भुुइँचालोपछि भग्नावशेषका उदाउँदा पात्र र कुुखुुरी काँ...


टंक पाठक
२०६३ पछि यो मुलुुकको राजनीति क्षेत्रसँगै यावत कुुरामा विश्वास बढ्दै जान्छ भन्ने प्रवल सम्भावना पाउला पलाउन थालेका थिए । तर ती सम्भावनाका पाउलाहरु विस्तारै सुक्दै गए । केही बाँकी रहेका ति विश्वासका पाउले पात थिए भने पनि यो वैशाख १२ गतेको महाभूूकम्पदेखि भग्नावेषमा परिणत हुन थालेको हो कि भन्ने जो सुकैले आँकलन गर्न थालेका छन् । महाविपद्मा परेकाको लागि उद्धार र राहत, घाइतेहरुको लागि मलमपट्टी र मृतकका परिवारजनलाई काजकिरिया गर्न सहयोगी हातहरु स्वदेश विदेशबाट झन् जुट्ने काम हुँदैछ । मेचीदेखि महाकाली सम्मका यो देशमा बसोबास गर्नेले दिनप्रतिदिन शुुभकामना र दिंवगत आत्माको चिरशान्तिको कामना गर्दै पूूजा पाठ जपतप पुराण जस्ता जस्ता कार्य गर्दै दिदै प्रज्वलन गरिखानेका छन् । सबैको मनोवैज्ञानिक रुपमा मनमस्तिष्क समेत बेहाल छ । तर ति धरहराको टुुप्पोमा पुुग्यौं भन्नेहरु, आकाश छुने महल बोक्ने ति मान्छे निर्दयी मान्छे, स्पष्ट भन्नुपर्दा ति सभासद् भनौदाले आफै विपत्ति परे जस्तो गरेर राहत सामग्रीको दुुरुपयोग र ति विदेशीले पठाएका त्रिपाल एक वरिष्ठ नेता या सभासद् राजेन्द्र पाण्डेदेखि केही सभासद् वाहेक जुुनसुुकै पार्टीका नेताले त्रिपालको पाकेट लुुछाचुडी गरेर बोको दृश्य र पार्टी दृष्य सबैको सामु छर्लङ्ग देखियो । कठैवरा ! एक महिनाको भत्ता र सुुविधा ८० हजारदेखि १ लाख ५० हजारसम्म खाने ति हरिब दरिद्र एक बोरा चामल र एउटा त्रिपालमा एउटा हड्डीमा धेरै कुुकुुरले लडाइ गरे जस्तो गर्दा उनीहरुका अनुुहार खुशी भए होलान् । श्रीमतीलाई पनि आफूूहरुले सभासद् भएर ठूलै काम गरेको भन्दै खुुशी पारेहोला । सुुटेट–बुुटेड थिए होला तर नेपाली जनताले के भने होला ? कुुरी कुरी कि के ? यो सन्दर्भ र यी कार्यलाई हेर्दा यसो भन्दा कसो हुन्छ ?
कुुखुुरी काँ, भुुइँचालो आँ ।
खोई राहत ? गोदाममा छ
खोइ गोदाम ? ब्यापारीको हातमा
खोई ब्यापारी ? मन्त्रीको साथमा
खोई मन्त्री ? दुुला भित्र पसे
खोइ दुुलो ? भुुइँचालोले किच्यो ....
कुुखुुरी काँ ? विदेशी त्रिपाल जतियाँ
खोई त्रिपाल ? सभासद्ले लगे
खोई सभासद् ? घरघरमा लुुके
खोई घर ? भुुइँचालोले भत्कायो
खोई भुुइँचालो ? भागो....
त्यसैले ति मनमा चिरिएका विपद्मा परेका, आत्राले पालेर छट्पट्याई रहेका लागि राहतका लागि यस्तै देखिदैछ । ओठले सबैलाई राहत छ, सहानुुभूूति छ, माया छ, ममता छ, दया छ, सायद करुणा पनि होला तर व्यवहारले के छ जो कोहीले महसुुस गरेकै होला ? यो टिप्पणीकारले यसो भन्दै गर्दा हुन सक्छ सुुगम, सुुरक्षित र पहँुुचवालालाई राहत प्रशस्तै भयो होला तर आजका दिनसम्ममा त्यो गोरखाको आरुघाट, माछाखोला बजार, लापु, खानीगाउँ खोलो गाउँलगायत अनि दुुर्गम स्थान र सिन्धुपाल्चोकको विकट गाउँहरुमा ति उपलब्ध सामग्री नपुुगेको र त्यहाँका जनताको जनजीवन अति कष्टकर भएको कुुरो घाम झै छर्लङ्ग छ । यसै शीलशीलामा एउटा अर्को दृष्टान्त दिन सान्दर्भिक ठान्दछु। जुनबेला एमाओवादीका नेता बाबुुरामजी प्रधानमन्त्री थिए, त्यसबेला गरिबको पक्षपाति सर्वहाराको नेतृत्वकर्मी जनजाति, दलितसँग भेद्भावरहित र गुणी उपचकारीको पगरी गुथ्न दिनप्रतिदिन राज्यको ढिकुुटी रित्याउँदै ति दुरदराजका गाउँ बस्तीमा र दलित समुदायका गाउँ–गाउँमा पुुगेर गँगटा, मुुसा, घुुङ्गीकिरा सँगसँग बसेर त्यसमा आफ्ना छोरी र परिवारसमेत लिएर टपरामा र हलुुङ्गेथालमा खान खान सक्ने तर यो विपद्मा सहयोग गर्न नसक्नुु र त्यहाँ पुुगेर उभिन नसक्नु त्यहाँभन्दा अरु के पो हुन्छ होला र ? अहिले सभासद्देखि नेताजीहरुलाई डर छ । केही दिन अगाडि एउटा अमेरिकाको हेलिकोप्टर र ६जना अमेरिकी सेना र दुुई नेपाली सेना उद्धारका लागि जाँदा दुुर्घटना भइ सबै त्यहाँ सवार गर्ने मरेकाले अब कोही पनि नेता हेलिकोप्टर चढेर त्यस्ता दुुर्गम स्थानमा जादैनन् । उनीहरुलाई आफ्नो ज्यानको माया छ । मरिहालियो भने माथि त यस्तो मोजमस्ती नहोला । त्यहाँ त यमराज छ । त्यसैले अरु जो जहाँ जति मरुन् नेता, देश र जनताको लागि मर्न डराउँछन् । बरु ति विदेशी जो उद्धारका लागि यो देशमा आएका थिए तिनीहरु मर्न डराउनन् । जीवनको बलिदान यस देशमा दिए । नेपाली सेना र प्रहरीले दिएको जीवन आहुती । त्यस्तै भो महाविनाशकारीमा गरिब जनता मरे, कर्मचारी मरे, शिक्षक मरे, प्रहरी सेना मरे तर एउटा सभासद् र कुनै अवल हुँ भन्ने र यो देशलाई ऋणी बनाउनेहरु अनि जँगाको इ गर्न तालिम प्राप्त कोही पनि नत घायल भए न त मृत्यु नै ।  हुन सक्छ प्रकृति र भगवानले पनि के कुरा बुुझेको हाला ? रातहका लागि अकुुत सम्पत्ति भित्रिराखेको छ । जस्तापाता र ८ लाख त्रिपाल पनि आएको छ अरे नेपालको पूर्वी नाकाबाट ३ लाख त्रिपाल भित्रिए अरे तर ति कहाँ छन् र के हुँदैछन् थाहा छैन । मेची झापामा ८७ हजार मेट्रिक टन चामल राहतको लागि बंगलादेशले सहयोग गरेर आएको निक्कै दिन भयो । त्यो अलपत्र परेर झापाका गोदाममै थन्केको छ । यसको वास्तविक जिम्मेवार नभएर होकी गर्ने ढंग नपुुगेर हो या नीति फितलोको कारणबाट विपत्ति परेको मुखमा माड छैन, यहाँ गोदाममा छ त्यो चामल ।
स्मरणरहोस्, स्थानीय सरकार भए यसको कुनै समस्या हुने थिएन । राहत उलब्ध र वितरणमा पनि । तर नेताजीहरुले प्रहरी र सेनालाई स्थानीय सरकार मानेको पाइयो । जननेता त काम गर्दैछ । यहि त होला नी यो देशको लोकतन्त्र र सरकार ? आखिरी भोग्नेले जे पनि भोग्नु परेकै छ न भोग्नेलाई केको टण्डा ? उठले मिठो बोल्ने, मिडिया देखिने र फोटो खिच्ने काम त धेरै भयो । धेरै देखियो धेरै चर्चामा आए केवल सायद चर्चा चर्चामा सिमित हुँदैछ । उता मानवअधिकारका संस्थाका मान्छे अनुुगमन पनि देखेको कुरो भन्दैछन् तर सुुन्ने मान्छे कान थुुन्दैछन् । के गर्नुु काग गराइरहन्छ पिना सुुकिरहन्छ । भग्नावेशषका उदाउँदा पात्रहरु र कुखुुरी काँ को गतिविधिले ।

0 प्रतिकृया:

Post a Comment