्गणमा हुने सो कन्सर्टका लागि १ सय रुपैयाँ टिकट दर कायम गरिएको बताइएको छ ।

एभरेष्टद्वारा सम्मान र छात्रवृत्ति

दमक, चैत्र २/ झापाको दमकस्थित एभरेष्ट मल्टी टेक्निकल कलेजले बुधबार एक कार्यक्रमको आयोजना गरी २७ जना शिक्षकहरुलाई सम्मान तथा २९ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ ।
जिल्ला शिक्षा कार्यालय झापाका उप–सचिव फडिन्द्र खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न एभरेष्ट सांस्कृतिक तथा बृहत छात्रबृत्ति एवम् सम्मान कार्यक्रमको आयोजना गरी एभरेष्टले दमकका अग्रज शिक्षक छबिलाल सिटौला सहित सामुदायिक विद्यालय अन्तर्गत दमक स्रोत केन्द्रका कृष्ण भण्डारी, गौरादह स्रोत केन्द्रका गणेश पौडेल, तोपगाछी स्रोत केन्द्रका सूर्य सापकोटा र कलेजका सिनियर कम्प्युटर टेक्निसियर पूर्ण राईलाई सम्मान पत्र सहित सम्मानित गरेको हो ।
त्यस्तै तीन स्रोत केन्द्र अन्तर्गतका उच्च मा.वि. र मा.वि. गरी २३ विद्यालयका प्राचार्य तथा प्रधानाध्यापकहरुलाई सम्मानित गरिएको एभरेष्टका फाउण्डर प्रिन्सिपल बिज्ञान भट्टराई ‘ताप्लेजुङ्गे’ ले जानकारी दिए ।
त्यस्तै कक्षा १० मा अध्ययनरत विभिन्न विद्यालयका २९ जना छात्र छात्रालाई विद्यालयकै सिफारिसमा १३ हजार १ सय बराबरको छात्रबृत्ति प्रदान गरिएको छ । भट्टराईका अनुसार छात्रबृत्ति प्राप्त गरेका विद्यार्थीहरुले प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि छात्रबृत्तिमा एभरेष्टमा प्राविधिक बिषयको निःशुल्क अध्ययन गर्न पाउने छन् ।
त्यस्तै कार्यक्रमका बीच चर्चित हाँस्य कलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ ले प्रस्तुती गरेका थिए भने सोही कार्यक्रमका बीच आयोजित माविस्तरीय नृत्य प्रतियोगितामा २४ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा पाणिनी मा.वि. दमककी पूर्ण राई प्रथम, कमला मदन आश्रित उमावि, तोपगाछी द्वितीय, सरस्वती मा.वि. लखनपुर तृतीय र सरस्वती उच्च मा.वि. दमकले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
शुभदीपावलीका अवसरमा एभरेष्टले आयोजना गरेको देउसी कार्यक्रमबाट प्राप्त ४५ हजार ८५ रुपैयाँ सहयोग रकममध्ये १० हजार रुपैयाँ खर्च कटाई सो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । छात्रबृत्ति तर्फ ३ लाख ७९ हजार ९ सय रुपैयाँ बराबरको छात्रबृत्ति वितरण गरिएको समेत भट्टराईको भनाई छ । कार्यक्रममा प्रमुख अतिथि खत्री र एभरेष्टका विशेष सहयोगी सुवासचन्द्र भट्टराईले मन्तव्य राखेका थिए ।

परीक्षा दिँदा ध्यान दिनुपर्ने कुराहरु

श्यामकुमार सिंह
हामीले आफूभित्र यस्तो Ôमता विकसित गर्नुपर्छ कि जीवनमा प्रत्येक Ôण्ँ केही न केही सिक्न सकौ“ । आजको समय कडा प्रतिस्पर्धाको हो । जीवनको प्रारम्भदेखि लिएर अन्त्यसम्म मानिसलाई कैयन् परीÔा पार गर्नुपर्छ । स्कुलमा जीवनका लागि स्पष्ट मार्गदर्शन एउटा बालकलाई दिइरहनुपर्छ ।
एउटा छात्रले आङ्खनो विÈयलाई कति गहिराइसाथ आत्मसात् गरेको छ । परीÔामा उसले प्राप्त गरेको अङ्क नै हुन्छ । परीÔाले हामीलाई आत्मसात् गराउ“छ कि हामी कुन माटोले बनेका छौ“ र हामीस“ग विÈम परिस्थितिबाट बच्ने र समस्या सुल्झाउने कति Ôमता छ । परीÔामा सफल हुने केही सुझाव यसप्रकार छन् ः
उपेक्षा नगरौ“
हाम्रो सफलताको जा“चपरख परीÔाकÔमा हुन्छ । यदि हामी सफलताप्रति गम्भीर छौ“ भने परीÔाको तयारी वैज्ञानिक ढङ्गले गर्नुपर्छ । यो जीवन कसैलाई पनि परीÔाबाट बच्ने छुट प्रदान गर्दैन । फेरि किन हामी यसलाई जीवनको एउटा कटु सत्यका रुपमा स्वीकार गरेर त्योस“ग आङ्खनो पुरै प्रयत्नसाथ बा“च्ने साहस गर्दैना“ै ।
टेस्ट, एसेस्मेन्ट
मूल्याङ्कन, अर्धवार्Èिक तथा वार्Èिक परीÔा, बोर्ड परीÔा, प्रवेश परीÔा, तुलनात्मक परीÔा प्रत्येक कोण्ँबाट हाम्रो आधुनिक जीवनको एउटा पाटो भइसकेको छ ।
सुन्दर लेखावट
परीÔामा उच्चकोटिको सफलताका लागि राम्रो लेखावट एउटा अनिवार्य सर्त हो । साथै सही व्याकरण्ँको प्रयोग पनि लाभदायक हुन्छ । उत्तरपुस्तिका परीÔण्ँ गर्ने परीÔकमाथि सबैभन्दा पहिलो प्रभाव राम्रो वा खराब छात्रको लेखावटको पर्छ । परीÔकस“ग अस्पष्ट लेखावटलाई पढ्ने समय हु“दैन ।
स्वस्थ मस्तिष्क
स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क निवास गर्छ । प्रत्येक व्यक्तित्वलाई जीवनमा चुस्त, निरोगी र फूर्तिलो बनिरहनका लागि प्रत्येक दिन कम्तीमा आधा घन्टा शारीरिक व्यायाम, योग आदि अवश्य गर्नुपर्छ । यस्तो बानी बसाल्नाले हाम्रो शारीरिक एवम् मानसिक स्वास्थ्य दुवै राम्रो रहन्छ र हामी परीÔामा सफल हुन सक्छा“ै ।
आत्मविश्वास
यदि हामीलाई आफै“ माथि विश्वास छैन भने सम्झिनुस् कि कसैले पनि हामीमाथि विश्वास गर्दैन । जीवनमा केही पनि असम्भव छैन । यदि हामी आङ्खनो मस्तिष्कलाई सुस्त र गतिहीन बनाउने निश्चय गरिहाल्छौ“ भने हाम्रो यस निणर््ँयको परिण्ाँमलाई संसारको कुनै पनि शक्तिले बदल्न सक्दैन । अर्कोतर्फ यदि हामी आङ्खनो परीÔाभन्दा पहिला आङ्खनो सबै विÈयलाई तयारी गर्नका लागि आङ्खनो मस्तिष्कलाई तयार गरिहाल्छौ“ भने हामी अवश्य सफल हुन्छौ“ । दैनिक कम्तीमा सयचोटि आफ“ैस“ग भन्नुपर्छ– म सबैभन्दा राम्रो गर्छु ।
‘एक्जामिनेसन फिबर’
“एक्जामिनेसन फिबर” छात्र स्वयम्द्वारा एउटा कोरा कल्पनामात्र हो । जसरी हाम्रो उदासीनता देखापर्छ हामीलाई परीÔाको विÈयमा गम्भीर भइहाल्नुपर्छ । प्रायः देखिन्छ कि छात्र परीÔाको बेला हतास भइहाल्छन् । परीÔाको वास्तविकता स्वीकार नगर्नु नै यसको मुख्य कारण्ँ हो । जसलाई परीÔाको भूत वा ज्वरोको नामले जानिन्छ । परीÔामा सफल हुनका लागि सर्वप्रथम हामीले यो स्वीकार गर्नैपर्छ ।
पाठ्यक्रमको अध्ययन
महŒवपूणर््ँ विÈय वा प्रश्नलाई मात्र तयारी गर्ने प्रवृत्ति हिजोआज छात्रवर्गमा देखापरेको छ । यदि कसैको लक्ष्य सय प्रतिशत अङ्क प्राप्त गर्नु छ भने परीÔामा आउने सम्भावित प्रश्नको उत्तरको तयारीसम्म मात्र आङ्खनो अध्ययन सीमित राख्नुहु“दैन । सम्पूणर््ँ पाठ्यक्रमबाट सबै प्रश्नको उत्तरको तयार गर्नु एउटा राम्रो बानी हो । जुन छात्र पाठ्यक्रमको केही भागलाई छाडिदिन्छन् उसले परीÔामा असफलताको मुख हेर्नुपर्छ । यसको साथै पाठ्यक्रमको उद्देश्यलाई छात्र आङ्खनो जीवनस“ग दा“जेर त्यसको सार्थकता पनि सिद्ध गर्न सक्छन् । तीनदेखि सातपटकसम्म पाठ्यक्रम पढ्नु भनेको सम्बन्धित छात्र लक्ष्यसम्म पुग्नु हो ।
सफलता र अभ्यास
विशेÈगरी गण्ँित तथा विज्ञान विÈयमा छात्र आङ्खनो वैज्ञानिक एवम् तार्किक दृष्टिकोण्ँ विकसित गर्न पाएन भने उसले सफलतालाई गुमाउन सक्छ । सफलताको एकमात्र सा“चो निरन्तर अभ्यास, अभ्यास र अभ्यास नै हो ।
प्रश्नको स्वरुप
परीÔामा सतप्रतिशत सफलता त्यसले गर्छ जसले प्रश्नको स्वरुप तथा आकार–प्रकारलाई जान्दछ । प्रश्नको केही स्वरुप तथा आकार–प्रकार यसप्रकारका हुन्छन् ः सरल प्रश्न, लघुप्रश्नोत्तर, अति लघुप्रश्नोत्तर, एक अथवा दुई शब्दको उत्तर ।
प्रश्नपत्रको निर्देश
परीÔार्थीले प्रश्नपत्र हल गर्नु अलि निर्देश बुझ्नु धेरै जरुरी हुन्छ । प्रश्नलाई दिइएको निर्देशअनुसार हल गर्दा छात्र आङ्खनो गल्ती सुधार गर्ने मौका प्राप्त गर्छ र यसले परीÔामा पनि राम्रो अङ्क प्राप्त गर्ने सम्भावना बढिहाल्छ ।
उत्तरपुस्तिका एकपटक फेरि हेरौ“
छात्रले आङ्खनो उत्तरपुस्तिका, बुझाउनुअघि १० वा १५ मिनेट समय आङ्खनो उत्तरलाई पूरा–पूरा पढ्नका लागि बचाएर राख्नुपर्छ । यदि छात्रले प्रश्नपत्रको निर्देशलाई ठीकस“ग पालन गरेको छ तथा सबै खण्डको प्रत्येक प्रश्नको उत्तर दिएको छ भने यसले उसलाई राम्रो अङ्क ल्याउनमा मद्धत गर्छ ।
प्रवेशपत्र सुरक्षित राखौ“
बोर्ड परीÔाको छात्रलाई प्रत्येक दिन घरबाट परीÔाकेन्द्र जानुअघि आङ्खनो प्रवेशपत्र सावधानीपूर्वक राखिहाल्नुपर्छ किनकि प्रवेशपत्र नहुनुले छात्र परीÔा दिनबाट वञ्चित हुन सक्छ ।
परीÔाको समयमा राम्रो पेन, पेन्सिल, स्केल, इरेजर, घडी आदिको अत्यन्त महŒव हुन्छ । परीÔामा उपभोग हुने सबै आवश्यक सामग्री राम्रो “क्वालिटी”को हामीस“ग अतिरिक्त मात्रामा हुनुपर्छ ताकि आवश्यकता परेमा छात्र त्यसको तुरुन्त उपभोग गर्न सकुन् ।
परीÔाकेन्द्र कÔमा अनावश्यक कागज, किताब आदि लिएर प्रवेश गर्नुहु“दैन । कुनै प्रकारको आपत्तिजनक वस्तु छेउछाउमा फेलापरेमा त्यसको सूचना परीÔकलाई तुरुन्त दिनुपर्छ ।

बेमौसमको शिक्षक आन्दोलन – खुल्ला आकाश

शिव अधिकारी
पटके आन्दोलन गर्दै आएका शिÔकहरुले फागुन २८ गते चाहिं अति नै गरे । आङ्खनै विद्यार्थीलाई वार्Èिक परीÔा दिनबाट समेत बञ्चित गरेर उनीहरुले शिÔासेवी भएको ‘काइते’ व्यबहार प्रस्तुत गरे । कÔा ८ को जिल्लास्तरीय परीÔा शुरु भएकै दिन शिÔकहरुले शैÔिक आमहड्तालको कार्यक्रम घोÈण्ाँ गरे । विद्यार्थीहरु भने परीÔाको सम्पूणर््ँ तयारी गरेर विद्यालय गए । शिÔकले बन्द गराएका विद्यालयको खाली कोठालाई नियाल्दै निन्याउरो अनुहार बनाएर घर फर्किए । सम्भवतः विद्यार्थीको वार्Èिक परीÔाकै दिन शिÔकहरुले स्कूल बन्द गराएको यो पहिलो घटना हो । वाह, नेपाली शिÔासेवी मान्नुपर्छ तपाईंहरुलाई ।
यो त एउटा नमुना मात्रै हो, कÔा ८ को जिल्लास्तरीय परीÔाको प्रसङ्ग । हाम्रा शिÔकहरुले शैÔिकसत्रको अन्त्य हुने समयमा पटक–पटक गर्दै आएको आन्दोलनले देशभरका ७५ लाख विद्यार्थीको भविष्यमाथि नै ठाडै धावा बोलिरहेको छ । शिÔक आफैं विद्यालय बन्द गरेर, शनिबारको दिन विद्यार्थीलाई पढाएर, गजब–गजबको आन्दोलन गर्छन् । अनि विद्यार्थीले के सिक्छन् ? विद्यार्थीको बालमस्तिष्कमा शिÔकहरुको उक्त हरकतको कस्तो असर पर्छ ? विद्यार्थीको बालमनोविज्ञानले शिÔकहरुको उक्त लाचारीपूणर््ँ कदमलाई कसरी बुझ्छन् ? यसको जवाफ शिÔकहरुस“ग छ ? ‘आफैले जन्माएको बच्चालाई विÈ पिलाउने आमा’को झैं व्यवहार गरेका होइनन्, शिÔकहरुले विद्याथीको वार्Èिक परीÔाकै दिन स्कुलमा तालाबन्दी गरेर ?
शिÔकहरु धर्नामा बस्छन्, नाराबाजी गर्छन्, पुलिसको लाठी खान्छन्, जेल पर्छन् । र, पुनः बाहिर निस्केर आन्दोलन गर्न थाल्छन् । कस्तो विडम्बना ? स्कुलमा हुनुपर्ने शिÔक जेलमा–विद्यालयमा बसेर पढ्नुपर्ने विद्यार्थी घरमा । हो, पछिल्लो केही समयको नेपालको शैÔिकÔेत्रको यथार्थ चित्रण्ँ यही हो । अनि, भनिदिनुस् गुरुहरु–विद्यार्थीहरुले सिक्ने चाहिा के हो ? भोलिको समाज हा“क्ने आजका विद्यार्थीले आर्जन गरेको त्यस्तो ज्ञानले भोलिको कस्तो समाजको मार्गरेखा कोरिरहेछ ? आङ्खना माग पूरा गर्न डाक्टरहरु आन्दोलन गर्छन्, इन्जिनियरहरु आन्दोलन गर्छन् । वकिल, निजामती कर्मचारी सबै बन्द, हड्ताल र आन्दोलन गर्छन् । नगरुन् पनि किन ? शिÔकहरु नै विद्यार्थीहरुलाई आन्दोलन गर्न सिकाउ“छन् । त्यही शिÔकले पढाएका विद्यार्थीहरु त हुन्, ती डाक्टर, इन्जिनियरहरु । अनि, आन्दोलन नगरेर के गर्छन् ? जे सिक्छन्, त्यही गर्छन् । उखानै त छ– ‘जैसा गुरु–वैसा चेला¬¬.।’
होलान्, शिÔकहरु मर्कामा परेका छन् । शिÔकहरुको माग जायज होला । तर, ४७ सूत्रीय माग पूरा गर्न ७५ लाख विद्यार्थीको भविष्यलाई च्यााखे थाप्ने शिÔकहरुको कार्य भने एकदमै अशोभनीय छ । त्यति मात्रै हो र ? अझ प्रवेशिका परीÔा (एसएलसी) नै बिथोल्ने चेतावनी दिने शिÔकहरुको कुरा सुन्दा आफैंले जन्माएको बच्चालाई १० वर्Èको उमेर भएपछि घा“टी निमोठ्ने आमाको कर्तुत भन्दा कम लाग्दैन ।  कस्तो नालायकीपन ?
जे होस्, आइतबारकै दिन शिÔकहरुले सरकारस“गको बार्तापछि ५ दिनको लागि आन्दोलन स्थगन गरेका छन् । सोमबारबाटै देशभरका विद्यालयहरु पुनः सुचारु भएका छन् । यो क्रम अब शिÔकहरुकै कारण्ँ फेरि भंग नबनोस् । र, सरकार अनि शिÔकहरु विद्यार्थीको भविष्यप्रति गम्भीर बनोस् । अभिभावकले पनि आङ्खना बालबालिकाहरुलाई आन्दोलनकारीकोमा नभई शिÔाको मन्दिरमा शिÔा आर्जन गर्न पठाएको आभास गर्न सकुन् । विद्यालय शान्तिÔेत्र बनोस्, शिÔकहरु शान्तिका रÔक बनुन्, ज्ञानको दूत बनुन् । अस्तु ।

शिक्षकका आवाजमा झस्कने र तर्सनेहरु – दोस्रो लेख

टङ्क पाठक
२०३६ साल देखि यो मुलुकमा शिक्षकहरुले आफ्ना पेशा हक हित र देशमा समय सापेक्ष शिक्षा सुधारका लागि आवाज उठाउँदै आएका छन् । आज पनि ती आवाजहरु गुञ्जमान छन् । आवाज गुञ्जिन्छन् अनि थन्किन्छ । “काग कराइरहन्छ पिना सुकिरहन्छ ।” ती आवाजप्रति वास्तविकताको अध्ययन गर्ने कसरत नै गरिदैन । अनि सामुदायिक विद्यालयका शिक्षकहरुलाई आरोप लगाइन्छ, राजनीति गरे रे, पढाएनन् रे, झण्डाबोकेर । राजनीतिक गर्नु झण्डा बोकाउन र झोले बनाउने को हो थाहा छ ? तिनै आज झस्कने र तर्सनेहरु होइनौ र ? तिनै कांग्रेसका, एमालेका, माओवादीका मान्छेहरु होइनौ र ? जब–जब संगठन गर्ने बेला आउँछ र चुनाव आउँछ शिक्षकको खोजी हुन्छ । काम जिम्मा लगाइन्छ । पिएम् क्रियाशील, कर्मठ सदस्य दिइन्छ । शिक्षकका आवाजमा झस्कने र तर्सनेहरुले छातीमा हात राखेर भन्न सक्छन् ? शिक्षकले आफै राजनीतिक गरे भनेर ? आज देशभरका तमाम शिक्षकको एउटै आवाज छ, के सबै शिक्षकहरु एउटै राजनीति पार्टीका हुन् त ? तिनीहरुका आवाज भित्र सालीनता, क्रियाशीलता, वेदना, कष्टकर जीवन शैली, दरिद्रता, कुण्ठा र शैक्षिक परिवर्तन के कति छ भन्नु र वास्तविकता पहिचान गर्न नसक्नु समुदाय र राज्यकै लज्जास्पद होइन र ? अनि भनिन्छ मन्त्रीबाट झिक्रामसिना अभिभावक संघ नाम गरेका संस्थाका झस्कने र तर्सने मान्छेबाट यी शिक्षक आवाजलाई परकाष्ट भनेर । आज यो समुदाय र राज्यले शिक्षा के हो ? शिक्षक को हुन् ? भनेर किन चिन्न खोज्दैन । आफ्नो घरमा भएको एउटा बच्चालाई दुई आमा बाबुले सुधार्न धौ–धौ पर्छ तर हजारौँ बालबालिकालाई कसरी रित्याएर त्यो खाली क्यासेट भर्देको होला ? स्मरण रहोस् ती बालबालिकाहरुको लागि शिक्षकको त्याग हुन्छ, माया ममता, स्नेह, जिम्मेवार धेरै हुन्छ । यो भनाईप्रति मनोवैज्ञानिक विश्लेषणको बिर्को खोल्नै पर्छ । अनि भनिन्छ केही आवाज उठान ग¥यो भन्ने ७५ लाख बालबालिकाको भविष्यमाथि खेलवड गर्ने ती मास्टरहरु भनेर १ शिक्षक आन्दोलन र आवाजमा के थियो र किन बुझेन ? थाहा थियो, समयमै देशका सबै जिल्लामा शैक्षिक वर्षको शुरुमै पाठ्यपुस्तक पु¥याउ । वैज्ञनिक ढङ्गबाट व्यावसायिक र रोजगारमूलक शिक्षा प्रणालीको व्यवस्था गर । अस्थायी शिक्षकलाई समयमै आयोग खोल्ने काम गरी स्थायी गर । एउटै छानो मुनि १४ प्रकारका शिक्षकहरुको नाम नराख र विभेदको अन्त्य गर । लामो समयदेखि विद्यालयमा कार्यरत कर्मचारीको उचित व्यवस्था गर । विदेशी दाताले शिक्षा क्षेत्रमा लगानी गरेको रकम शिक्षामै खर्च गर बाँडी चुडी नखाऊ । त्यो आर सयमा राखेका शिक्षकलाई आई.एल.ओ.को सन्धी अनुसार नै पैसा देऊ । विद्यालयलाई समुदायमा जिम्मा नलगाउ सरकारले पन्छने काम नगर । विद्यालयमा विद्यार्थी संख्याका आधारमा दरबन्दीको व्यवस्था गर लगायतका मागहरु न थिए । यो त ती तर्सिने र झस्कने मान्छेहरुले नै बुझ्नु पर्ने होइन र ? के तलब भत्ता बढाईदे भनेको थियो ? के घुस खाने ठाउँमा सरुवा गरिदेऊ तिमी मन्त्रीलाई यति हजार रुपैयाँ घुस दिन्छौ भनेको थियो ? पासपोर्ट बेगर नै विदेश पठाइदेउ भनेको थियो ? के सरकारलाई असफल पारेर शिक्षाको सरकार बनाउँछौ भनेका थियो ? अनि फेरि अर्को प्रश्न उठ्छ अभिभावक संघका जिल्ला देखि उपल्ला तहका अध्यक्ष र सदस्यहरुका छोरा छोरी के सामुदायिक विद्यालयमा पढाएका छौँ र समुदायका विद्यालयको बारेमा पूर्ण ज्ञान छ ? अनि भन्छौ शिक्षकको आवाजमा पराकाष्ट छ भनेर । शिक्षा राज्यमन्त्री रे । झापाको विर्तामोडमा अभिभावक संघको कार्यक्रममा थुतुनो चलाइन् रे । स्थायी शिक्षक भन्दा अस्थायीले पठन पाठन राम्रो गर्छन् भनेर । शिक्षा राज्यमन्त्री लिला भण्डारी जी तपाईले कुन–कुन विद्यालयमा स्थायी र अस्थायी शिक्षकले पढाएको हेर्न आउनुभयो या कतै हेर्नु भयो ? यसो भन्न पछाडि के छ ? स्थायी शिक्षकहरुले कहाँ पढाएका छैनन् ? यदि पढाउनै जान्दैनन् र पढाउँदै भने किन भद्रो हेराई ? कार्यवाही गरेर देखाई देउन् ? त्यस्तै ती शिक्षकका आवाजलाई सम्बोधन गर्न नसक्ने ती राजनीति दल । केवल सत्ता र भत्ताका लागि मात्र । यो समुदाय मालपोत, नापी शाखा, भन्सार, प्रहरी प्रशासन र जनताका सरोकार क्षेत्रमा पैसाको चलखेल हुँदा रम्ने, झुमिने, अरु सयौँ संस्था या पार्टीले हड्ताल गर्दा र बन्द गर्दा आफ्ना बालबालिकाको भविष्यको चिन्ता नगर्ने तर शनिबार समेत विद्यालय खोलेर एक दिन विद्यालय बन्द गर्दा शिक्षक माथि आरोप लगाउने कति जायज छ ? शिक्षक आन्दोलनताका भएका सम्झौता सतै आज सकिँदैछ यो भङ्ग भयो भने फेरि यो देशका तमाम यो मुलुकका कलम कर्मी जुर्मुराउने अवस्था छ । भरिसके यो अवस्था नआओस् । विश्वमा तरबार र बन्दुकले भन्दा कलमले परिवर्तन ल्याएको छ । यहाँ पनि सरकार र सम्बद्ध पक्षले ध्यान नपु¥याए ढिलो छिटो मात्र हो, एक दिन शैक्षिक क्षेत्रमा आधि बेरी आउँदैन भन्न सक्ने अवस्था छैन । तर केन्द्रीय स्तरका नेतृत्व तहले ललीपप खाएनन् भने । शिक्षक मित्रहरु हो आफ्नो कर्मथलो त्यही विद्यालय नै भएकाले आफ्नो दायित्व र कर्तव्यको अनिवार्य पालनानै गर्नुपर्छ । आखिरमा शिक्षक भनेको बालबालिका र समुदायको सचेतक मात्रै होइन । आफू बलेर मैन बत्तिजस्तो जलेर सारा उज्यालो दिने । एउटा पथप्रदर्शक हो । अनुकरणीय व्यक्तित्व हो । फेरि झस्केर तर्सनेले मौकाको अवसरबाट मुक्त पाऔँ ।

तराई केन्द्रीत कांग्रेस कार्यक्रम – पहिलो लेख

कुलचन्द्र वाग्ले
नेपाली कांग्रेसले तराइ Ôेत्रमा आफूलाई थप सक्रिय बनाउने प्रयत्न गरेको छ । यस क्रममा गत हप्ता सुनसरीको इटहरीमा प्रशिÔण्ँ कार्यक्रमसमेत सम्पन्न ग¥यो । अन्य ठाउ“मा पनि यस्ता कार्यक्रम गर्ने योजना बनाएको कांग्रेसले प्रशिÔण्ँबाट त्यहा“को माग, आवश्यकता र खा“चोलाई बुझ्नेछ । जनताकै जरामा पुगेर स्थिति बुझ्नु र राजनीति गर्नु कुनै पनि राजनीतिक दलका लागि स्वभाविक दायित्व हो । त्यसमा पनि लोकतान्त्रिक दललाई अनिवार्य नै हुन्छ । यस्ता कार्यक्रममा स्थानीयबाट प्राप्त सुझावलाई सङ्कलन गरेर कांग्रेसले नेपाल अनुकूल तराइ नीति तय गर्ने लक्ष्य लिएको हुनुपर्छ ।
आधुनिक नेपालका लागि प्रजातान्त्रिक आन्दोलनको लामो समय क्रममा नेपाली कांग्रेसले देशभर व्यापक जनाधार निर्माण्ँ गरेको छ । हिमाल,पहाड र तराइ जहा“सुकै पुरानो र नया“ जनाधार छ र पनि त्यसमा खलबल आउन थालेको टिप्पण्ँी हुदैछ । कांग्रेसले सायद् यही टिप्पण्ँीलाई ध्यानमा राखेर तराइ केन्द्रीत कार्यक्रम ल्याएको हो । यस सन्दर्भमा कांग्रेसको तराइ कार्यक्रमको औचित्य र विÈयमाथि छलफल हुनु जरुरी देखिन्छ । यस विÈयमा केही ऐतिहासिक तथ्य र प्रभावलाई हेरेर छलफल गर्न सकिन्छ ।
निश्चय पनि नेपालको तराइ Ôेत्रको जनमत सिद्धान्ततः बढी नै लोकतान्त्रिक छ । यसो हुनुमा मुख्यतः दुई कारक छन् – पहिलो नेपाली कांग्रेस र दोस्रो विश्वको ठूलो लोकतान्त्रिक मुलुक भारतस“ग प्रत्यÔ सीमा जोडिनु । कांग्रेसको सक्रिय राजनीतिक प्रभाव एवम् सीमा जोडिदा हुने प्रत्यÔ उठबस र त्यसबाट पर्ने भारतीय राजनीतिक छापले तराइलाई लोकतान्त्रिक भावधारमा ल्याएको स्वीकार गर्न हिच्किचाउनु पर्दैन । यस्तो स्थितिबाट नेपाली लोकतान्त्रिक भावधारमा आएको तराइलाई केही वर्È यता Ôेत्रीय भावधारमा खुम्च्याउने प्रयत्न भएको छ । खासगरी कांग्रेसले नै उत्पादन गरेका नेपाली नेता, कार्यकर्ताले तराइलाई नेपालबाट Ôेत्रीय अवस्थितिमा खुम्च्याउने प्रयत्नको नेतृत्व गरेका छन् । अखण्ड नेपालको तराइ जति सुन्दर र सÔम छ Ôेत्रीय रुपमा खुम्चिदा त्यति सुन्दर र सÔम हुदैन भन्ने तथ्य पनि ती नेताले बुझेका छन् र पनि स्वार्थको रोटी सेक्न मधेशवादी हु“दा उनीहरुले सायद सहज देखे । खुम्च्याउन खोजिएको यही मेसोमा कांग्रेसले समग्र नेपालमा लमतन्न तराइ भन्ने गौरब पुनः जागृत गर्न तराइ केन्द्रीत कार्यक्रम र नीति तय गर्न खोजेको हुनुपर्छ ।
भारतस“ग सीमा जोडिएको प्रभाव विÈयमा धेरै व्याख्या आवश्यक छैन तर नेपाली कांग्रेसले कसरी तराइस“ग र तराइले कसरी नेपालस“ग आफूलाई जोडे त्यो भने हेर्नुपर्छ । नेपालमा प्रजातन्त्र ल्याउन तराइबासी नेपाली कांग्रेसका नेताहरुले निर्वाह गरेको भूमिका इतिहासका लागि अवस्मरण्ँीय छ । प्रजातन्त्र प्राप्तिपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारमा महोत्तरीका रामनारायण्ँ मिश्र उद्योग मन्त्री हुनुहुन्थ्यो । त्यसबेला दाङका परशुनारायण्ँ चौधरी शिÔा मन्त्री र पार्टीका महामन्त्री पनि बन्नुभयो । त्यहीबेला सिरहाका सूर्यनाथदास यादव संसदीय व्यवस्थामन्त्री हुनुुभयो । उद्योगमन्त्री मिश्रका छोरा हरिशंकर मिश्र लामो समयसम्म कांग्रेस नै रहनुभयो । गजेन्द्रनारायण्ँ सिंह २००७ सालदेखि नेपाली कांग्रेस सप्तरीका सभापति रहनुभयो । उहा“ २०१७ सालपछि कांग्रेसको नेताका रुपमा भारतको प्रवासमा पनि बस्नुभयो । सप्तरीका रामेश्वरप्रसाद सिंह त्यस्तै जुझारु नेता हुनुहुन्थ्यो । अंग्रेज सत्ताविरुद्ध भारत छोडो आन्दोलनका नेता जयप्रकाश नारायण्ँ र राममनोहर लोहिया लगायत क्रान्तिकारीहरु हजारीबागको जेल तोडेर नेपाल प्रवेश गर्नुभयो । नेपालमा पनि सप्तरीस्थित जेलमा उहा“हरुलाई थुनियो । ती भारतीय स्वतन्त्रता सेनानीलाई सप्तरीको जेल तोडेर मुक्त गर्न उनै जुझारु नेता रामेश्वरप्रसाद सिंहले ०१५ सालमा नेतृत्व गर्नुभयो । त्यस क्रममा जेलका एक सुरÔाकर्मीको निधन भएको थियो ।
त्यस्तै बन्दनीय सहिद दुर्गानन्द झा हुनुहुन्छ । भद्रकाली मिश्र पनि कांग्रेस नै हुनुहुन्थ्यो । यस्ता असङ्ख्य राष्ट्रिय नेता वा राजनेता नेपालले तराइबाट पाएको हो । २०१५ सालका उपसभामुख र प्रजातन्त्र पुनस्र्थापनापछि मन्त्री एवम् पार्टीका महामन्त्री बन्नुभएका राजनेता महेन्द्रनारायण्ँ निधिले लोकतान्त्रिक नेपालका लागि दिनुभएको योगदान नेपालीले बिर्सन सक्ने विÈय होइन । त्यसो त विपी कोइराला, गिरिजाप्रसाद कोइराला, सरोज कोइराला लगायत हजारौ“ नेता कार्यकर्ताले तराइ भूमिबाटै नेपालको प्रजातान्त्रिक आन्दोलनलाई हाक्नु भएको हो । यस्ता ऐतिहासिक उदाहरण्ँ र व्यक्तित्वहरु छन् जसले प्रजातान्त्रिक नेपाल भन्नोस् वा आधुनिक नेपाल निर्माण्ँ गर्न दिएको योगदान अत्यन्त गौरवपूणर््ँ र अवस्मरण्ँीय छ । यो बृहत इतिहासको उत्खनन् र संयोजनको विÈय हो । ०१५ सालको पहिलो आमनिर्वाचनबाट तराइ Ôेत्रले नै प्रतिनिधिसभामा अधिक प्रतिनिधित्व गरेको हो । वर्तमान हेरियो भने पनि धेरै उदाहरण्ँीय व्यक्तित्व छन् । कुनै दिन कांग्रेसका नेता डा.रामवरण्ँ यादव अहिले नेपालका राष्ट्रध्यÔ हुनुहुन्छ ।
नेपाली कांग्रेसले यही गौरवशाली इतिहासको पदमार्ग निर्देशित भएर वर्तमानमा तराइ केन्द्रीत कार्यक्रम गर्नुको औचित्य छ । उल्लेखित व्यक्तित्वहरु कांग्रेसमा जन्मनुभयो । उहा“हरुले तराइलाई नेपालस“ग जोड्नुभयो । तराइबाट पहाड, हिमाल, तराइका सबै नेपालीलाई हेर्नुभयो । अहिले त्यो खा“चो बढेको स्थिति छ । कांग्रेसले त्यो खा“चोलाई पूरा गरेर नेपाललाई भावनात्मक रुपले दृढतापूर्वक जोड्नुपर्छ । कार्यक्रम औपचारिकतामा मात्र सीमित हुनुहु“दैन । त्यस्तै तराइका नेताले पनि Ôेत्रीय विकासको अवधारण्ाँस“गै सिङ्गो नेपाल हेर्नुपर्छ । आफूलाई ती ऐतिहासिक पुरुÈ जस्तै राष्ट्रिय नेता स्थापित गर्नुपर्छ । नेपालीको आवश्यकता र अपेÔा यही हो ।
प्रशिÔण्ँको विÈय लोकतन्त्र हुनसक्छ । त्यस्तै संघीयता वा राज्यपुनःसंरचना हुनसक्छ । शासकीय स्वरुप पनि बन्न सक्छ । अर्थात् मुलुकका जल्दाबल्दा विÈय नै प्रशिÔण्ँका पनि विÈय हुन् । यति हु“दाहु“दै पनि तराइ Ôेत्रका बासिन्दाले दैनिक भोगी रहेको कठिनाइ, उनीहरुका आवश्यकता र मागसमेत कांग्रेसले समेट्नुपर्छ । स्थानीयलाई राष्ट्रियभन्दा पनि आ–आङ्खनै समस्याले पिरोलेको हुन्छ भन्ने बिर्सनु ह“ुदैन । ती समस्याई राम्ररी सम्बोधन गर्ने दृष्टि–सोच र सम्बोधन गर्दा मात्र जनाधार बलियो भनियोस् वा आकर्Èित हुन्छ भन्ने तथ्य लागू गर्नुपर्छ । कांग्रेसले आङ्खना जिम्मेवारपूणर््ँ धारण्ँ निर्धक्क प्रस्तुत गर्न हिच्किचाउनु हु“दैन ।